Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

मेलम्चीमा इटालेली र नेपाली ठेकेदारबीच भुक्तानी विवादः ताला खोलियो, काम ठप्प

[caption id=\"attachment_100825\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । इटालेली ठेकेदार कम्पनी सीएमसी र नेपाली निर्माण व्यवसायीबीचको रकम भुक्तानी विवादका कारण मेलम्ची खानेपानी आयोजनाको काम गएको तीन दिनदेखि रोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आफूहरुले पाउनुपर्ने करोडौं रुपैंयाँ उक्त कम्पनीले भुक्तानी नगरेको भन्दै असन्तुष्ट नेपाली निर्माण व्यवसायीले गत शुक्रबार मेलम्ची खानेपानीको कार्यालयमा विरोध स्वरुप तालाबन्दी गरेका थिए । हाल कार्यालयको ताला खोलिएपनि काम भने प्रभावित रहेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार बिहान सुरुङ्ग निर्माणको अवलोकन गरेपछि विभागीय मन्त्रीको उपस्थितिमैं विवाद समाधानका लागि दुईपक्षको बैठक बोलाउने योजना बनाइएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग तथा बाँध निर्माणको लागि मुख्य जिम्मेवारी लिएको इटालीको ठेकेदार कम्पनी सीएमसीले समयमै स्थानीय निर्माण व्यवसायीलाई रकम भुक्तानी नगरेका कारण आयोजनाको कामले गति लिन नसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आगामी दशैंसम्म काठमाण्डौंबासीको घर-घरमा मेलम्ची नदीको पानी वितरण गर्ने लक्ष्य रहेको भएपनि सम्झौता विपरित काम अवरुद्ध गरिएकोप्रति समितिले चिन्ता व्यक्त गरेको छ । विवाद समाधानका लागि भएका प्रयत्नबारेमा समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने \'यो इटालीको कम्पनीको कारणले हाम्रो काम प्रभावित भएको छ। यो समस्या छिटो भन्दा छिटो समाधान गर्न हामी सबै लागिरहेका छौं । सबै पक्षको उपस्थितिमा यो विषयमा छलफल गरेर टुङ्ग्याउने वातावरण बनाउँदै छौं ।\' आयोजना अन्तर्गत प्रतिदिन १६ मिटर जति सुरुङ्ग खनिएको छ । हालसम्म २५ किमीभन्दा बढी सुरुङ्ग खनिसकिएको छ भने थप साढे दुई किमी सुरुङ्ग खन्न बाँकी रहेको छ । आयोजनाले भने सम्झौता अनुसार मुख्य ठेकेदार कम्पनीलाई कुनैपनि भुक्तानी दिन बाँकी नरहेको स्पष्ट पारेको छ । खानेपानी मन्त्रालय सचिव भीमप्रसाद उपाध्ययले दुई पक्षबीचको लेनदेन विवाद सकेसम्म सहमतिमा सुल्झाउनुपर्ने र राष्ट्रिय गौरवका आयोजना निर्माण कार्यमा अवरोध सृजना गर्न नहुने बताए । उनले भने ‘उहाँहरु बीचको सम्झौता विस्तृत रुपमा थाहा पनि पाउँदैनौं हामीहरु । उनीहरुको आफ्नो ठेक्काको शर्त अनुसारको कुरा हो । मिलाईदिने काम सरकारले गर्छ। जायज कुरा पाईहाल्छन् । हामीले भनेको नमाने जाने अदालत हो । हालसम्म सुरुङ्गका निम्ति मात्रै २० अर्ब रुपियाँ खर्च भइसकेको र अझै दुई अर्ब रुपैंयाँ जति लाग्ने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणमा गएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE