Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एकीकरणपछि कस्तो बन्नेछ साझा विवकेशील पार्टी ?

\"\"काठमाडौं । वैकल्पिक धारको राजनीतिक शक्ति निर्माणमा रहेको दुई राजनीतिक दल विवेकशील नेपाली दल र साझा पार्टीबीच आज बुधबार एकीकरण हुँदैछन्। दुवै दलका वार्ता टोलीबीच भएको सहमतिअनुसार बुधबार अपराह्न राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी एकीकरणको घोषणा हुनेछ। अाजको नागरिक दैनिकमा खबर छ– ‘बुधबार पार्टीको घोषणा गर्ने सहमति भएको छ तर अहिले पनि धेरै विषयमा छलफल भइरहेको छ र भोलिसम्म एउटा स्पष्ट खाकासाथ आउनेछौं,’ विवेकशील नेपाली दलका प्रवक्ता तथा वार्ताटोलीका प्रमुख रमेश पौडेलले भने, ‘सामूहिक नेतृत्वमा एकीकृत पार्टी सञ्चालन हुनेछ।’ त्यसका लागि दुवै दलका हालका अध्यक्षहरु उज्ज्वल थापा र रवीन्द्र मिश्रसहित ६ देखि ८ सदस्यीय समिति गठन गर्ने सहमति भएको छ। दुवै दलको नाममा विवेकशील र साझा नाम आउनेछ। सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘साझा विवेकशील’ भए अहिले विवेकशीलले प्रयोग गर्ने आएको ‘हाँसिरहेको व्यक्तिका मुखकृति’ पार्टीको चिह्न हुनेछ भने ‘विवेकशील साझा’ नाम राखिएमा साझा पार्टीको तराजु चुनाव चिह्न हुनेछ। दुवै पक्षबीच ५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने सहमति भएको छ। विवेकशील र साझाबाट १७–१७ रहेनछन् भने बाँकी १७ सदस्यीय मनोनीत गर्ने सहमति भएको छ । हाल विवेकशीलको ३५ र साझाको २२ सदस्यीय केन्द्रीय कार्यसमिति छ । प्रदेशका संयोजकहरूको घोषणा पनि बुधबार नै हुनेछ । वार्तामा साझाका तर्फबाट सूर्यराज आचार्य र मुमाराम खनाल, विवेकशीलका तर्फबाट पौडेलका अतिरिक्त गोविन्दनारायण तिमल्सिना थिए । पहिलो चरणको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा दुवै दलले राम्रो प्रदर्शन गरेका दुवै दललाई एकीकृत गर्न दबाब पर्दै आएको थियो । तर दोस्रो चरणको स्थानीय चुनावमा भने उल्लेख प्रदर्शन गर्न सकेन।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending