Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

मरेर पनि बच्चा पाउनकै लागि जो ४ महिनासम्म बाँचिन

\"\"ब्राजिल । यहाँ तस्वीरमा रहेकी महिला अब यो संसारमा छैनन् । तर उनको कथा सुन्ने जो कोहीका पनि आँखा नरसाई रहन सक्दैनन् । आमाको ममताका कतिपय कथाहरु सुन्छौं हामी । तर यहाँ यी आमाले भने मरिसकेर पनि जुम्ल्याहा छोराछोरी जन्माइन । अर्को शब्दमा भन्दा, सन्तान जन्माउनका लागि मात्रै ४ महिना बाँचिन उनी । डाक्टरहरुले त उनी ४ महिना अघि नै मरिसकेको घोषणा गरेका थिए । तर गर्भवती थिइन उनी, मरेकी थिइन, साँस मात्रै छोडिनन् । बच्चा जन्माइन र छोडेर गइन यो संसार । गर्भवती भएको बेला ब्राजिलकी सिल्भा पेडिल्हालाई मष्तिष्कघात भएको थियो । यही कारण चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरे । त्यतिखेर उनको पेटमा नौ हप्ताको गर्भ थियो । मष्तिष्कघातपछि अस्पताल लगेर जाँदा डाक्टरहरुले गर्भमा रहेका बच्चाहरु बाँच्ने कुनै सम्भावना नरहेको बताएका थिए । उनीहरुले आमाको समेत ब्रेन डेड अर्थात् मष्तिष्कले पुरै काम गर्न छोडेको अवस्था भएको घोषणा गरे । तर उनका श्रीमानलाई श्रीमती मृत भएकोमा विश्वास थिएन । मष्तिष्क मृत भएपनि श्वास चलिरहेको भन्दै उनले फेरी जाँच गर्न अनुरोध गरे । डाक्टरहरुले दोश्रोपल्ट जाँच गर्दा उनको शरीरका केही अंगले काम गरिरहेको र गर्भका शिशुहरुको पनि मुटुको चाल बाँकी नै रहेको थाहा भयो । \"\" त्यसपछि सिल्भाका श्रीमान म्यूरेलले उनलाई तत्काल नै सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गरे । आमाको मष्तिष्क मृत्यु भएपनि गर्भमा रहेका शिशुहरुलाई जिउँदो राख्न डाक्टरहरुले मशिनको मद्दतले सिल्भालाई जिवित राख्ने निर्णय गरे । उपचारका साथै अस्पतालका स्टाफहरु पालैपालो आमाछेऊ गएर उनको पेट मुसार्ने गर्थे । नजन्मिएका बच्चाहरुसँग कुरापनि गर्थे । करिब १ सय २३ दिनसम्म यही क्रम निरन्तर चलिरह्यो । ९ महिना पुरा भएपछि डाक्टरले अप्रेशन गरेर जुम्ल्याहा बच्चा जन्माउन सहयोग गरे । तर बच्चाहरु जन्मेको खुशी आमाले अनुभूति गर्न सकिनन् । उनी सम्पूर्ण रुपमा मृत भइसकेकी थिइन ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending