Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

माओवादी शीर्ष नेता सोमबार मधेस झर्ने

\"\"काठमाडौं । माओवादी केन्द्रले प्रदेश नम्बर २ को निर्वाचनको तयारी तीव्र पारेको छ । केन्द्रीय सचिवालयको निर्वाचन समीक्षापछि आगामी सोमबार माओवादी शीर्षस्थ नेता प्रशिक्षण कार्यक्रम लिएर मधेस झर्ने भएका छन् । प्रदेश नम्बर २ को निर्वाचन आफ्नो पक्षमा पार्न माओवादीले प्रशिक्षण चलाउन लागेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– प्रशिक्षण दिन काठमाडौंबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसहितका शीर्षस्थ नेता मधेस झर्ने भएका हुन्। जनकपुरमा प्रशिक्षण माओवादीले मधेसका आठ जिल्लाका जिल्ला सचिवालयस्तरका नेता–कार्यकर्तालाई सोमबार जनकपुर बोलाई प्रशिक्षण दिने प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साहले बताए । माओवादी शीर्षस्थ नेताले सोमबार दिनभर आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिने साहले बताए । प्रशिक्षणमा आठ जिल्लाका जिल्ला सचिवालयस्तरका ६ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने अनुमान छ । ‘निर्वाचन आफ्नो पक्षमा पार्न शीर्षस्थ नेतृत्वले प्रशिक्षण दिनुहुन्छ,’ साहले भने, ‘प्रशिक्षणपछि निर्वाचन आफ्नो पक्षमा पार्न माओवादीले रणनीति बनाउँछ ।’ सचिवालय बैठकमा निर्वाचन हारेको विषयमा निर्मम रूपमा समीक्षा भएको माओवादी पोलिटब्युरो सदस्य गोपाल ठाकुरले बताए । ‘माओवादीले हारलाई अनुभवका रूपमा लिई प्रदेश नम्बर २ मा नतिजा राम्रो ल्याउने गरी काम गर्दै छ,’ उनले भने । निर्वाचन आफ्नो पक्षमा पार्न माओवादीले जनस्तरसम्म कार्यकर्ता परिचालन गर्ने योजना बनाएको छ । एक साताभित्रै उम्मेदवारको टुंगो लगाउने माओवादीले एक साताभित्र प्रदेश नम्बर २ का आठ जिल्लाका एक सय २७ स्थानीय तहका सबै उम्मेदवारको टुंगो लगाउने भएको छ । ‘यसभन्दा अघि ५० प्रतिशत उम्मेदवार फिक्स भइसकेको थियो,’ साहले भने, ‘आगामी एक साताभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्छाैँ ।’ सबै तहका उम्मेदवार छिट्टै टुंगो लगाई प्रचारप्रसारलाई व्यापक बनाउने माओवादी योजना छ । हाम्रालाई भन्दा निर्वाचन जित्ने राम्रालाई उम्मेदवार बनाउने ठाकुरले बताए । प्रदेश नम्बर २ निर्वाचनमा नयाँ शक्ति अलमलमा आगामी तेस्रो चरणको निर्वाचनका लागि नयाँ शक्ति पार्टी अलमलमा परेको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भाँडिएपछि चुनाव चिह्न र तालमेलका विषयमा के गर्ने भन्ने विषयमा टुंगो नलागेको प्रवक्ता खिमलाल देवकोटाले बताए । ‘नयाँ शक्तिको सर्वोच्च निकाय केन्द्रीय कार्यकारी समितिलाई संघीय परिषद्ले विघटन गरेको छ,’ उनले भने, ‘केन्द्रीय कार्यकारी समिति नभएकाले पार्टीको सबै अधिकार संयोजक बाबुराम भट्टराईमा हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE