Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

माओवादीमा फेरि ‘प्रचण्ड पथ’को चर्चा

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरूले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो । अाजको गोरखापत्रमा खबर छ– तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेको थियो । २०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र–मसाल)सँग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो । जारी सचिवालयको बैठकमा बुधबार नेता अग्नि सापकोटाले प्रचण्डपथलाई पुनःस्थापित गर्नुपर्ने धारणा राखेका थिए । लगत्तै सचिवालय सदस्य लीलामणि पोख्रेलले घुमाउरो भाषामा यसको विरोध गरेको एक सचिवालय सदस्यले बताए । नेता सापकोटाले देशको राजनीति अहिले पनि प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै प्रचण्डपथलाई पुनः स्थापित गर्दा पार्टी सङ्गठन सुदृढ हुनुका साथै सबै विषयलाई आफ्नो कमान्डमा ल्याउन सकिने बताएका थिए । ‘हिजो प्रचण्डपथ हटाउनु हुँदैन थियो । यो छाड्नाले गल्ती भयो,’ बैठकमा सापकोटाले राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘यो विज्ञान हो । अहिले पनि देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ । त्यसैले प्रचण्डपथलाई पुनः स्थापित गर्नुपर्छ । ’ सापकोटाले श्रीमती सीता दाहालको उपचारको लागि प्रचण्ड बैङ्कक जाँदा नेपाल नै त्यता गएजस्तो देखिएको उदारहण दिँदै प्रचण्डपथ पुनःस्थापित भए पार्टीले गति लिने बताएका थिए । उनले यसैको आलोकमा चुनावी परिणाम आफ्नो पक्षमा पार्दै सङ्गठन मजबुत पार्न सकिने बताए । सापकोटाको धारणाप्रति घुमाउरो भाषामा विरोध जनाउँदै पोख्रेलले प्रचण्डबिना पात पनि हल्लिँदैन भन्नेगरी परिभाषित गर्न नहुने बताए । पार्टी रूपान्तरण र कार्ययोजनाको सही कार्यन्वयन मुख्य विषय भएको भन्दै उनले प्रचण्डपथ जुन दिनदेखि छाडियो त्यही दिनदेखि हार्न थालियो भन्ने विश्लेषण ठीक नभएको बताए । पोख्रेलले पार्टी एकीकरणलाई भाग खान आएको भनेर परिभाषित गरिएको भन्ने आरोप लगाउँदै यस्तो प्रवृत्तिले सङ्गठन बलियो नबनाउने बताएका थिए । ‘हामीले क्रान्तिका लागि पार्टी एकता गरेका थियौँ । शान्ति प्रक्रियामा पनि क्रान्तिकै लागि आइएको थियो,’ पोख्रेलले बैठकमा भने, ‘प्रचण्डपथको कुरा हिजो पनि आयो आज पनि छ । तर, त्यस विषयलाई चर्को रूपमा उठाउने अहिले पार्टी फुटाएर प्रचण्डलाई सबैभन्दा ठूलो शत्रु घोषणा गरिरहेका छन् । यस्तो प्रवृत्ति राम्रो होइन । ’ बैठकमा अर्का नेता हितराज पाण्डेले विचार संश्लेषण नै पार्टी निर्माणको मुख्य आधार भएको स्पष्ट गर्दै यसैका आधारमा नयाँ ढङ्गबाट पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । सचिवालय सदस्य डीआर पौडेलका अनुसार पाण्डेले चुनावमा जित्छु वा सङ्गठन निर्माण गर्छु भन्ने कुरा बोलेर मात्र नहुने, त्यसका लागि पहिले विचार संश्लेषण सही हुनुपर्ने बताए । सचिवालय सदस्य सुरेशकुमार राईका अनुसार बैठकमा तिलक परियार, हकिकुल्ला खाँ, सुदन किराती, रेखा शर्मा, खिलप्रसाद बुढाथोकी, बाबुराम गौतम, श्रवणकुमार यादवलगायत १९ जनाले धारणा राखेका थिए । नेताहरूले पार्टीको समिति ठूला र कामकाजी नभएको विषय दोहो¥याउँदै यसलाई सानो र चुस्त बनाउनुपर्ने बताएका थिए । पार्टीभित्र दोस्रो तहका नेताले प्रचण्डलाई घेराबन्दीमा राख्ने गरेको गुनासो गर्दै पार्टीका केही नेताले अध्यक्षसम्म सही कुरा पुग्न नदिने प्रवृत्ति हट्नुपर्ने धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE