Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

क्रान्तिकारीको महाधिवेशनका लागि ६० लाख खर्च लाग्ने

\"\"काठमाडौं । अखिल (क्रान्तिकारी)ले पहिलो एकताको २१ औं राष्ट्रिय सम्मेलनको तयारी तीब्र गतिमा भइरहेको जानकारी दिएको छ । क्रान्तिकारीका प्रवक्ता सुरेनद्र बस्नेतले खबरडबलीलाई दिएको जानकारी अनुसार विभिन्न उपसमितिहरु गठन गरिसकेको छ । हालका अध्यक्ष नरेन्द्र न्यौपाने संयोकत्वमा आर्थिक, महासचिव विरेन्द्र बस्नेतको संयोजकत्वमा विधान संशोधन उपसमिति, हालका प्रवक्ता सुरेन्द्र बस्नेतको संयोजकत्वमा प्रचार–प्रसार, अध्यक्ष न्यौपानेकै संयोजकत्वमा प्रतिवेदन लेखन र दिपेश पुनको संयोजकत्वमा स्वंयम सेवक उपसमितिगठन गरिएको क्रान्तिकारीले जनाएको छ । त्यस्तै क्रान्तिकारीले यो पटक पोष्टरपम्पेटबाट प्रचार–प्रसार नगर्ने भएको छ । तर उसले भित्ते लेखन भने गर्ने भएको छ । विशेष गरि सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्ने प्रवक्ता बस्नेतले खबरडबलीलाई जानकारी दिए । महाधिवेशनमा करिब ६० लाख रुपैयाँ खर्च हुने क्रान्तिकारीले अनुमान गरेको छ । उक्त रकम प्रत्येक प्रतिनिधिबाट १ हजारका दरले उठाउने, प्रत्येक जिल्लाबाट ५ हजारका दरले उठाउने र अन्य ठाउँहरुबाट सहयोग लिने प्रवक्ता बस्नेतले जानकारी दिए । क्रान्तिकारीको महाधिवेशनका लागि साउन २८ गते देशभर एकै दिन प्रतिनिधि छनोट गर्ने बस्नेतले बताए । महाधिवेशनमा देशभरबाट २ हजार ७६ जना प्रतिनिधि हुने बस्नेतले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE