Ntc summer Offer
Khabar Dabali ५ फाल्गुन २०८१ सोमबार | 17th February, 2025 Mon
Investment bank

कसरी भयो जंगबहादुरको मृत्यु ?

\"\"कञ्चनपुरको वनवासामा बेलायती युवराजको भ्रमणका सिलसिलामा आएका बेलायती डाक्टरले वि.सं. १९३२ मा जंगबहादुर राणाको स्वास्थ्य परीक्षा गरी उनको मुटुमा बोसो जम्न थालेकाले चाँडै मृत्यु हुनसक्ने कुरा बताएका थिए । वनवासाबाट काठमाडौं फर्केपछि जंगबहादुरले आफ्नो चल–अचल सम्पत्ति छोराहरुलाई बाँडिदिए । त्यसबैला उनका मन परेका छोरा बबरजङ्ग र अर्का छोरा नरजङ्गको मृत्यु भयो । उनको मन परेको हात्ती जंगप्रसाद पनि त्यहीबेला मर्यो । वि.सं. १९३३ को मंसिरमा उनी शिकारका निमित्त काठमाडौंबाट हिँडे । यो शिकार उनका लागि आखिरी शिकार थियो । जानुभन्दा अगाडि राजा सुरेन्द्रसँग बिदावारी हुन थापाथलीबाट हनुमानढोका दरबारमा गए । त्यहाँ उनले, ‘यसपाली म धेरै गलेको छु, फर्केर आउन सक्छु कि सक्दिनँ, एकपल्ट पहिले जस्तै बुइँ चढाएर घुमाउन पाऊँ’ भनेर राजालाई भने । त्यसबेला जंगबहादुरको उमेर ५९ वर्षको थियो र राजाको उमेर ४५ वर्षको थियो । राजाले स्वीकृति दिएपछि उनले राजालाई बुइँ चढाएर घुमाए । यो कुरा जुद्धशमशेरले भनेको भनि बालकृष्ण समले आफ्नो पुस्तक मेरो कविताको आराधनामा लेखेका छन् । त्यो उनको अन्तिम शिकार थियो । किनभने उनी त्यहाँबाट काठमाडौं कहिल्यै फर्केनन् । उनी थानकोटबाट मार्खुको बाटो भई हेटौंडा पुगे अनि बारा जिल्लाको सिमरौनगढमा पुराना किल्लाहरुको भग्नावशेषमा घुम्दै पत्थरघट्टामा वागमती नदीका किनारमा पुगे । त्यहाँ उनले एउटा भीमकाय पाटेबाघको शिकार गरे । शिकारको भलिपल्ट उनी बिरामी भए । उनलाई दिसा पनि लागेको थियो, कहिले जाडो कहिले गर्मी भएको थियो । शिकारमा उनीसँग श्री ३ बडामहारानी हिरण्यगर्भकुमारी (मैयाँ महारानी) र अरु चार महारानी (पुतली महारानी, अन्तरी महारानी) आदि पनि सँगै थिए । कृष्णगोविन्द भन्ने नेपाली वैद्यलाई बोलाउँदा उनको नाडी एकदम कमजोर भइसकेको कुरा भने । त्यसैबेला काठमाडौंमा जंगबहादुर सिकिस्त विरामी भएको र उनका भाइ धीर र छोराहरुलाई पत्थरघट्टा आउन खबर गयो । त्यसबेला सवारीमा उनका भतिजा अमरजंग (भाइ जगतशमशेरपुत्र) मात्र थिए । बिरामी भएपछि उनलाई पनि जंगले चिनेनन् । बालकृष्ण समले जंगलाई अफिम प्रतिदिन चाहिन्थ्यो भनी लेखेका छन् । जंगबहादुर पत्थरघट्टामा बिरामी भएका बेलामा उनले अफिम राख्ने गरेको कन्तुर अर्को वासतर्फ लगिएको रहेछ । त्यहीबेला एउटा रुखमा मजुर बस्न आयो । जंगले गोली हाने तर लागेन । उनी ज्यादै राम्रा निशानेबाज थिए, तर अन्तिम समयमा आँखा नदेख्ने भएका थिए । दुई चोटि रगत वमन भएपछि जंगले मैयाँ महारानीलाई भनेका थिए, ‘तिमी आइनौ भने म नरकको कुकुर हुन पुग्नेछु ।’ त्यसबेला त्यहाँ धीरशमशेर आइसकेका थिए । मैयाँ महारानीले धीरशमशेरलाई भनिछिन्– ‘हजुरको दाईलाई भुजा म पकाउँला तर तमाखु टक्र्याउने मिश्रीलाई र मालिस गर्ने पुतलीलाई किन नल्याएको भने के भन्ने ?’ यसबारे पद्यजंगले केही लेखेका छैनन् । पत्थरघट्टामा बागमती नदीको किनारमा ५९ वर्षको उमेरमा वि.सं. १९३३ को फागुन १६ गते गोविन्दद्वादशी मा जंगबहादुरको मृत्यु भयो । (प्रकाश ए राजद्वारा लिखित ‘राणा प्रधानमन्त्रीहरुको जीवनी’ नामक पुस्तकबाट)
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy