Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

आज साँझ मन्त्रीपरिषद् विस्तार हुने

\"\"काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार मंगलबार (आज) गर्ने भएका छन् । देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको डेढ महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको हो । यसअघि सरुुवाती चरणमा चार जना मन्त्रीले सपथ खाइसकेका छन् ।
यसअघि मन्त्री र राज्यमन्त्री भइसकेकालाई दोहोर्‍याउन नहुने दबाब पौडेल पक्षमा छ ।प्रधानमन्त्री देउवाले भने आफ्नो समूहबाट कसलाई मन्त्री बनाउने भन्नेबारे टुंगो लगाउन सकेका छैनन् । ‘प्रधानमन्त्रीलाई आफ्नो पक्षको धेरै नेताहरुले मन्त्री बनाउनुपर्ने दबाब दिइरहेका छन्’ स्रोतले खबरडबलीसँग भन्यो ‘उहाँको समूहबाट आज मन्त्रीको टुंगो नलागे भोलि मन्त्रीपरिषद् विस्तार हुन्छ ।’
आज साँझसम्म मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएका छन् । स्रोतका अनुसार आज साँझसम्म मन्त्रीपरिषद् विस्तार गर्ने भनिएपनि प्रधानमन्त्रीकै पार्टी नेपाली कांग्रेसले विवादका कारण मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन् । कांग्रेस स्रोतले खबरडबलीलाई दिएको जानकारी अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षबाट एक एक जना भागबन्डाका आधारमा मन्त्री बनाउने देउवाले तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले भने आफ्नो समूहबाट कसलाई मन्त्री बनाउने भन्नेबारे टुंगो लगाउन सकेका छैनन् । ‘प्रधानमन्त्रीलाई आफ्नो पक्षको धेरै नेताहरुले मन्त्री बनाउनुपर्ने दबाब दिइरहेका छन्’ स्रोतले खबरडबलीसँग भन्यो ‘उहाँको समूहबाट आज मन्त्रीको टुंगो नलागे भोलि मन्त्रीपरिषद् विस्तार हुन्छ ।’ देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, बीरबहादुर बलायर, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशीलगायतको नाम चर्चामा रहेको छ । त्यस्तै पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्तलगायतको नाम चर्चामा रहेको छ । सिटौला समूहबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी छ । यसअघि मन्त्री र राज्यमन्त्री भइसकेकालाई दोहोर्‍याउन नहुने दबाब पौडेल पक्षमा छ । त्यस्तै नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंग्याएको छ । माओवादीका एक जना हेडक्वाटर सदस्यले खबरडबलीलाई दिएको जानकारी अनुसार माओवादीले गिरीराजमणी पोखरेल, टेकबहादुर वस्नेत, महेन्द्र शाही, आशा खनाल, शिव मण्डल र सन्त थारुलाई मन्त्री बनाउने निर्णय गरेको छ । जसअनुसार पौडेलले स्वास्थ्य मन्त्रालय, बस्नेतलाई कृषी, शाहीलाई उर्जा, खनाललाई महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय र मण्डललाई आपूर्ति मन्त्रालयमा पठाउने तयारी गरेको छ । त्यसैगरि फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ ।

र, यो पनि ६ मन्त्रालयमा मन्त्री पठाउन माओवादीको सूची तयार

   
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE