धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरमा आयोजित ‘निर्वाचन विशेष अभियान २०८२’ मधेस प्रदेशस्तरीय रणनीतिक बैठकलाई आज सम्बोधन गर्दै नेपाली कांग्रेसका मधेस प्रदेश सभापति समेत रहनुभएका यादवले लोकतन्त्र सुदृढीकरणका लागि तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारितामा जोड दिँदै गलत सूचना र भ्रामक प्रचारप्रति सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
उनले मधेस प्रदेशमा विकास, सुशासन र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाल युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै निर्वाचनका बेला सत्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बताए।
उनले पत्रकारहरूको पेसागत सुरक्षा र हकहित संरक्षणमा सङ्गठन प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । “प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, त्यसको रक्षा गर्दै जनतालाई सही सूचना दिनु हाम्रो दायित्व हो”, उनले भने। बैठकमा प्रदेशका सञ्चारकर्मी, युनियनका पदाधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: