Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

नेपालको प्रदूषण मापन गर्दै जर्मन जहाज

\"\"काठमाडौं । उच्च तहको वायुमण्डलको प्रदूषण जहाजको सहायताले मापन गर्न बिहीबार बिहान जर्मन जहाज ल्याइएको छ । मेसिनले तल्लो तहसम्मको प्रदूषण मापन गर्ने भएकाले ६० हजार फिटसम्मको प्रदूषण उक्त जहाजबाट मापन सुरु गरिएको वातावरण मान्त्रालयले जनाएको छ ।मन्त्रालय र जर्मनीको विश्वविद्यालयले वायु प्रदूषणको वैज्ञानिक अध्ययन गर्ने जहाज नेपाल ल्याएका हुन् । १७ दिने कार्यक्रम स्वीकृत गरी जहाज नेपाल भित्र्याइएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– नेपालमा वायु प्रदूषण विश्वमै उच्च भएको सरकारी तथ्यांकले देखाएका छन् । पछिल्ला दिनमा राष्ट्रिय मापदण्डभन्दा दोब्बर धूलो उड्ने गरेको मन्त्रालयले राखेको प्यारोमिटरले देखाएको छ । प्रदूषण नियन्त्रणका लागि यसको अवस्था थाहा पाउन जहाजबाट उच्च तहमा मापन गर्न सुरु गरिएको मन्त्रालयका सूचना अधिकारी रामप्रसाद लम्सालले जानकारी दिए । कणको आकार पीएम १, २.५ र १० भएको धूलो काठमाडाैं उपत्यका, तराई क्षेत्र र मुख्य सहरमा बढी उड्ने गर्दा वायुमण्डल प्रदूषित भएकाले मापन गर्न जहाज ल्याइएको लम्सालले जानकारी दिए । तल्लो तहको प्रदूषण मेसिनको सिस्टमले नाप्न सक्ने तर मथिल्लो तहको लेयरलाई नाप्न नसक्ने भएकाले एम ५५ जिओफिसिका नामको रसियन जहाज बिहीबार बिहान नेपाल भित्र्याइएको हो । धूलोमापक यात्रले नाप्न नसक्नेभन्दा माथि ६० हजार फिटसम्मको वायुमण्डललाई जहाजको सहायताले मापन गरिनेछ । जहाजबाट नेपालभरका वायुमण्डलको मापन गरिनेछ । अव्यवस्थित उद्योग, कलकारखाना, सवारीसाधन सञ्चालन, क्षतिग्रस्त भौतिक संरचना र सडक मर्मतले गर्दा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको निष्कर्ष अनुगमनकर्ताको छ । सरकारी तथ्यांकलाई आधार मान्दा काठमाडौं उपत्यकामा २४ सै घन्टा सास फेर्नलायक हावा पाइँदैन । बर्खा भएकाले केही मात्रामा धूलो, धूवाँको मात्रामा कमी आएको वातवारण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल बताउछन् । \'संरचना र प्रविधिमा सुधारभन्दा पनि पानीका कारण प्रदूषण कम भएको हो तर विभागले अनुगमन गरी बुझाएको प्रतिवेदनअनुसारको काम भने हुन सकेको छैन\', उनी भन्छन् । १२ बुँदे प्रस्तावसहित राष्ट्रिय योजना आयोगलाई सरकारी अनुगमन समितिले प्रतिवेदन बुझाएको छ । फोहोर बाहिर जलाउन नहुने, ट्राफिक जाम कम गर्न जक्सन निर्माण गर्नुपर्ने, धूलो नियन्त्रणका लागि पानी छर्कनुपर्ने, समयसीमा तोकेर खनिएका सडक तत्काल कालोपत्रे गर्नुपर्ने, सडक पुर्नुपर्ने, गाडीको रुट पास, ग्रिन स्टिकर प्रक्रियालाई थप वैज्ञानिक बनाउनुपर्ने, सडकको क्षमताअनुसार गाडीलाई अनुमति दिनुपर्ने, विद्युतीय, हाइब्रिड र ब्याट्रीबाट चल्ने गाडीलाई प्रोत्साहन गर्नुपर्ने, विद्यालय र कार्यालयका गाडीलाई समय र रुट तोकी व्यवस्थित गर्न समितिले सिफारिस गरेको पौडेलको भनाइ छ । धूलोको राष्ट्रिय मापदण्ड २४ घन्टाका लागि पीएम १० को एक सय २०, पीएम २.५ को ४० राखेको छ । युरोपमा भने पीएम २.५ को २५, पीएम १० को ५० माइक्रोग्राम मिटरक्यु राखिएको छ । यो नेपालको राष्ट्रिय मापदण्डभन्दा दोब्बरले कम हो । नेपालमा राष्ट्रिय मापदण्डभन्दा दोब्बरले बढी धूलो उड्ने गरेको तथ्यांक छ । जर्मन जहाज दुई महिना नेपालमा रहनेछ । नेपालमा नियमित उडान गर्ने १४ देशका विमानभन्दा फरक क्षमताको यो रसियन एम ५५ जीओफसी । वायु प्रदूषणको अवस्थालाई दुरुस्त मापन गर्न विश्वले यो जहाजको प्रयोग गर्दै आएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातवरणमैत्री स्थानीय शासन ऐन पारित गरी भौतिक निर्माण गर्दा वातावरणको संरक्षण गर्ने, स्वच्छ वातावरण कायम गर्न आवश्यक व्यवस्था गर्नेजस्ता प्रावधान उल्लेख गरेको छ । वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ ले स्वच्छ वातावरण कायम राख्नुपर्ने भने पनि यो हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE