Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

मधेस झरेर प्रचण्डले भने–२ नम्बर प्रदेशमा अझै स्थानीय तहको संख्या बढ्छ

\"\"महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा मधेस केन्द्रीत दलसँग मिलेर चुनाव लड्ने बताएका छन् । चुनावको तयारीको प्रशिक्षणका लागि जनकपुर जानेक्रममा सोमबार महोत्तरीको बर्दिबासमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन । ‘चुनावमा संघीय लोकतान्त्रिक शक्तिबीच दलिय गठबन्धन बनाएर चुनावमा जाने तयारी गरको बताउँदै उनले भने, ‘प्रदेश नम्बर २ मा राजपा, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमसँग मिलेर चुनावमा जाने हाम्रो विशेष जोड हुनेछ ।’ पहिलो र दोस्रो चरणको चुनावमा कांग्रेससँग मिलेर गरिएको दलीय गठबन्धन तेस्रो चरणमा भने कांग्रेससँगमात्रै सीमित नहुने उनले स्पाष्ट पारे । तेस्रो चरणको स्थानीय चुनावमा राजपालाई सहभागी गराउनु पर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए । संविधान संशोधन नभएसम्म देशमा राजनीतिक संक्रमणकालको अन्त्य नहुने जिकिर गर्दै उनले भने, ‘राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ । राजपासहितको चुनाव गराउनमा हामी लागिपरेका छौं । राजपा चुनावमा आयो भने एमालेविना पनि संविधान संसोधनका लागि दुई तिहाई पुग्छ । हामी संविधान संसोधन र चुनावमा केन्द्रीत छ ।’ अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा अझैपनि स्थानीय निकायको संख्या बढ्न सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘संख्या बढ्यो भने राजपाको माग सम्बोधन हुन्छ । स्थानीय तहको नक्सा मिलाउने कुरा हो मिलाइन्छ ।’ निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने बताइरहेका बेला अध्यक्ष प्रचण्डले भने प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्नको लागि राजनितिक दलहरु सकारात्मक रहेको जानकारी दिए । उनले भने, ‘राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने बिषयमा तयार छन् ।’ पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ , माओवादी केन्द्रका महासचिव रामबहादुर थापालगायतका केन्द्रीय स्तरका नेता चुनावी प्रशिक्षण दिन काठमाण्डौंबाट जनकपुर पुगेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE