Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

वर्षमान पुनले भने-संशोधन प्रस्ताव केही दिनमै निर्णयार्थ पेश हुन्छ

\"\"काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक/दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका छन् । उनले भने,‘अब संशोधन प्रस्तावलाई टुँगो लगाउने निश्कर्षमा पुगिसकेका छौं, राजपाले अब परिणाम स्विकार्न तयार हुनुपर्छ, खेलको नियम मान्नुपर्छ, हामी ईमानदारितका साथ दुई तिहाई पुर्याउने कोशिश गरिरहेका छौं, प्रस्ताव फेल वा पास जे भएपनि राजपाले मान्नुपर्छ।’ उनले प्रस्ताव फेल भएपनि त्यही एजेण्डा बोकेर राजपा चुनावमा जान तयार हुनुपर्ने बताए । उनले थपे,‘एजेण्डा मर्ने कुरा हुँदैन, परिस्थिति अनुसार एजेण्डाहरुलाई अगाडि लैजान तयार हुनुपर्छ, हामीले पनि पहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएका थियौं, पछि संविधान जारी गर्नको लागि यो एजेण्डामा हामी लचक भयौं, अहिले फेरि यही एजेण्डा बोकेर हामी निर्वाचनमा जान्छौं। ’ आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संशोधन प्रस्तावमा लचिलो बन्नुपर्ने धारणा राखे । उनले भने,‘एमाले पनि संशोधन गर्नैहुन्न भनेर अतिवादी चिन्तन बोकेर बस्नुहुँदैन, एमाले यो कुराबाट पछि हट्नुपर्छ, संशोधनको कुरा गर्दा राष्ट्रघाती देख्ने र विदेशीको प्रभावमा ल्याएको देख्ने एमालेको दृष्टिदोष हो, यसबाट एमाले मुक्त हुनुपर्छ।’ पुनले संशोधन नेपाली जनता र दलहरुको आवाज भएको स्पष्ट पारे । साक्षात्कारमा पुनले मधेशवादी दलहरुले पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै उनीहरुको जायज माँगलाई जतिसक्दो चाँडो सम्बोधन गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । त्यस्तै उनले संशोधन प्रस्ताव पारित भए नेपालको स्वाधिनता, समृद्धि, शान्ति र स्वाभिमानमा टेवा पुग्ने उल्लेख गर्दै भने ‘एमाले र मधेशवादी दलहरु दुई कित्तामा उभिएका छन्, यिनीहरुलाई मिलाउनको लागि नै अहिलेको कांग्रेस र माओवादी केन्द्रको मध्यमार्गी गठबन्धन बनेको हो।’ उनका अनुसार एमाले अहिले दक्षिणपन्थी कुरा गरिरहेको छ भने मधेशवादी दलहरु अतिवादको लाईनमा उभिएका छन् । उनले यही माघ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन छुट्टाछुट्टै गर्दा समय अपुग हुन सक्ने बताएका हुन । उनले भने,‘समय अत्यन्त छोटो छ, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्दा राम्रो हुन्छ, यसको विकल्प छैन, दुवै निर्वाचन एकै चरणमा नगरिए माघ ७ गतेभित्र निर्वाचन सम्पन्न गर्न गाह्रो हुन्छ।’ माघ ७ गतेभित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्नुको विकल्प नभएको बताएका छन् । एकै चरणमा निर्वाचन गर्नको लागि आयोग तयार हुनुपर्ने उनको भनाई थियो । पुनले भने,‘निर्वाचन आयोगले व्यवहारिकता बुझ्नुपर्छ, हामी संक्रमणमा छौं, प्राविधिक जटिलताहरु फुकाउन आयोग तयार हुनुपर्छ, कानूनी तथा संवैधानिक जटिलताहरु भए सरकार फुकाउन तयार छ, अहिलेको समय र परिस्थितिलाई बुझेर आयोग तयार हुनुपर्छ, केन्द्र र प्रदेशको लागि समानूपातिकमा एउटै ब्यालेटपेपर प्रयोग गर्न पनि सकिन्छ।’ त्यस्तै यदि आयोग तयार नभएर आफूहरु रजानीतिक दलहरु एक ठाउँमा बसेर राजनीतिक निर्णय लिन समेत पछि नपर्ने उनको जिकिर थियो । पुनले भने,‘त्यसैले आयोगले मुलुकको जटिलता बुझ्नुपर्छ।’ उनले प्रदेश र केन्द्रिय संसदको निर्वाचन मंसिरको पहिलो अथवा दोस्रो साता एकै चरणमा गर्नुपर्ने सुझाव समेत दिए । उनले विगतमा पनि आयोगले राजनीतिक जटिलताहरु बुझेर निर्णय लिएको स्मरण गराउँदै भने,‘पहिलो संविधानसभाको निर्वाचनमा मतदाता नामाावलीमा नाम नहुँदा हाम्रा बरिष्ठतम् नेताहरु उम्मेद्धवार बन्न पाएका थिएनन, तर आयोगले पछि आफ्नो विशेष अधिकारबाट नागरिकताको भरमा उम्मेद्धवार बन्न दिएको थियो, र ती साथीहरु त्यतिवेला चुनाव जितेर मन्त्री बने, अहिले पनि त्यही हुनुपर्छ।’ उनले अघि भने,‘निर्वाचन गराउनको लागि आयोगले व्यवहारिकता प्रर्दशन गर्नुपर्छ, उसले राजनीतिक प्रक्रियालाई सहजीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्छ।’ आयोगले निश्पक्ष र कानूनी ढंगले नै काम गर्नुपर्ने भएपनि कहिलेकाहीँ राजनीतिक प्रक्रियालाई आयोगले सहयोग गर्नुपर्ने पुनको भनाई थियो । दुईवटै निर्वाचन एकै चरणमा गर्दा समय र साधनस्रोतको पनि बचत हुने र संविधान कार्यान्वयनपनि समयमै हुने उनको विश्वास थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE