Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

नेपाली प्राध्यापक झा चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

\"\"काठमाडौं । नेपाली प्राध्यापक डा राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क)को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त भएका छन् । चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि प्राडा झा नियुक्त भएका हुन् । उक्त संस्थाले चीनको विकास र अनुसन्धानमा सहयोग गर्ने, चीनको महत्वाकांक्षी आयोजना ‘वानबेल्ट वान रोड’ को सफलताका लागि यस आयोजनासँग आबद्ध विश्वका देशहरुसँग समन्वय गरी ती देशको विकास प्रयासमा सहायता प्रदान गर्ने, चीनको आर्थिक, सामाजिक, कानुनीलगायतका विभिन्न क्षेत्रका लागि आवश्यक नीति निर्माण गर्ने र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विकास र विस्तार गर्ने काम गर्दछ । उक्त संस्थामा चीन सरकारका उच्च पदस्थ वर्तमान तथा निवृत्त अधिकारी, नीतिनिर्माता, प्राध्यापक, बुद्धिजीवी, चिनियाँ तथा विदेशी विकासविद्, कानुनविद्लगायत संलग्न छन् । साथै, सो संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रका १०० जना प्रतिभाशाली व्यक्ति ‘सय प्रतिभा’ ९हन्ड्रेड ट्यालेन्ट० पनि छनौट गर्ने गर्छ । प्राडा झा सन् २०१४ मा सो प्रान्तको एक सय प्रतिभामा छानिएका थिए । विगत २० वर्षदेखि चीनमा रहनुभएका प्राडा झा हाल सान्सी प्रान्तको राजधानी सहर सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापन र अनुसन्धानरत छन् । उनले चीनको सियान जियानतोङ विश्वविद्यालयबाट प्याङ्क्रियाटिजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिदर कम गर्ने विषयमा विद्यावारिधी गरेका छन् । उनले सन् २०१३ मा सोही विश्वविद्यालयबाट सोही विषयमा महाविद्यावारिधी (पोष्ट डक) गगरेका छन् । उनको नाममा चीन सरकारले सन् २०१५ मा युनिभर्सिटी अफ सियानमा ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिवकुमार झा’ पनि स्थापना गरेको छ । त्यस संस्थामार्फत उनले मेडिकल क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । उनले महाविद्यावारिधिमा प्याङ्क्रियाजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिको गतिलाई कसरी र कुन उपचार विधिबाट कम गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका थिए । उनले हाल यस विषयमा सियान मेडिकल युनिभर्सिटी बाहेकका अरु तीनवटा विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा प्राध्यापन गरिरेका छन् । विसं २०३६ मा धनुषाको प्रवाहा गाउँमा जन्मिनुभएका डा झा २० बर्षअघि एमबिबीएस अध्ययन गर्न चीन गएका थिए । विद्यावारिधि सकेपछि उनी चीनमा नै प्राध्यापनरत छन् । उक्त पदमा नियुक्तिपछि प्रा डा झाले भने ‘मलाई लाग्छ चीनमा बसेर आफ्नो पेसा र व्यवसाय गरिरहेका नेपालीमा यति उच्च पदमा सम्भवतः पहिलो नेपालीका रुपमा आफूले नियुक्ति पाएको खबरले निकै खुसी तुल्याएको छ ।’ चीनले नेपालसँगको सम्बन्धमा पछिल्लो समयमा निकै महत्व दिएको रुपमा आफूले बुझेको र सोही परिणामस्वरुप आफूले चीनको यो अन्तर्राष्ट्रियस्तरको थिंक ट्याङ्क संस्थामा महत्वपूर्ण जिम्मेवारी पाएको भन्दै उनले यसबाट नेपाल–चीन सम्बन्धको विकास र सम्बद्र्धनमा ठूलो सघाउ पुग्ने धारणा पनि राखे । चीनले ओबोरलाई महत्व दिएको र यस संस्थामार्फत पनि ओबोरमा संलग्न राष्ट्रहरुको विकासमा सहयोग गर्ने भएकोले नेपालको कृषि, पूर्वाधार निर्माण, पर्यटनजस्ता क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन र अरु विविध क्षेत्रमा अनुसन्धानका लागि पनि सहयोग पुग्ने धारणा उनको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE