Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

बिमस्टेक मन्त्रीस्तरिय बैठक आज साँझ प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

\"\"काठमाडाैं ।उपक्षेत्रीय संगठन बे अफ बैगाल इनिसियटिभ फर मल्टिसंक्टरल एण्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) बैठक आज साँझ नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्ड सदस्य रहेको बिमस्टेकको १५ औं मन्त्रीस्तरीय सम्मेलनको बिहीवार प्रधानमन्त्री देउवाले उद्घाटन गर्नेछन् । तीन वर्ष अघि नेपाल बिमस्टेकको अध्यक्ष भएपछि पहिलो पटक हुन लागेको विदेश मन्त्रीस्तरीय बैठकमा विभिन्न १४ वटा विषयमा छलफल गर्ने कार्यतालिका बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने \"अहिलेसम्म भएको प्रगतिको समीक्षा गर्ने र भावी दिशा तय गर्ने काम हुन्छ । दोस्रो, खुल्ला व्यापार क्षेत्र स्थापना गर्ने भन्ने कुरा छ। तेस्रो, बिमस्टेक क्षेत्रमा बिजुलीको ग्रीड कनेक्सन सम्वन्धी विषयमा छलफल हुने र त्यस विषयमा निर्णय गर्ने कुरा छ ।\" बिहीवार दिउँसो सचिवस्तरीय बैठक हुने र साँझ प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्रीस्तरीय बैठक शुक्रबार हुनेछ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायत सहभागी अन्य ६ देशका मन्त्रीहरु बिहीवार नेपालमा आइपुग्ने जनाइएको छ । बैठकले नेपालमा अब हुने भनिएको बिमस्टेक शिखर सम्मेलनको तिथि तय गर्ने बताइएको छ । नेपाल अहिले बिमस्टेक र दक्षिण एसियाली देशहरुको क्षेत्रीय सहयोग संगठन सार्क दुवैको अध्यक्ष राष्ट्र हो । कतिपयले बिमस्टेकले सार्कको महत्वलाई घटाएको र विशेषगरी पाकिस्तान सदस्य नभएको बिमस्टेकलाई सक्रिय बनाउन भारत बढी इच्छुक देखिएको बताउने गरेका छन् । तर परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले भने, \"यी दुवै सम्मेलनको आ-आफ्नै विशेषता छन् । हामी अहिले बिमस्टेकबाट हुने फाइदाहरुको विषयमा मात्र केन्द्रित छौं । \"बिमस्टेकको बैठकमा सहभागी बन्न बिहीबार काठमाण्डू आइपुग्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणको विषयमा पनि दुईपक्षीय छलफल हुने ठानिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE