Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

शिक्षा मन्त्रालय भन्छ–अान्दोलनमा रहेका शिक्षकका लागि परीक्षा रोक्न सकिदैंन

\"\"काठमाडाैं । शिक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको स्थायी शिक्षक परीक्षामा भाग नलिने अडान लिंदै आएका हजारौं अस्थायी शिक्षकहरु अहिले आन्दोलनमा छन् । परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई उपदानको व्यवस्था गर्नका निम्ति शिक्षा ऐनमा संशोधन गर्ने पहल भइरहेको बताएको शिक्षा मन्त्रालयले स्थायी शिक्षकको परीक्षा भने रोक्न नसकिने बताएको छ । आफ्ना मागहरुलाई शिक्षा ऐनमा संशोधन गरी समावेश नगरेसम्म शिक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको स्थायी शिक्षक परिक्षामा भाग नलिने अडान लिंदै आएका हजारौं अस्थायी शिक्षकहरु अहिले आन्दोलनमा छन् । \"पास भए जागिर, फेल भए उपदान\" को व्यवस्था गरिनुपर्ने २६ हजारभन्दा बढी अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास शिक्षा मन्त्रालयले अघि बढाएको थियो । तर अर्थ मन्त्रालयले त्यसको खर्च बेहोर्न नसक्ने जवाफ दिएपछि अन्योल बढेको हो । त्यसको आवश्यकताबारे थप विवरण राखेर सोमबार उक्त प्रस्ताव पुन: अर्थ मन्त्रालयमा पठाइएको शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बताए । \"ऐन संशोधन नभएसम्म यो सुविधा हुँदैन । तर उहाँहरुले भने जस्तो परीक्षा रोक्ने भन्ने कुरा पनि हुँदैन । परीक्षा हुन्छ । संशोधनको प्रकृया एकातिर चल्दै गर्छ । परीक्षामा सामेल हुनलाई त्यसले रोक्दैन ।\' तर अस्थायी शिक्षकहरुले चाहे बमोजिम स्थायी शिक्षकको परीक्षा नरोकिने उनको भनाइ छ । उनले भने, \"ऐन संशोधन नभएसम्म यो सुविधा हुँदैन। तर उहाँहरुले भने जस्तो परीक्षा रोक्ने भन्ने कुरा पनि हुँदैन। परीक्षा हुन्छ। संशोधनको प्रकृया एकातिर चल्दै गर्छ। परीक्षामा सामेल हुनलाई त्यसले रोक्दैन ।\" गत असार २४ गते तय गरिएको उक्त परीक्षा शिक्षकहरुको आन्दोलनका कारण आगामी भदौ ३ गतेका लागि सारिएको छ । अस्थायी शिक्षकहरुले आफुहरु परीक्षा विरोधी नभएपनि संशोधनलाई त्यसअघिको शर्त बनाएका छन् । उनीहरुले पाठ्यक्रम परिवर्तन भएकाले परीक्षाका लागि तीन महिनाको तयारी हुनुपर्ने माग समेत राखेको बताएका छन् । अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष प्रविण न्यौपाने भन्छन्, \"तेस्रो नम्बरमा विज्ञापन दिने अस्थायी शिक्षकहरुको भोली जागिर जाँदैछ। फेरी पनि राज्यले अस्थायी शिक्षक राख्दैछ । त्यसकारण परीक्षा दिन हामी तयार छौं। तर पहिले ऐन संशोधन हुनुपर्छ भन्ने हाम्रो माग हो ।\" विद्यालय शिक्षालाई गुणस्तरीय र व्यवस्थित बनाउन अस्थायी शिक्षक हटाउने सरकारको योजना छ । यसअघि लामो छलफलपश्चात गरिएको शिक्षा ऐनको आठौं संशोधनमा अस्थायी शिक्षकहरुलाई स्थायीका लागि हुने परीक्षामा फेल भए केही नपाउने र परीक्षामा भागै नलिए चाहिँ सरहसुविधा दिइने व्यवस्था गरिएको थियो । झन्डै १० हजार अस्थायी शिक्षकहरुले उक्त सुविधाका लागि आवेदन पनि दिएको जनाइएको छ । तर बाँकीले नमान्दा अहिले ती शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् र देशभरका सरकारी स्कूलको पढाइमा वाधा पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE