Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

कुरीति र परम्पराको अन्त्य गराैं-राष्ट्रपति भण्डारी

\"\"काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताएकि छिन् । सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा शुरु गरेको बालविवाह अन्त्यको अभियानको बिहिवार (आज) शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा नै नकारात्मक प्रभाव पारेको हुँदा सबै मिलेर त्यसको अन्त्य गर्नुपर्ने बताइन । राष्ट्रपति भण्डारीले भनिन्, “बालविवाहका कारण बालबालिकाको मानव अधिकार हननमात्र भइरहेको छैन यसले मुलुकको समग्र पक्षलाई असर गरेको छ, त्यसैले सबै मिलेर बालबालिकालाई उचित शिक्षा दीक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्दै मानवअधिकारको प्रत्याभूति गराउनुपर्छ ।” विशेषगरी बालिका र महिलाको सन्दर्भमा बालविवाहले एउटामात्र अधिकारको उल्लंघन नगरी उनीहरूको जीवनचक्र नै हिंसामा पर्ने गरेको भन्दै राष्ट्रपति भण्डारीले दृढसंकल्प गरी सबै मिलेको खण्डमा आधुनिक सभ्यतालाई नै कलंकित बनाउने बालविवाहजस्ता कुप्रथाको अन्त्य गर्न सकिने विश्वास व्यक्त गरे । नेपालको संविधानले बालविवाहलाई बालअधिकार हननको विषयका रूपमा लिँदै दण्डनीय अपराधका रूपमा उल्लेख गरेको छ । “हाम्रो संविधान, ऐन कानून र नीति नियमको मर्म र भावना अनुकूल सामाजिक, सांस्कृतिकरूपमा स्थापित गर्ने दायित्व मूलरूपमा सरकारको भए पनि त्यसमा गैरसरकारी संघसंस्था नागरिक समाज, सञ्चार माध्यम तथा सामुदायिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ”, राष्ट्रपति भण्डारीले भनिन् । सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतनामार्फत बालविवाह अन्त्य गर्नुपर्ने बताइन् । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बाल अधिकारसम्बन्धी ऐन अब केही दिनमै संसद्मा पेश गर्ने तयारी भइरहेको जानकारी गराउँदै त्यसको प्रभावकारी कार्यान्वयन गरिने बताइन । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालविवाह अन्त्यका लागि अभियान सञ्चालन, कानूनको कडा कार्यान्वयन र सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले ‘नेपाली जुटौँ बालविवाह रोकौँ’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियान पाँच वर्षसम्म सञ्चालन हुने जानकारी दिए । युनिसेफको तथ्यांकअनुसार संसारमै दक्षिण एसियामा बालविवाहको दर सबैभन्दा उच्च छ । सन् २०१६ को तथ्यांकअनुसार नेपालमा एक तिहाइभन्दा बढी बालिका अर्थात् ३७ प्रतिशत बालिकाले १८ वर्ष उमेरभन्दा पहिला र १० प्रतिशतले १५ वर्ष उमेरभन्दा पहिला विवाह गरिसक्छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE