Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

यातायातका हाकिमसहित ७ कर्मचारी निलम्बनमा

\"\"महेन्द्रनगर । यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । विभागको आन्तरीक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको यातायात व्यवस्था विभागले जनाएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– विभागका प्रवक्ता डा. टोपराज पाण्डेयले निमित्त कार्यालय प्रमुख सहितका ७ जना कर्मचारीहरु निलम्बन गरिएको पुष्टि गरे । उनले मन्त्रालयले आवश्यक अनुसन्धानपछि उनीहरुलाई निलम्बन गरेको जानकारी दिए । ‘मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो’ प्रवक्ता पाण्डेयले भने, ‘प्रारम्भिक अनुसन्धान संगै थप प्रभावकारी हिसाबले अनुसन्धान गर्नका लागि सहजहोस भनेर निलम्बन गरेर अनुसन्धान थालिएको हो’ । निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह घरेलु तथा साना उद्योग कार्यालयबाट ५ महिना अघि मात्रै यातायात कार्यालयमा काज सरुवा भएका थिए । कार्यालय प्रमुख बाशुदेव रेग्मी काज सरुवा भएर पुतलीबजार नगरपालिका स्याङ्गजामा गएपछि सिंहले ३ महिनाअघि मात्रै निमित्त कार्यालयको प्रमुखको जिम्मेवारी पाएका थिए । उनी अहिले शाखा अधिकृत छन् । यस्तै निलम्बनमा परेका अन्य कर्मचारीहरुमा मेकानिकल ईन्जिनियर दीपक थापा, नासुहरु नरेन्द्रराज जोशी, तारादत्त भट्ट महादेव भट्ट र केशवदत्त बडु र खरिदार श्यामराज ओझा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ । कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको गिरोहलाई एकसाता अघि पक्राउ गरेपछि भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिने काममा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु नै संलग्न रहेको पाईएपछि अनुसन्धानका लागि विभागले उनीहरुलाई निलम्बन गरेको हो । यातायात व्यवस्था कार्यालय सेती अञ्चल कार्यालयमा समेत केही सवारी दर्ता भएपनि त्यहाँका कर्मचारीहरुलाई भने कुनै कारबाही गरिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE