Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

चीन–भारत बढ्दो तनावले नेपालमा के प्रभाव पर्छ ?

\"\"काठमाडौं । चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ । विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य शक्ति सीमाक्षेत्रतर्फ अघि बढाएको छ । चिनियाँ सेनाको एउटा ठूलो समूह दशौँ हजार टन हतियारसहित तिब्बततर्फ अघि बढेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ । एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा वर्षको सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो जसको भिडियो चिनियाँ टेलिभिजनबाट प्रसारण गरिएको थियो । चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र दोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– पछिल्ला दिनमा चीनबाट प्रकाशित हुने विभिन्न सञ्चारमाध्यमहरूले भारतलाई निरन्तर चेतावनी दिँदै आएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्ह्वाले पनि भारतीय सेना विवादित भूमिबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी दिँदै आएका छन् । चीन र भारतका सेना सीमावर्ती क्षेत्र दोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ । यसैबीच, भारतीय सेनाले पनि सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले सीमामा गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने अधिकारीहरूले बताएका छन् । १० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाले दोकलाममा सडक निर्माण गरेपछि दुई देशबीचको तनाव चुलिएको हो । सो भूमिमा भुटानको दाबी छ र भुटानलाई भारतले समर्थन गरिरहेको छ । चीनले आफ्नो भूमिमा सडक निर्माण गरेको भन्दै भारतलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । सडक निर्माणले सिक्किममा सुरक्षा खतरा बढेको भारतको दाबी छ । नेपालमा के प्रभाव पर्छ ? उत्तर वा दक्षिण थोरै नजिक हुनेबित्तिकै नेपाल असुरक्षित हुन्छ [caption id=\"attachment_143603\" align=\"alignleft\" width=\"319\"]\"\" हिरण्यलाल श्रेष्ठ, परराष्ट्र जानकार[/caption] चीन–भारतबीच सन् १९६२ को युद्धमा नेपालको भूमिका त्यतिखेर नेपालको तर्फबाट राजाले साँढेको जुधाइमा बाच्छाको मिचाइमा नेपाल पर्न चाहँदैन भन्दै दुवै छिमेकीले वार्ताबाट समस्या समाधान गर्न जोड दिऊन् भनेर अपिल गरेका थिए । नेपाल सरकारले तटस्थ नीति पनि अंगीकार गरेको थियो । सन् १९५० को सन्धिलाई मान्ने हो भने नेपालले त्यतिवेला भारतलाई साथ दिनुपर्ने थियो । तर, नेपाल सरकारले पूर्ण रूपमा असंलग्नताको नीतिलाई अंगीकार गर्यो । यसरी सन् १९५० को सन्धिमा रहेको सैनिक सहायतासम्बन्धी व्यवस्था त्यतिवेला नै अर्थहीन भएको हो । व्यवहार त त्यो बुँदालाई नेपाल सरकारले त्यहीवेला नै अस्वीकार गरेको हो । यस्तै, भारत र पाकिस्तानको मामिलामा पनि नेपाल तटस्थ बस्दै आएको छ । भुटान र चीन तथा भारत र चीनको विवादमा पनि नेपालले तटस्थ बस्नुपर्छ । र, वार्ताबाट शान्तिपूर्ण समाधानका लागि अपिल गर्नुपर्छ । अहिले तनाव थप बढेमा नेपालको सुरक्षाको चिन्ता नेपालसँग शान्तिपूर्ण समाधान गर्न अपिल गर्नुको विकल्प छैन । थप द्वन्द्व नै चर्किएको स्थितिमा पनि सरकार र आमनागरिकले कुनै देशको पक्षपोषण गर्नुहुँदैन । सरकारले आफ्ना नागरिकलाई पनि त्यस्तो अपिल गर्नुपर्छ । चीन अहिले विश्वको शक्तिशाली देश अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । भारत विश्वको पाँचौँ शक्तिशाली मुलुक हो । त्यसैले नेपालले कुनै एउटा शक्तिको पछि लागेर अर्को शक्तिशाली मुलुकसँग सम्बन्ध बिगार्न सक्दैन । हाम्रा लागि दुवै छिमेकी मुलुक समान हुन् भन्ने गरी सन्देश दिनुपर्छ । कसैको थोरै नजिक हुनेबित्तिकै नेपाल असुरक्षित हुन्छ । हाम्रा नागरिक भारतीय सेनामा पनि छन्, तनावकै बीच भारत सरकारले ती सैनिकलाई पनि लडाइँमा प्रयोग गरेमा चीनले नेपाललाई हेर्ने दृष्टिकोणमा के असर गर्छ ? चीनले नेपालका नागरिक गोरखा भर्तीमा रहेको कुरा राम्रोसँग बुझेको छ । नेपालका नागरिक भारतीय सेनामा रहनु नै चीनका लागि समस्या होइन भन्ने उसको बुझाइ छ । तर, युद्ध नै भएको स्थितिमा नेपाल सरकारले आफ्ना नागरिकलाई कुनै पनि छिमेकी मुलुकको हितविपरीत प्रयोग गर्न दिनुहुँदैन । नेपाल सरकारले भारतीय सेनामा कार्यरत भए पनि आफ्ना नागरिकलाई अर्को छिमेकी मुलुकको विरुद्ध प्रयोग नगर्न जोड दिनुपर्छ । सरकारले भारतको पक्ष र चीनको विरुद्ध, चीनको पक्ष, भारतको विरुद्ध गतिविधि हुन दिनै हुँदैन । त्यसकारण हाम्र्रा नागरिकलाई त्यो मोर्चामा जान दिनुहुँदैन । नेपालको परराष्ट्रनीतिलाई प्रतिकूल असर गर्ने गरी, छिमेकीसँगको सुमधुर सम्बन्धलाई प्रतिकूल असर पर्ने गरी आफ्ना नागरिकलाई प्रयोग नगर्न भारत सरकारसँग अपिल गर्न सक्नुपर्छ । नेपालको अहिलेको मौनता नेपाल मौन बस्ने होइन । संवादबाट समस्याको समाधानका लागि अपिल गर्नुपर्छ । हामीलाई घेरेका छिमेकी देशहरूबीच विवाद बढ्दा मौन बस्नु राम्रो हुँदैन । भोलि द्वन्द्व भएमा त्यसको मारमा हामी पर्छौँ । त्यसैले नेपाल सरकारले सम्भावित खतराप्रति चिन्ता व्यक्त गर्दै समाधानका लागि अपिल गर्नुपर्छ । यसअघि पनि नेपालले छिमेकीहरूको यस्तो विवादमा तटस्थ बस्ने गरेको थियो र वार्ताबाट समस्या समाधानको अपिल गर्ने गरेको थियो । अहिले पनि नेपालले भारत र चीनबीच वार्ताबाट समस्या समाधान गर्न अपिल गर्नुपर्छ । सँगै भुटान र चीन सीमा–विवाद पनि वार्ताबाटै समाधान गर्न जोड दिनुपर्छ । अहिले चीन र भारतबीच बाहिरबाट हेर्दा जे कारणले तनाव बढिरहेको देखिन्छ, खास कारण यही हो कि यसभन्दा फरक कारण छ ? दोक्लाम सीमा–विवाद मूलत चीन र भुटानबीचको समस्या हो । भारत बीचमा उभिनाले आफैँ पनि अप्ठ्यारोमा परेको छ । सीमा विवादका सम्बन्धमा चीन र भुटानबीच २२औँ चरणको वार्ता भइसकेको थियो । तेस्रोे देशको हस्तक्षेपविना वार्ता अगाडि बढ्न पाएको भए, दुवै देशले एक–अर्काको राजधानीमा दूतावास खोल्न सकेको भए तनाव यसरी अघि बढ्ने थिएन । नेपाल–चीन, लाओस–चीनबीच पनि सीमामा समस्या थियो, तर विनातनाव समाधान भयो । त्यसैगरी स्वतन्त्र रूपमा समस्या समाधान गर्न भारतले हस्तक्षेप नगरी वार्ताद्वारा समाधान खोज्न प्रोत्साहित गर्नुपथ्र्यो, अझै पनि गर्नुपर्छ । यो तनावको पृष्ठभूमिबारे तपाईंको अध्ययन के छ ? त्यो भुटान र चीनको विवादित भूमि हो । भारतले पनि त्यही नै भनेको छ । समस्या पनि ती दुई देशले आपसमा सुल्झाउनुपर्ने हो । भारत मुछिनुपर्ने विषय थिएन । भुटानले चीनमा दूतावास खोल्छु भन्दा भारतले भुटानमा इन्धन, खाद्यान्नलगायत आवश्यक वस्तु रोकिदियो, त्यही कारणले चीनमा नियोग खोल्नुपर्छ भन्ने पक्षले प्रधानमन्त्रीको चुनावमा हा¥यो । यस्तै, चीनले अरू साना १२ वटा देशसँग मैत्रीपूर्ण रूपमा सीमा–विवाद सुल्झाएको छ । तर, चीन र भारतबीच सीमा–विवाद सुल्झिएको छैन । त्यही कारण भारतले चीन र भुटानको सीमा–विवादसमेत सुल्झाउन दिइरहेको छैन । यी तनावको मुख्य कारण हो । दोक्लाममा तैनाथ सेना हटाउन चीनले भारतलाई चेतावनी दिइरहेको छ, भारतले पनि त्यस्तै प्रत्युत्तर दिइरहेको छ, यसले भारत–चीनबीचको सम्बन्धलाई कता लैजान्छ ? हाम्रा दुई छिमेकबीच द्वन्द्व बढेकोमा नेपालले चिन्ता व्यक्त गर्नुपर्छ । र, नेपालले कसैको पनि पक्ष नलिई सैनिक समाधान होइन, वार्ताबाट समाधान गर भनेर अपिल गर्नुपर्छ । जसरी सन् १९६२ मा नेपाल तटस्थ बसेर संवादका लागि दुवै छिमेकीलाई अपिल गरेको थियो । अहिले पनि त्यस्तै भूमिका देखाउन जरुरी छ । विवाद तत्काल साम्य नभएर तनाव बढ्दै जाँदा नेपालले भोग्नुपर्ने समस्या के हुन सक्छ ? तनाव बढ्दै जाँदा भारतले आफ्नो सेनामा रहेका नेपाली नागरिकलाई लडाइँमा परिचालन गर्न सक्छ । त्यसक्रममा नेपाली नागरिकको भौतिक क्षति हुन सक्ने खतरा छ । यस्तै, नेपाल र छिमेकीबीचको पारस्परिक सहयोगमा समेत गम्भीर समस्या ल्याउन सक्छ । यस्तै, आर्थिक संकटहरू सिर्जना हुन सक्छ । हाम्रो मुलुकको आयात र निर्यातमा समस्या आउन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE