Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

अष्ट्रेलियामा पढ्ने विद्यार्थीहरु कम्तीमा एकपटक यौन दुर्व्यवहारको सिकार– आयोग

\"\"अष्ट्रेलियाली विश्वविद्यालयका आधा भन्दा बढी विद्यार्थीहरु सन् २०१६ मा कम्तीमा एकपटक यौन दुर्व्यवहारको सिकार भएको त्यहाँ गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अष्ट्रेलियाको मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले करिव ७ प्रतिशत विद्यार्थी सन् २०१५ र २०१६ मा कम्तीमा एकपटक यौन हिंसाको सिकार भएको पत्ता लगाएको छ । विश्वविद्यालयका छात्रभन्दा छात्रा बढी दुर्व्यवहार वा हिंसाको सिकार हुनसक्ने सम्भावना रहेको आयोगले पत्ता लगाएको छ । यौन हिंसा सम्बन्धी कोसेढुंगा मानिएको सो अध्ययन अष्ट्रेलियामा गरिएका अध्ययनमध्ये सबैभन्दा ठूलो भएको बताइएको छ । आयोगकी यौन विभेद सम्बन्धी विषय हेर्ने आयुक्त केट जेनकिन्सले प्रतिवेदनले विश्वविद्यालय जीवनको दयनीय अवस्था देखाएको बताइन् । उनले भनिन, \"यी विद्यार्थीले प्राज्ञिक, सामाजिक र आवासीय जीवनमा यौन हिंसा र दुर्व्यवहार सामना गर्नुपर्ने अवस्था रहेको पाइएको छ ।\" \"यस्तो भोगाइको असर भयानक किसिमको हुनसक्छ तथा जिन्दगी, स्वास्थ्य, अध्ययन र भावी रोजगारीमा पनि प्रभाव पार्न सक्ने किसिमको हुनसक्छ ।\" अष्ट्रेलियाका ३९ विश्वविद्यालय र ३१ हजार विद्यार्थीमाझ गरिएको अध्ययनले विश्वविद्यालयहरुमा यौन हिंसा र दुर्व्यवहार फरक-फरक मात्रामा रहेको देखाएको छ । जेनकिन्सले भनिन्, \"यौन हिंसामा परेका पाँच मध्ये एकले त्यस्तो घटना विश्वविद्यालय वा आवासहरुमा आयोजित भेटघाटका बेला भएका छन् ।\" \"हामीले क्याम्पसका यी वातावरण महिलाका लागि अझ बढी गम्भीर पायौं। उनीहरु पुरुषभन्दा चार गुणाबढी यौन हिंसाको सिकार भएको हुन सक्ने भेट्यौं ।\" अध्ययनले यस्तो पनि देखायो:
  • ५१% यौन हिंसाका पीडित र ४५% दुर्व्यवहार पीडितले केही वा सबै पिडक चिनेका थिए ।
  • लैङ्गिक अल्पसंख्यक विद्यार्थीहरु यौन दुर्व्यवहारको सिकार हुनसक्ने धेरै सम्भावना रहेको छ ।
  • बहुसंख्यक अपराधी पुरुष थिए ।
क्विन्सल्याण्ड विश्वविद्यालयका उपकुलपति पिटर होजले यी तथ्याङ्क एकदम चिन्ताजनक भएको बताए । उनले भने, \"प्रतिवेदनले देशभर १.६% विद्यार्थीहरु विश्वविद्यालको वातावरणमै दुर्व्यवहारको सिकार भएको इंगित गरेको छ । एउटामात्र स्वीकार्य अंक छ र त्यो शुन्य हो ।\" \"त्यस्ता अस्वीकार्य व्यवहारको स्थान विश्वविद्यालय वा बृहत् समाज कहीँ पनि छैन् । प्रतिवेदनका लेखकहरुले विश्वविद्यालयहरुलाई हिंसा र दुर्व्यवहारको स्थिति सुधार्न भनेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE