Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

निर्बाचन आयोगले यस्तो भन्यो : अब के हुन्छ निर्बाचन

\"\"काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताए । व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उनले दुबै निर्वाचन एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अप्ठरो पर्नसक्ने जानकारी दिए। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने अवस्थालाई सबै सरोकारवाला पक्षले हेक्का राख्न जरुरी रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले नेपाल जस्तो मुलुकका मतदाताले चारवटा मतपत्रको प्रयोग एकै पटक कसरी गर्न सक्दछन् भनी प्रश्न गरे। मतपत्रलगायत निर्वाचन सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती, मतदाता नामावली संकलन, मतदानस्थलको व्यवस्थापन जस्ता कारण पनि एकै पटक दुईवटा निर्वाचन असम्भव रहेको उनको भनाइ थियो । उनको प्रश्न थियो – “दुबै निर्वाचन एकै पटक गर्ने हो भने मतपत्र मात्रै सात करोड छपाइ गर्नुपर्छ । त्यो अहिलेको संरचनामा कसरी सम्भव होला ?” प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो – मतगणना व्यवस्थापनमा सुधार खाँचो छ । आचारसंहिताको पालनामा राजनीतिक दलबाट थप प्रतिबद्धता आउनुपर्छ । “निर्वाचन चिन्ह वितरण गरेपछि मतपत्रको छपाइ गर्नुपर्छ भन्ने कुरा हाम्रो हकमा असम्भव जस्तै हो” – उनले भने । बैठकमा सभापति मोहनसिंह राठौरले एकैचरणमा निर्वाचनको कुरा व्यापकरुपमा उठेकाले यस विषयमा निर्वाचन आयोगको धारणा सार्वजनिक हुन आवश्यक भएको विचार व्यक्त गरेका थिए । सांसद उदय नेपालीले धनी उम्मेदवारले मात्र निर्वाचन जित्छ भन्ने मनोविज्ञानलाई अन्त्य गर्न विद्युतीय मतदानको प्रयोग गर्नुपर्ने र त्यसलाई खर्चिलो हुन्छ भनेर पन्छाउन नहुने सुझाव दिए । अर्का सासद जनकराज जोशीले एकै पटक निर्वाचन गरिए मुलुकको ढुकुटीमा ६ अर्ब जोगिने हुनाले त्यसबाट बचेको पैसा ऊर्जाको विकासमा लगानी गर्नु उपयुक्त हुने सुझाव दिए । समितिका सदस्य सांसद नरसिंह चौधरीले प्रदेशसभा र प्रतितिनिधिसभाको निर्वाचन एकै पटक गर्न खोजिए मतदातामा अन्यौल सिर्जना हुने बताए । सांसद मिलन राजवंशीले पुरानो र ठूला दललाई मात्र होइन साना दललाई पनि एउटै आँखाले हेर्न आयोगलाई सुझाव दिँदै एकै पटक निर्वाचन भएमा मितव्ययी हुन गई दललाई पनि आर्थिक भार कम हुने बताए । सांसद हर्कबोल राईले आचारसंहिताको पालना कम हुने तथा निर्वाचन खर्च भने बढ्दै जाने प्रवृत्तिले मुलुकलाई कता धकेल्छ भनी प्रश्न गरे । सांसद अमनलाल मोदीले स्थानीय तहको निर्वाचनमा धेरै पैसा खर्च गरेर तडकभडक गर्नेहरुमाथि निर्वाचन आयोगले कारबाही गर्न नसकेको टिप्पणी गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE