Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

तातोपानीबासीको पीडामा सरकारलाई नदुखेको भन्दै सापकोटाले संसदमा खोजे १४ अर्ब ९४ करोडको हिसाव

\"\"काठमाडौं । ‘लार्चाको पुल भाँचिएको एक साता वितिसक्यो, तर सरकारले किन अहिलेसम्म बेलिब्रिज राख्न सकेको छैन् ? तातोपानी क्षेत्रका जनता आवतजावत गर्न सकिरहेका छैनन् र पनि सरकारले किन चासो दिएको छैन् ? आइतवार व्यवस्थापिका संसदमा बोल्दै माओवादी केन्द्रका नेता तथा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद अग्निप्रसाद सापकोटाले यस्तै प्रश्नहरु गरे । साउन ८ गते सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको वडा नं २ र ४ मा पर्ने लार्चा पुल भाँचिएपछि तातोपानी र लिपिङसम्म पुग्ने सडक टुटेको छ । भूकम्प र भोटेकोसी बाढीले वितण्डा मच्चाएपछि तंग्रिदै गरेको उक्त क्षेत्रमा फुल्पिङकट्टी तिरबाट खसेको पहिरोले पुल भत्किएपछि अहिले आवतजावत गर्नसमेत समस्या परेको हो । आइतवार बसेको व्यवस्थापिका संसदको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका सापकोटाले आवतजावत गर्न नसक्दा त्यहाँका स्थानीयले चरम दुःख झेल्नु परेको बताएका छन् । सरकारको ध्यानाकर्षण गराउँदै सापकोटाले भने ‘एक साता वितिसक्दा पनि सरकारले ध्यान दिएको छैन् ।’ पहिरोले पुल भाँचिएपछि विरामी, सुत्केरी र वृद्धवृद्धालाई समस्या भएको उनले बताए । त्यहाँका जनतालाई चाँडै राहत दिन उनले सरकारलाई जोडदार माग गरेका छन् । नेपाली सेनासँग बेलिबिज स्ट रहेको सापकोटाले बताउँदै तत्काल बेलिब्रिज हाल्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै करिब २७ महिनादेखि बन्द रहेको तातोपानी नाका चीनले खोल्न चाहेपनि नेपाल सरकारबाट पहल नभइरहेको भन्दै चाँडै सो नाका खोल्न उनले माग गरेका छन् । तातोपानी नाका खोल्न सरकारले कन्जुस्याइ गर्न नहुने सापकोटाले बताए । पूर्वराष्ट्रपति रामवरण यादब भ्रमण जाँदा उपहार स्वरुप १४ अर्ब ९४ करोड दिएको चीन सरकारले दिएको थियो । अरनिको राजमार्ग बनाउन दिएको उक्त रकम अहिले कहाँ छ त्यसको जानकारी पनि पूर्वमन्त्री सापकोटाले मागेका थिए । र, यो पनि तीन ठूला विपत्तिले तंग्रिदै गरेको तातोपानी फेरि थलियो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE