Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

‘फ्रि भिसा फ्रि टिकट’ छिट्टै कार्यान्वयनमाः मन्त्री मन्सुर

\"\"राजविराज । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारीमा जाने युवायुवती ठगीमा परेको भन्दै फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयनमा ल्याउने बताएका छन् । सप्तरीको सदरमुकाम राजविराजस्थित सुरक्षित आप्रवाशन तथा सूचना केन्द्रको मंगलबार गतिविधि तथा ठगीमा परेकासँग जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् । गाउँगाउँमा वैदेशिक रोजगारीको नाममा संस्थागतरुपमा ठगी भइरहेकाले यस विषयमा आफूले साउन महिनाभित्र नयाँ कदम चाल्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गरे । गरिब एवं विपन्न परिवारका व्यक्तिले सुविधाका लागि सरकारले दिएको फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयन हुन्छ, उहाँले आश्वासन पनि दिए । करिब दुई वर्ष अगाडि सरकारले निःशुल्क भिसा र निःशुल्क टिकटको निर्णय लिए पनि हालसम्म कार्यान्वयनमा नआउँदा ‘देशैभरिका जिल्लामा वैदेशिक रोजगारीमा जाने व्यक्ति ठगीमा पर्ने गरेको र ठग पोख्त रहेका कारण प्रमाण नछोड्दा कारबाही प्रक्रिया पनि प्रभावकारी हुन नसकेको मन्त्री मनसुरले गुनासो गरे । जिल्ला परियोजना समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सामी हेल्भेटास नेपालका टिम लिडर सीता घिमिरे, सप्तरी सामुदायिक विकास केन्द्रका अध्यक्षसमेत रहेका गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष शम्भुनन्द चौधरी, सबल नेपालका निर्देशक दीपककुमार झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाआधार यादवलगायतको उपस्थिति रहेको थियो । यसैबीच, सूचना केन्द्र सञ्चालन भएयता १३ हजार ८०२ जनाले निःशुल्क सूचना परामर्श लिएका छन् भने ठगीमा परेका एक हजार ३१ जनाले सूचना केन्द्रमा न्यायका लागि निवेदन दर्ता गराएकोमा छ हजार ६४१ जनाको मुद्दा समाधान गरी कुल रु दुई करोड ८९ लाख १७ हजार २०० फिर्ता गराउन सफल भएको कार्यक्रममा सूचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मण्डलले जानकारी दिए । वैदेशिक रोजगारीको सिलसिलामा आठ वर्षयता १२९ जनाले ज्यान गुमाएको सूचना तथा परामर्श केन्द्रका संयोजक मण्डलले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE