Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

‘भूकम्पको कुरा नसम्झाउनु, रुन मात्र आउँछ’

\"\"नुवाकोट । “आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी, रुन मात्र आउँछ ।” दुई वर्षअघिको विनाशकारी भूकम्प गएको सम्झँदा अहिले पनि मेघाङ गाउँपालिका–२ बुङताङकी टीकामाया तामाङको शरीर काम्न थाल्छ । चौथो पटकको सन्तान जन्मदै गर्दाको प्रसव पीडाले थिचिरहेका बेला भरोसा भएको एक मात्र स्वास्थ्य चौकी भत्किएर पालमा सरेको थियो । जहाँ उहाँलाई सुत्केरी हुन सजिलो थिएन । “सुत्केरी हुन कति गाह्रो भयो, घर जाउँ घर भत्किएको थियो, स्वास्थ्य चौकी पनि पालमा थियो, पानी परेर झन सकस भयो, कसरी ती दुःखका दिन बिते होला अहिले सम्झन खोज्दा पनि सातो जान्छ नानी” टीकामायाले विगत सम्झँदै अढाइ वर्षीय छोरालाई मुसार्दै भनीन् । घामपानी छेक्ने घर झत्केको थियो । तीन छोरी र भर्खरै जन्मेको छोराको आमालाई त्यो समय श्रीमान्को यादले निकै सतायो । ऋणको बोझबाट मुक्त हुन उनका श्रीमान् भूकम्प आउनुभन्दा केही समयभन्दा पहिले मात्र विदेसिएका थिए । उनलाई नेपाल बोलाउने अवस्था पनि भएन त्यो समय टीकामायाले सुस्केरा हालिन् । पालको भरमा बारीमा दिन काट्दा पानी र चिसोले छोराछोरी बिरामी हुँदा सामान्य उपचार गर्न नसक्दा केही दिन त झत्केका स्वास्थ्य चौकीतिर टोलाउनुबाहेक विकल्प थिएन । नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाबाट करिब २० किमी दूरीमा पर्ने बुङताङका बासिन्दाका लागि नजिकै अस्पताल भनेकै बुङताङ स्वास्थ्य चौकी नै थियो । भूकम्पपछि १४ अति प्रभावित जिल्लामध्येको एक नुवाकोट जिल्लाका १७ स्वास्थ्य चौकी बनाउने जिम्मा लिएको जर्मन विकास सहयोग (जिआइजेट)ले बनाइएको आफ्नो गाउँको नयाँ स्वास्थ्य चौकी भवन देखेपछि टीकामाया मात्र होइन बुङताङका अन्य बासिन्दाको पनि हर्षको सीमा रहेन् । स्वास्थ्य चौकी निर्माण गरेपछि जिआइजेटले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा आउनुभएकी ६० वर्षीय शुल्कु तामाङले सामान्य पेट दुख्दा, ज्वरो आउँदाआउँदा धाएरै अन्त जानुपर्ने दुःखका दिन सकिएको बताइन । उनले भनीन, “भूकम्पअघि हाम्रो अस्पताल भनेकै स्वास्थ्य चौकी नै थियो, पछि पालमा स्वास्थ्य चौकी हुँदा गर्भवती, बच्चा, वृद्धवृद्धालाई निकै गाह्रो थियो, कति औषधि पाइँदैन्थ्यो, अब त भवन बन्यो हामीलाई सजिलो हुन्छ ।” भूकम्पको समयमा सुत्केरी हुन समस्या भएपछि १८ वर्षमै आमा बन्न लागेकी रीना सुनारलाई पनि त्यो समय सम्झन मन लाग्दैन । “सदरमुकाम गएर बच्चा जन्माए, यहाँ घर स्वास्थ्य चौकी सबै भत्किएको थियो, केही सामान थिएन, औषधि थिएन, अब नयाँ भवन बन्यो सबै सामान पनि आएको छ, अब त सजिलो हुन्छ ।” भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जिआइजेडको आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । नयाँ स्वास्थ्य चौकीको भवन हेर्दै ७० वर्षीय फुच्ची तामाङले हाँस्दै भन्नुभयो, “घरआँगनै मै उपचार हुन्छ, हाम्रा पालमा बिरामी हुँदा पनि औषधिको मुख देख्न पाइन्थ्यो, जे होस् अहिलेका छोरीबुहारीलाई पनि बच्चा जन्माउँदा उति दुख्न खेप्न पर्दैन, जाति भयो ।” भूकम्पका समयमा भत्केका दुई वर्ष बित्दा पनि कतिका घर बरु बनिसकेका छैनन् । तर उपचार गर्ने घर बनेपछि भने बुङताङका महिलाले सुखको अनुभव गरेको सुनाए । १४ वर्षदेखि बुङताङमा स्वयंसेविका रहेकी पासाङ तामाङले गाउँका धेरै महिलामा आङ खस्ने, सेतो पानी बग्ने, हातखुट्टा दुख्ने, दाँत दुख्नेलगायतका समस्या भए पनि सम्बन्धित समस्याका लागि राम्रो उपचार गर्न धाएरै सदरमुकाम जानुपर्ने अवस्था रहेको बताइन् । नुवाकोटमा रहेका ७५ स्वास्थ्य संस्थामा ३० वटामा पूर्ण, २० वटा आंशिक क्षतिग्रस्त भएका थिए । नेपालका लागि जर्मनका कार्यवाहक राजदूत ज्याकलिन ग्रोथले भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माणको लागि जर्मन सरकारले जनाएको प्रतिबद्धताअनुसार नुवाकोट, धादिङ र रसुवामा करिब रु २० करोडको लगानीमा स्वास्थ्य संस्था निर्माण गरिएको बताइन् । बुङताङ स्वास्थ्य चौकी रु आठ करोड ४९ लाखको लगानीमा निर्माण गरिएको हो । जिआइजेडद्वारा नवनिर्मित स्वास्थ्य चौकीको भवनमा प्रसूति, परिवार नियोजन, नेपाल सरकारबाट उपलब्ध भएका विभिन्न ३८ प्रकारका निःशुल्क औषधि, खोप कार्यक्रमलगायत स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा सञ्चालन गर्न नौ कोठाको आधुनिक संरचनामा रहेका छन् । नुवाकोटका प्रमुख जनस्वास्थ्य प्रशासक वसन्त अधिकारीले जिल्लाको साविक १६ गाविसको १७ स्थानमा निर्माण गरेको स्वास्थ्य चौकीमा जनशक्ति र उपकरण अभाव भएकाले त्यसको व्यवस्थापन मिलाउन स्वाथ्स्य मन्त्रालयमा पहल भइरहेको बताइन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE