Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो

\"\"उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् । बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउन थालेको अस्पतालका एचए (जनस्वास्थ्य निरीक्षक) श्यामनारायण पण्डितले बताए । भाइरलबाट प्रभावित बिरामीको संख्या बढेपछि अस्पतालमा शय्याको अभावमा भुइँ तथा अस्पताल परिसरमा समेत बिरामीलाई राखेर उपचार गर्नुपरेको अस्पताल प्रशासनले बताएको छ । अस्पतालमा भाइरलबाट प्रभावित बालबालिका र वृद्धवृद्धा बढी आउने गरेका छन् । शुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र बिरामी कमजोर हुने जस्ता रोगको लक्ष्यण रहेको अस्पतालका प्रशासन प्रमुख डा सन्तोष राई बताउछन् । केही सामान्य उपचारपछि घर फर्कने गरेको भए तापनि केही बिरामी भने सिकिस्त भई ढिलो गरी अस्पताल आएका कारण अस्पतालले नसक्ने अवस्था आए सिफारिस गरी पठाउनु परेको अस्पताल प्रशासनले बताएको छ । यसअघि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका तथा उदयपुरको मध्य पहाडी क्षेत्रमा पनि भाइरलबाट प्रभावित भई जिल्ला अस्पताल उदयपुरमा उपचार गराउँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE