Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जान माओवादीमा दबाब

\"\"काठमाडौं । माओवादी केन्द्रमा जनाताबाट प्रत्यक्ष कार्यकार्यकारीको पक्षमा जान नेतृत्वलाई दबाब बढ्न थालेको छ । तीनदेखि जारी केन्द्रीय सचिवालय बैठकमा बोल्ने अधिकांश नेताले जनताबाट सीधै निर्वाचित हुने कार्यकारीको पक्षमा जान दबाब दिएका हुन् । बिहीबारसम्म बोल्ने ७२ जनामध्ये अधिकांश नेताले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जान सुझाब दिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् । अाजको नयाँ पत्रिकामा खबर छ– संसद्बाट निर्वाचित प्रधानमन्त्री हुँदा राजनीतिक अस्थिरता धेरै भएको भन्दै पाँच वर्षसम्म ढुक्क हुनेगरी कार्यकारीको पक्षमा जान नेताहरूले दबाब दिएको भुसालले जानकारी दिइन् । ‘प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि भएमा हिमाल, पहाड र तराई सबै क्षेत्रका जनताले एकैपटक एउटै व्यक्तिलाई भोट हाल्न पाउँछन्,’ उनले भनिन्, ‘एकैपटक भोट हाल्दा राष्ट्रिय एकता प्रदर्शन हुने भएकाले कार्यकारीको पक्षमा जाँदा राम्रो हुन्छ ।’ माओवादी केन्द्रीय सचिवालय सदस्य हरि दाहालले कार्यकारीको पक्षमा जानुको विकल्प नरहेको बताए । ‘कार्यकारी राष्ट्रपतिको पक्षमा जानुपर्छ भन्ने माओवादीको पुरानै एजेन्डा हो,’ दाहालले भने, ‘देशको हितलाई मध्यनजर गरी कार्यकारी पक्षमा जान माओवादीले एजेन्डा अगाडि बढाउनुपर्छ ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार निर्वाचन समीक्षा गर्ने क्रममा कार्यकारीको पक्षमा जानुपर्नेमा प्रस्ताव राखेका थिए । प्रचण्डपथ विचार ब्युँताएर जान दबाब सचिवालय बैठकमा अधिकांश नेताहरूले प्रचण्डपथको विचार ब्युँताएर जान दबाब दिएका छन् । नेता अग्निप्रसाद सापकोटाले प्रचण्डपथ विचार छाडेकाले पार्टीभित्र गुटबन्दी र अराजकता निम्तिएको बताए । पार्टीलाई बलियो र एकताबद्ध बनाउन मौलिक विचारको रूपमा प्रचण्डपथको विचारलाई अंगालेर जानुपर्ने उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE