Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

…त्यो गल्तीले पूर्वराजा ज्ञानेन्द्र असफल !

\"\"उनी राजसंस्था रहँदा राजाका प्रिय पात्र त छँदै थिए, अहिले पनि राजतन्त्रको वकालत गर्ने प्रखर राजावादीमा गनिन्छन् । तर, गणतन्त्रपछि टुक्रिएको राप्रपामा उनले राजतन्त्रको एजेन्डा बोकेर हिँड्ने कमल थापालाई पछ्याएनन् । पशुपतिशमशेर राणाको पक्षमा लागे । राणाले गणतन्त्रलाई स्विकार्दा पनि उनले साथ छाडेनन् । तर, पछिल्लो समय एक भएर फेरि राप्रपा तीन टुक्रामा विभाजित भएपछि भने उनी कमल थापासँगै छन् । उनी हुन्, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ । उनी तत्कालीन राजा ज्ञानेन्द्रको शाही शासनकालमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री थिए । ज्ञानेन्द्रको नजिक रहेर काम गरेका उनले तत्कालीन मन्त्रिमण्डलका हरेक गतिविधिलाई अनुभव गर्न पाए । अाजको  नयाँ पत्रिकामा तामाङले तत्कालीन सरकारका गतिविधिबारे स्मरण गरे : बुद्धिमान तामाङ, शाही सरकारका उद्योगमन्त्री २६ वर्षको उमेरमै मन्त्री बन्ने अवसर सुधारिएको पञ्चायतमा बालिग मताधिकारअन्तर्गत भएको निर्वाचन जितेपछि पहिलोपटक ०३९ सालमा मन्त्री बन्ने अवसर पाइयो । त्यतिवेला २६ वर्षको थिएँ । त्यसलगायत ०४६ को जनआन्दोलनपछिका सरकार हुँदै राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदाको मन्त्रिमण्डलसम्म आइपुग्दा सातपटक मन्त्री बन्ने अवसर प्राप्त भयो । ०३९ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण सहायक मन्त्रीको जिम्मेवारी मिल्यो । त्यो वेला नौ महिना तीन दिन काम गर्ने मौका पाएँ । ०४४ को अन्तिमतिर मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा सामान्य प्रशासन राज्यमन्त्री (स्वतन्त्र मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पाउने गरी) बनेँ । त्यो वेला ‘क्याबिनेट मिनिस्टर’ हुने तामाङ जातिको पहिलो व्यक्ति बनेँ । ०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्था सुरु भयो । बहुदलीय व्यवस्थाअन्तर्गत ०५१ मा भएको निर्वाचनमा राप्रपाका तर्फबाट धादिङ क्षेत्र नं १ बाट विजयी भएँ । एमालेको अल्पमतको सरकार ढलेपछि कांग्रेस र राप्रपा मिलेर बनाएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीमा रहेर २२ महिना काम गरेँ । ०५४ सालमा देउवा सरकार ढलेपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेको सरकारमा पनि उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका मिल्यो । संसद्को त्यही कार्यकालमा बनेको सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिपरिषद्मा ४ महिना गृहमन्त्रीको भूमिकामा रहेँ । त्यसपछि थापाले पोर्टफोलियो परिवर्तन गरी खुमबहादुर खड्कालाई गृहमन्त्री बनाएर मलाई भूमिसुधार तथा व्यवस्थामन्त्री बनाउनुभयो । त्यो मन्त्रालय ३ महिना सम्हाले । ०५६ मा भएको संसदीय निर्वाचनमा पनि धादिङ क्षेत्र नं १ बाटै जितेर आएँ । त्यो वेला बहुमत पाएको कांग्रेसको सरकार बन्यो । तर, ०५९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरिदिनुभयो । संसद् विघटन भएपछि सूर्यबहादुर थापा प्रधानमन्त्री बन्नुभयो, म भौतिक योजना तथा निर्माण, जनसंख्या तथा वातावरण र सामान्य प्रशाशन गरी तीनवटा मन्त्रालयको जिम्मेवारीमा एक वर्षसम्म रहेँ । विश्वासपात्रका रूपमा राजाको मन्त्रिमण्डलमा राजनीतिक परिस्थिति बिग्रिँदै जाँदा तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा शासनसत्ता हातमा लिएर आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् विस्तार गर्नुभयो । उहाँले शासनसत्ता हातमा लिएको १० महिनापछि २४ मंसिर ०६२ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएँ । अन्य समयमा मन्त्री बन्दाभन्दा शाहीकालको जिम्मेवारी बिलकुलै फरक थियो । प्रजातान्त्रिक व्यवस्थालाई मुठ्ठीमा च्यापेर राजाले पूरै शक्ति आफ्नो हातमा लिनुभएको थियो । संसद् विघटन भएको थियो । जहिल्यै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने मन्त्रिपरिषद् बैठक नारायणहिटी राजदरबारमा बस्थ्यो । प्रधानमन्त्रीको अध्यक्षतामा बस्नेभन्दा राजाको नेतृत्वमा बस्ने मन्त्रिपरिषद्मा सहभागी हुँदा फरक अनुभूति पाइन्थ्यो । सरकार निर्माण गर्ने राजनीतिक दल र प्रधानमन्त्रीले संसद्मा बहुमत पुर्‍याउनका लागि मन्त्री बनाएका हुन्थे । तर, राजाले विश्वास गरेर आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा जिम्मेवारी दिनुभएको थियो । राजा हटेको लामो समय भइसक्यो, उहाँ अहिले कुनै पदमा हुनुहुन्न । तर, अहिले पनि मान्छेहरू उहाँको सामुन्ने पुग्दा नतमस्तक हुन्छन् । त्यसवेला त शासन र शक्ति हातमा भएका राजासँग नतमस्तक नहुने कुरै भएन । त्यसैले कहाँको राजाको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद्, कहाँको प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद् ! आकाश–जमिनको फरक थियो । सत्ता हातमा लिएर पनि संविधान खारेज नगर्नु भूल राजाले शासनसत्ता आफ्नो हातमा लिए पनि ‘नेपालको संविधान २०४७’ खारेज गर्नुभएन । आफ्नो अध्यक्षतामा सरकार गठनबाहेक अन्य सबै काम ०४७ को संविधानअनुसार गर्नुभयो । संविधानका कयौँ धारा निलम्बन गरेर धारा १२२ मा रहेको आपत्कालीन व्यवस्था प्रयोग गरी मन्त्रिमण्डल गठन गरिएको थियो । तर, त्यसरी नियुक्त भएका मन्त्रीको काम, कर्तव्य र अधिकार भने ०४७ को संविधानअनुसार नै भयो । राजाले शासन व्यवस्था आफ्नो हातमा लिँदा गरेको अक्षम्य भूल भनेको यही नै हो । उहाँ असफल हुनुको कारण यही हो भन्न मलाई कुनै हिच्किचाहट छैन । शासनसत्ता आफ्नो हातमा लिएपछि पुरानो संविधान खारेज गरेर आफूलाई सहज हुने गरी नयाँ संविधान जारी गर्नुपथ्र्यो । त्यसैअनुसार काम गर्नुपथ्र्यो । यो बुद्धिमत्ता नहुँदा उहाँले चालेका कतिपय कदम सफल हुन सकेनन् । अप्ठ्यारो परिस्थिति पैदा भयो । एकातिर संविधानका कारण आफ्नो सोचअनुरूप काम गर्न अप्ठ्यारो, अर्कोतर्फ चौतर्फी उहाँविरुद्ध घेराबन्दीका कारण समस्या दिन–प्रतिदिन बल्झिँदै गयो । अन्ततः शासनसत्ता छोड्न बाध्य हुनुपर्‍यो । युटिएलको राजस्व मिनाहा काण्डले लफडा प्रधानमन्त्री नेतृत्वको मन्त्रिपरिषद्मा जस्तै राजा नेतृत्वको मन्त्रिपरिषद्मा पनि मन्त्रीबीच मत बाझिन्थ्यो । मत बाझिएर विवाद निम्तिएपछि एजेन्डामा राखिएका केही प्रस्ताव राजाकै सूचनाअनुसार फेल भए । त्यसमध्ये युटिएलको राजस्व मिनाहा काण्डका कारण व्यक्तिगत रूपमा मैले धेरै दुःख पाएँ । युटिएललाई करिब २२ करोड मिनाहा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा आयो । युटिएललाई गेट वे (मोबाइल र टेलिफोन दुवैमा कल आउने बाटो) खोल्न सो रकम मिनाहाका लागि आग्रह भएको थियो । म वाणिज्यमन्त्री भएकाले त्यस सम्बन्धमा चासो नहुने कुरै थिएन । तर, मलाई भारतसँग ‘ट्रेड एन्ड ट्रान्जिट’ सन्धि गर्नुपर्ने थियो । सञ्चारमन्त्री र अर्थमन्त्रीबीच मत बाझिएपछि एकपटकका लागि प्रस्ताव फिर्ता भयो । तर, भारत सरकारले घुमाउरो पारामा युटिएललाई सो रकमबराबरको राजस्व मिनाहा गरेपछि मात्रै सन्धि गर्ने भन्दै थियो । सन्धिका सम्बन्धमा मैले भारतीय वाणिज्य मन्त्रालयमा कुरा गर्दा, हामीसँग सम्बन्धित छैन, परराष्ट्रसँग गर्नुस् भन्यो । परराष्ट्रसँग कुरा गर्दा फेरि वाणिज्यसँग गर्नुस् भन्यो । त्यसपछि म दोधारमा परेँ । २२ करोड मिनाहा नहुँदासम्म व्यापार तथा पारबहन सन्धि गर्न भारत तयार हुँदैन भन्ने निष्कर्षमा पुगेँ । अन्ततः त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा अध्यक्षता गरिरहेका राजा ज्ञानेन्द्रसँग ‘भारतसँग लड्न सक्ने क्षमता छ ? छैन भने ‘युटिएलको प्रस्तावअनुसार रकम मिनाहा गरिदिनुपर्‍यो, यो काम नभएसम्म व्यापार तथा पारबहन सन्धि नहुने भयो । सन्धिका लागि भए पनि त्यो गाँठो खोल्नुपर्‍यो’ भनेँ । तर, त्यो काम मेरो मन्त्रालयअन्तर्गत थिएन । मिनाहा गर्नका लागि अर्थको सहमतिमा सञ्चार प्राधिकरणले स्वीकृत गर्नुपर्ने व्यवस्था कानुनमा थियो । त्यसपछि मन्त्रिपरिषद्का सदस्य र युटिएललाई मिनाहा दिनका लागि आवश्यक पर्ने सरोकारवाला संस्थालाई राजाले कन्भिन्स गुर्नभयो । यो फाइल चार–पाँचपटकको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस हुँदै, फर्किंदै गर्यो । एकपटक म नबसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नभई हुँदैन भनेर राजाले फर्काउनुभएछ । लामो प्रयासपछि युटिएलको फाइल पास भयो । युटिएल काण्डले रायमाझी आयोगमा पुर्‍यायो राजाको पालामा त्यो सकसले युटिएलको राजस्व मिनाहा गर्नुपर्‍यो । भारतको दबाब र राजाको आदेश नटेर्ने अवस्था नै थिएन । तर, पछि त्यही काण्डले रायमाझी आयोगमा समेत बयान दिनुपर्ने अवस्थामा पुर्‍यायो । शाही शासन सकिएपछि बनेको रायमाझी आयोजले जवाफ दिन बोलायो । आयोगले सो विषयमा छलफल गर्न तत्कालीन सञ्चारमन्त्री श्रीशशमशेर राणालाई बोलाएछ । उनले आफूलाई केही थाहा नभएको बताएर डा. तुलसी गिरी र मलाई थाहा छ भनिदिएछन् । त्यसपछि आयोगबाट मलाई बोलावट भयो । मैले आयोगलाई ‘युटिएलको विषयमा सञ्चारमन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव तयार गरेर ल्याएको हो, तत्कालीन समयमा त्यो प्रस्ताव ठीक लागेर बैठकमा सबैभन्दा पहिला समर्थन मैले गरेको हो’ भन्ने जवाफ दिएँ । प्रधानमन्त्री र राजाको मन्त्रिपरिषद्को मर्यादाक्रम प्रधानमन्त्रीले अध्यक्षता गर्ने र राजाले अध्यक्षता गर्ने मन्त्रिपरिषद् बैठकमा केही भिन्नता थिए । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद् सिंहदरबारमा बस्थ्यो भने राजाको अध्यक्षतामा नारायणहिटी राजदरबारमा । प्रधानमन्त्रीको मन्त्रिपरिषद्मा उनको नजिकै सरकारका मुख्यसचिव बस्थे । तर, राजाको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद्मा राजाको आसनको दाँयापट्टि दोस्रो वरीयता र बायाँपट्टि तेस्रो वरीयताका मन्त्री बस्थे । त्यसपछि क्रमशः वरीयताक्रमअनुसार मन्त्री बस्दै जान्थे । मुख्यसचिव राजाको आसनको सीधै पारिपट्टि बस्थे । उनीसँगै राजाका प्रमुखसचिव पनि बस्ने व्यवस्था गरिएको हुन्थ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE