Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

क्रान्तिकारी नेतृहरुको भेलामा यसरी लगाए पद भागबण्डा

[caption id=\"attachment_145955\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) महाधिवेशन नजिकिँदै गर्दा आंकाक्षीहरु पनि बढ्दै गएका छन् । सधैंजसो संगठनमा पुरुषहरु हावी हुँदै गएको भन्दै महिलाले नेतृत्व पाउनुपर्ने अडानमा क्रान्तिकारीका विद्यार्थी नेतृहरु भेला भएका छन् । आइतवार दिउँसो करिब ३ बजे बागबजारको एक होटलमा विद्यार्थी नेतृहरु भेला मात्र भएनन् उनीहरुले पद नै बाँडफाँडसमेत गरेका छन् । उक्त बैठकमा सहभागी एक नेतृले खबरडबलीलाई दिएको जानकारी अनुसार उनीहरुले अध्यक्षमा पन्चा सिंलाई उठाउने सहमति गरेका छन् । सुर्खेतका पन्चा सिं माओवादी अध्यक्ष प्रचण्ड समूहकि हुन् । त्यसैगरि एक जना महासचिव पदका लागि ७ जना दाबेदार निस्किएका छन् । महासचिवमा राजेश्वरी सुवेदी, सुनिता किराती, दिपशिखा राई, लक्ष्मि प्रधान, सपना प्रधान, आशा तमु र सुनिता यादव आकांक्षी रहेको सहभागी एक नेतृले खबरडबलीलाई जानकारी दिइन् । \"\" त्यसैगरी उनीहरुको बैठकमा १३ जना सचिवको लागि भने १० जना मात्रै आकांक्षी रहेका छन् । जसअनुसार सचिवमा विनु खड्का, विस्णु महत, एलिसा थापा, गंगा दाहाल, स्मृति अधिकारी, जस्मिन रेग्मी (जयन्ती), बसान्ता भण्डारी, आशा खड्का, प्रविणा अधिकारी र मिना अर्याल रहेका छन् उक्त बैठकमा माथि उल्लेखित सबै नेतृहरु भने उपस्थित रहेका थिएनन् । पन्चा सिं, सुवेदी, किराती, खड्का, महत, थापा, दाहाल, भण्डारी, रेग्मी उपस्थित रहेका थिए । खास क्रान्तिकारीमा यस्तो कुरा अध्यक्षको लागि अनिल शर्मा, रन्जित तामाङ, रामचन्द्र अधिकारी, मदन अर्याल, सुरेन्द्र बस्नेत र उत्तम अधिकारी आंकाक्षी रहेका छन् । स्थानीय तहको चुनावमा शर्माले जिल्लामा राम्रो भूमिका खेलेको भन्दै उनको प्रशंसा माओवादी अध्यक्ष प्रचण्ड निवासतिर अहिले खुब चलेको छ । शर्मा हालका गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ भाइसमेत हुन् । त्यसोत शर्माजस्तै रन्जित तामाङ पनि अध्यक्ष पदका लागि बलिया प्रतिस्पर्धी हुन् । रुकुमका मुसिकोट गाउँपालिकाका अनिल, झापाको कमल गाउँपालिका रन्जित, चितवन भरतरपुर महानगरपालिकाका रामचन्द्र र झापाका दमक नगरपालिका सुरेन्द्र प्रचण्ड समूहका हुन् । त्यस्सैगरि महोत्तरीका मदन अर्याल माओवादी नेता नारायणकाजी श्रेष्ठ समूहका हुन् । नुवाकोटका उत्तम अधिकारी र झापाका विरेन्द्र बस्नेत भने माओवादी नेता रामबहादुर थापा ‘बादल’ समूहका हुन् । क्रान्तिकारीमा २५ सदस्यीय पदाधिकारी सहित एक सय ९९ जनाको केन्द्रीय समिति निर्वाचित हुने छन् । जसमा १ अध्यक्ष, ६ उपाध्यक्ष (खुल्ला ३-१ महिला, १ मधेशी, १ मनोनित), महासचिव १, उपमहासचिव ३-२ खुल्ला-१ महिला), सचिव १३ (७ प्रदेशबाट ७ जना, महिला २, मधेशी तथा मुस्लिम १, जनजाति १, दलित १, विवि/विभाग/कार्यालय १) र कोषाध्यक्ष १ हुने छन् । क्रान्तिकारीको माउ पार्टीको एकतापछि पहिलो पटक भदौ ७ गतेदेखि ११ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE