Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

यी हुन पहिरोको उच्च जोखिममा रहेका बाजुराका १६ गाविस

\"\"बाजुरा । जिल्लाका १६ गाविसका बासिन्दा अहिले पहिरो आउने चिन्तासंगै वर्षा विताउन बाध्य भएका छन् । लामो समयको खडेरीपछि पानी पर्न थालेपछि पहिरोको जोखिम बढदै गएको हो । जिल्लाका नौ स्थानीय तहमध्ये साविकका १६ गाविस पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्वार समितिले जनाएको छ । ती गाविसका करिब ४४ वटा गाउँ बढी जोखिममा छन् । आँटिचौर गाविसमा रहेको गुम्लागाउँमा दुबैतिरबाट पहिरो जान थालेपनि उनीहरुलाई अन्यत्र स्थानान्तरण गर्ने व्यवस्था नभएकाले विगत सात वर्षदेखि पहिरोको छेउमै बस्दै आएका छन् तर पानी परेका बेला भने रातभर जागराम बस्नुपर्ने बाध्यता रहेको स्थानयवासी मन्धिर रावतले बताए । बाधु, साप्टा, कैलाशमाण्डौँ ब्रह्मतोला, आँटिचौर, कोल्टी, रुगिन, जुगाडा लगायतका गाउँ पहिरोको उच्च जोखिममा रहेका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताएका छन् । बाढीपहिरोेको जोखिममा रहेका गाविसलगायतका स्थानमा प्रकोप पूर्व तयारी कार्ययोजना बनेकाले त्यहीँ आधारमा उद्वारकार्यका लागि सतर्कता अपनाउन सम्बद्ध व्यक्तिलाई आग्रह गरिएको उनले बताए । जिल्लामा रहेका नेपाली सेना र नेपाल प्रहरीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको र बिपतका बेला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयसंग समन्वय गरी राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रजिअ मल्लले राससलाई जानकारी दिए । विसं।०६४ यतादेखि जिल्लाका विभिन्न गाविसका पहिरोमा परी ३१ भन्दा बढीले ज्यान गुमाएको जिल्ला दैवीप्रकोप समितिले जनाएको छ । पछिल्लो समयमा अनुमान नै नगरिएको ठाउँमा सुख्खा पहिरो जान थालेको समिति संयोजक भोजराज श्रेष्ठले जानकारी दिए । गुइँगाड खोलोले ५ गाविलाई असर पु¥याएको छ । रातको समयमा पानी पर्दा त्यहाँका स्थानीयवासी घर छोडेर नजिकैको स्कुलमा बस्ने गरेका ब्रह्मतोलाका खड्कराज जोशीले बताएका छन् । “उनले भने, पानी आएको बेलामा गुइँगाड खोलाले थर्काउने भएकाले घरमा बस्न सकिँदैन ।” विसं। २०६९ जेठ १९ मा बाधुमा आएको पहिरोबाट बालबालिका सहित पाँच जनाले ज्यान गुमाउनुका साथै करोडाँैको धनमाल क्षति भएको थियो । विसं।२०७१ जेठ २४ मा फेरि सोही ठाउँमा पहिरो आउँदा तीनजनाको मृत्यु भयो । करोडौंको धनमालको क्षति भयो । अहिले भने पीडितहरुको सुरक्षित बसोबासका लागि रु ७१ करोड विनियोजित भएको र सो रकमबाट प्राकृतिक जोखिममा परेका पाँच गाविसका बासिन्दाका लागि एकिकृत बस्ती विस्तार गरिने योजना अघि सारिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE