Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

श्रीलंका हिँडेका आठ युवती ‘अफ लोड'

\"\"काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड ) गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो । अध्यामगन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमुना केसी, चन्द्रा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– पछिल्लो समय मानव तस्करहरूले नेपाली युवतीलाई कुवेत, साउदीलगायतका खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिट\' बनाउने गरेका छन् । भारतको अध्यामगनले समेत कडाइ गर्न थालेपछि तस्करहरूले श्रीलंकालाई ट्रान्जिट बनाएका हुन् । ती युवती क्यासिनोको तालिम लिन नभई क्यासिनो खेलाउन श्रीलंका जान लागेको स्रोतले बताएको छ । गत वर्षसमेत अध्यामगनले क्यासिनो खेलाउन श्रीलंका हिँडेका सात युवतीलाई विमानस्थलबाटै फिर्ता गरेको थियो । अध्यागमन स्रोतका अनुसार राम्रो काम पाए उतै बस्ने योजनासहित ती युवती क्यासिनो खेलाउन श्रीलंका हिँडेको र पछि उतैबाट अन्य मुलुक जाने ती युवतीको तयारी थियो । विमानस्थल अध्यामगन कार्यालयका प्रमुख होमनाथ थपलियाले ती युवतीको भ्रमण शंकास्पद देखिएकाले प्रस्थान अनुमति नदिएको बताए । थपलियाले भने, ‘क्यासिनोको तालिम लिन श्रीलंका जाने भन्थे । उनीहरूको यात्रा शंकास्पद देख्यौं, अनि रोकिदियौं ।\' ती युवतीले आफूहरू कुनै मानव तस्करको चंगुलमा नपरेको र क्यासिनोको तालिमका लागि नै श्रीलंका जान लागेको भन्दै ‘कन्भिन्स\' गर्ने प्रयत्न गरेका थिए । यात्राको उद्देश्य स्पष्ट नभई कसैलाई पनि भिजिट भिसामा प्रस्थान अनुमति नदिएको र श्रीलंकाबाट उनीहरू फर्कने बलियो आधारसमेत नभएकाले प्रस्थान अनुमति नदिएको अध्यामगन स्रोतले बताएको छ । यसैबीच विमानस्थल प्रहरीले बिहीबार भिजिट भिसामा कुवेत हिँडेकी शोभा गिरीलाई अध्यागमन पार गरेपछि पक्राउ गरेको छ । मानव तस्करको सेटिङमा कुवेत हिँडेकी गिरीले जेट एयर र एयर अरेबियाको बोर्डिङ पास लिएकी थिइन् । एयर अरेबियाको बोर्डिङ पास लुकाएर गिरीले भारत जाने भन्दै नागरिकता देखाएकी थिइन् । श्रम स्वीकृतिसमेत नक्कली भएको आशंकामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । भारतको दिल्लीमा छोराछोरी र श्रीमान बस्ने भएकाले उनीहरूलाई भेट्न जाने भन्दै नागरिकता देखाएर अध्यामगनबाट उनी फुत्किएकी थिइन् । उनले दिल्लीसम्मको जेट एयरको टिकट काटेकी थिइन् । अध्यागमन पार गरेपछि गिरी जेट एयर नचढी एयर अरेबियाको जहाज चढ्न लागेकी थिइन् । विमानस्थल प्रहरीले उनीसँग दुईवटा बोर्डिङ पास भएको गोप्य सूचना पाएपछि पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले जेट एयर नचढी एयर अरेबिया चढ्न लागेको थाहा पाएपछि गिरीलाई पक्राउ गरिएको बताए । श्रेष्ठले भने, ‘उनलाई पठाउन संगठित गिरोह नै सक्रिय रहेको हुन सक्छ । थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा पठाएका छौं ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE