Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

मोरङ र पोखरामा १९ हजार नयाँ मतदाता थप

\"\"मोरङ । यहाँ १२ हजार ८ सय ९० जना नयाँ मतदाताले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार शनिबारसम्म छ हजार २८९ महिला, छ हजार छ सय पुरुष र एक तेस्रो लिङ्गीको नाम थप भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले सम्बन्धित निर्वाचन कार्यालय केन्द्रित गरेर तस्बिरसहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो । यही साउन १ गतेदेखि विराटनगर महानगरपालिकासहितजहदा, कानेपोखरी, मिक्लाजुङ र धनपालथान गाउँपालिका तथा पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा मतदाता नामावली संकलन थालिएको छ । बाँकी स्थानीय तहमा भने सोमबारदेखि साउन मसान्तसम्म मतदाता नामावली संकलन गरिने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । त्यसैगरि पोखरा क्षेत्रीय निर्वाचन कार्यालय कास्कीमा गत दुई हप्तामै सात हजार ७६४ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यही साउन १ देखि १४ गतेसम्म तीन हजार ७९६ महिला र तीन हजार ४०९ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदाता नामावली संकलन अभियान शुरु गरेपछि कास्कीमा मतदाताको उत्साहजनक सहभागिता रहँदै आएको छ । पछिल्ला दिनमा भने नाम दर्ता गराउनेको भीड बढ्दै गएको देखिन्छ । साउन ११ गते ८२९ र साउन १२ गते ८६३ ले नाम दर्ता गराएका छन् । बुढाबूढी, अपांगता भएका, विदेशबाट घर फर्केका, बसाइँसराइबाट पोखरा आएका र नाम दर्ता गर्न छुट भएका मतदाता विशेष चासोका साथ पोखरा लेखनाथ महानगरपालिकाको पार्दीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा आएर नाम दर्ता गर्न गराउन आएको अधिकारी सुवेदीले बताए । साउन १५ गतेसम्म कार्यालयमा र साउन १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट तथा महानगरपालिकाका ३३ वटै वडाको भने क्षेत्रीय निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुँदैछ । कार्यालयले सो अवधिमा त्रुटि सच्चाउने तथा ठाउँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीबाट नाम हटाउने काम पनि गर्ने बताइएको छ । एक महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा असार मसान्तसम्म दुई लाख २४ हजार ८११ मतदाता संख्या थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE