Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

जनकपुरमा बसेको माओवादी केन्द्रको बैठकले गर्यो यस्तो निर्णय

\"\"जनकपुर । नेकपा माओवादी केन्द्रले आउँदो असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा मधेसकेन्द्रित दलहरुसँग मिलेर चुनावमा सहकार्य गर्ने निर्णय गरेको छ । मंगलबार जनकपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा संघीय लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेको हो । माओवादीको बैठकमा अध्यक्ष प्रचण्ड वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, उर्मिला अर्याल, विश्वनाथ साह, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, सहरी विकासमन्त्री प्रभु साहलगायत केन्द्रीय नेताहरु बैठकमा सहभागि थिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस केन्द्रित शक्तिहरुलाई हामीले विशेष प्राथमिकतामा राखेको बताएका छन् । माओवादीले संविधान संशोधनमार्फत मधेसका माग सम्बोधन गर्न चाहेको उनले प्रचण्डले बताएका छन् । यसअघि राजपा संशोधन विधेयकमाथि नै अड्चन खडा गरेको स्थिति थियोु उनले भने, अब हामी एक मत भयौं । परिस्थिति अनुकूल हुनेबित्तिकै भोटिङ्गमा जान्छौं ।’ त्यस्तै माओवादी केन्द्रको सचिवालय बैठकले जनकपुरलाई महानगरपालिका घोषणा गर्न पहल गर्नेलगायत निर्वाचनमुखी निर्णय गरेको छ । जनकपुरमा अन्तर्राष्ट्रियस्तरको हवाई अड्डा निर्माण, रामसीताको विवाह भएको स्थलको रुपमा चिनिने मणिमण्डपलाई पर्यटकीय महत्वको स्थल निर्माण गर्ने, जनकपुर–धनुषाधाम र जलेश्वर धार्मिक पथको निर्माण गर्न पार्टीले पहल गर्नेलगायतका निर्णयहरु माओवादीले गरेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE