Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

अमेरिका–उत्तर कोरियाबीच युद्ध भए के होला विश्व ?

\"\"एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको धम्कीको जवाफ दिने यस्तो संकल्प गरेको छन् जुन दुनियाँका लागि बिल्कुल नयाँ हुनेछ । ट्रम्पको यस चेतावनीको प्रतिक्रियामा उत्तर कोरियाले अमेरिकी द्विप गुआममा मिसाइल हमलाको तयारी गरेको खुलासा गरेर तनावको झन बढाएको छ । गुआममा एक लाख ६३ हजार मानिस बस्दछन् । यी सबै घटना यस्तो यति चाँडो विकसित भइरहेको छ कि अहिले उत्तर कोरियाले छोटो दूरिको परमाणु हतियार र इन्टर कन्टिनेन्टल मिसाइल हाँसिल गरिएको बताइन्छ । उत्तर कोरियाको मरमाणु हतियार इन्टर कन्टिनेन्टल मिसाइलमा फिट हुन सक्ने बताइन्छ । यस्तोमा अमेरिका र उसका एसियाली सहयोगीको चिन्ता बढ्दै गएको छ । \"\"सैन्य संघर्षको आशंका ? यद्यपि विशेषज्ञहरु यस मामिलामा मानिसहरु आतंकित हुनुपर्ने जरुरी नभएको बताउँछन् । जसको कारण यस्तो छ : कोही पनि चाहँदैनन् युद्ध यहाँ मूख्य कुरा के हो भने कोरियाली द्विपमा हुने युद्ध कसैको पनि हकमा हकमा हुनेछैन । उत्तर कोरियाली सरकारका मूख्य लक्ष्य आफ्नो अस्तित्व बचाउनु नै हो । यस्तोमा अमेरिकासँग युद्ध लडेर ऊ आफैंलाई जोखिममा पार्न चाहँदैन । बीबीसीका सामरिक संवाददाता जोनाथन मार्कसका अनुसार अहिलेको अवस्थामा अमेरीका र उसको सहयोगीमाथि उत्तर कोरियाका कुनै पनि प्रकारको हमलाबाट युद्धको व्यापक मात्रामा प्रसार हुनेछ । यस्तो अवस्थामा उत्तर कोरियाले आत्मघाती कदम उठाउने छैन । उत्तर कोरियाले आफूलाई परमाणुको शक्ति सम्पन्न राष्ट्र बनाउनका लागि मेहेनत गर्नुको पछाडि किमको सरकार नगिरोस् भन्ने पनि हो । किम लिबियाका पूर्व शासक गद्दाफी र इराकका सद्दाम हुसेन बन्न चाहँदैनन् । दक्षिण कोरियाको राजधानी सोउलमा रहेको कुकमिन युनिभर्सिटीका एन्डे«ेइ लंकोव कूकमिन यूनिवर्सिटी के एंड्रेई लंकोवका अनुसार उत्तर कोरिया पहिला अमेरिकाको नक्साबाट सिकागोलाई मेटाउन चाहन्छ र फेरि उसले राजनीतिक समाधानको इच्छा जताउनेछ । \"\"हमला अगाडि के गर्ला अमेरिका ? अमेरीकालाई थाहा छ कि उसले उत्तर कोरियामाथि हमला ग¥यो भने उत्तर कोरियाले सबैभन्दा पहिले उसको सहयोगी जापान र दक्षिण कोरियालाई निशाना बनाउँछ । यदि यस्तो भयो भने थुप्रैको ज्यान जान्छ । यो हमलामा हजारौं अमेरीकी पनि मारिनेछन् । अमेरिकीहरु जापानमा सैनिक र नागरिकका रुपमा बसोबास गरिरहेका छन् । यसको अलावा अमेरिका आफ्नो भूमिमा कुनै पनि मिसाइल खसाल्न चाहँदैन । उत्तर कोरियाको एक मात्र साथी चीन हो । चीनले उत्तर कोरियाली प्रशान सम्हाल्ने पूरा कोशीस गर्नेछ । उत्तर कोरिया सकिनु चीनको हितमा हुनेछैन । किम जोङ उन सत्ताबाट हट्नु चीनका लागि सामरिक रुपमा धेरै नोक्सान हुनेछ । अमेरिका र दक्षिण कोरिायाली सैनिक चीनको सिमाना पार गर्ने कोशिस गर्नेछ, र चीन कहिल्यै पनि यस्तो चाहँदैन । \"\"मौखिक लडाईं मात्र कि कारबाही पनि ? अमेरिकी राष्ट्रपति ट्रम्पले भलै उत्तर कोरियालाई चेतावनी दिएका छन् । तर, अमेरिका पनि कुनै युद्धमा सामेल हुन चाहँदैन । नाम नबताउने शर्तमा एक अमेरिकी अधिकारीले रोयटर्ससँग भने,‘भनाभन गर्नुको मतलब युद्ध नहुनु हो ।’ न्यूयोर्क टाइम्सका स्तम्भकार म्याक्स फिसर पनि उक्त भनाइमा सहमति जनाउँदै भन्छन्, ‘हामी कुनै पनि टिप्पणीको आधारमा युद्ध हुँदैछ भन्न सक्दैनौं ।’ जुलाईमा उत्तर कोरियाले गरेको दुई इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परिक्षण पश्चात अमेरिका उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघ मार्फत लगाम लगाउन चाहन्छ । अमेरिकाले रणनीतिक दृष्टिकोण बनाउँदै यूएनमा र्फत उत्तर कोरियामाथि कैयौं आर्थिक प्रतिबन्ध लगाइसकेको छ । अमेरिकी कूटनितिज्ञ अझै पनि संवादका लागि कोशिस गरिरहेका छन् । वार्ता अगाडि बढाउँन अमेरिका चीन र रुससँग पनि मद्दत लिने कोशिस गरिरहेको छ । यसका बाबजुद केही विश्लेषक वर्तमान तनावको माहौलमा एक गलत कदमले युद्धको आगो बल्न सक्ने बताउँछन् । \"\"आम्र्स कन्ट्रोल एशोशिएशनका अमेरिकी थिंक ट्यांक डारल किम्बलले भने, ‘युद्ध भन्दा अगाडि कोरियको बिजुली कटौती सक्छ र यो युद्ध अगाडिको पहिलो गल्ती हुनेछ । अमेरिका यहाँ चुक्न सक्छ ।’ बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE