Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

राप्रपाका अधिकांश सदस्यद्वारा अध्यक्ष थापाको आलोचना

\"\"काठमाडौं । एकता महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले अध्यक्ष कमल थापाले आलोचनागरेका छन् । नयाँ वानेश्वरस्थित एक पार्टी प्यालेसमा बुधबारबाट सुरु भएको बैठकमा सदस्यहरूले पार्टीमा एकता कायम राख्न नसकेको, अपरिपक्व निर्णयका कारण निर्वाचनमा पराजित हुनुपरेको, विधानविपरीत केन्द्रीय सदस्य मनोनित गरेको जस्ता विषय उठाउँदै अध्यक्षको आलोचना गरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– वरिष्ठ नेता पशुपतिशमशेर राणालाई बैठकमा सहभागी हुने वातावरण नबनाएको भन्दै सदस्य जगत गौचनले पार्टीमा सबै अटाउने वातावरण बनाउन अध्यक्षको ध्यानाकर्षण गराए । ‘राणा बैठकमा अनुपस्थित हुँदा नकारात्मक सन्देश प्रवाह भएको छ,’ उनले भने, ‘पार्टीमा सबै अट्ने वातावरण बनाउनुपर्छ ।’ सदस्य बिन्दु पहाडीले पनि राणालाई पनि बैठकमा सहभागी हुने वातावरण बनाउन आग्रह गरिन् । सदस्यहरू तोरण गुरुङ, नरेन्द्रबहादुर चन्द, साहिर अली, मीना सुवेदी, बिन्दा गिरीलगायतले पार्टी बचाउन सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । सदस्य लालकुमार लामाले भित्र जे जस्तो भए पनि बाहिरको माहोल अर्कै रहेको भन्दै विभाजनको संकेत गरे । बैठकमा धारणा राख्ने २० जना सदस्यमध्ये अधिकांशले अध्यक्ष थापाको आलोचना गर्नमै समय खर्चिएका थिए । बैठकमा राणाको खोजी पदाधिकारी र कार्यसम्पादन समिति बैठकमा जस्तै केन्द्रीय कार्यसमिति बैठकमा पनि वरिष्ठ नेता राणा अनुपस्थित रहे । राणालाई अध्यक्ष थापाले बैठकस्थलबाट टेलिफोन गरी बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । तर, राणाले आफू अस्वस्थ रहेकाले उपस्थित हुन नसक्ने बताएको थापाले बैठकमा सदस्यहरूलाई जानकारी गराएका थिए । बैठकले राणाको स्वास्थ्य लाभको कामना गरेको छ । तर, राणा स्वस्थ रहेको विजयनिवास स्रोतले जानकारी दिएको छ । मंगलबारको कार्यसम्पादन समिति बैठकमा अनुपस्थित रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता लोकेन्द्रबहादुर चन्द बैठक सुरु भएलगत्तै बाहिरिएका थिए । अस्वस्थ रहेकाले बैठक सुरु भएलगत्तै चन्द बाहिरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । नेतृत्वको कमजोरीले पार्टी पराजित बैठकमा अधिकांश सदस्यले नेतृत्वबाट विभिन्न समयमा भएका कमीकमजोरीबाट पार्टी पराजित भएको धारणा राखेका छन् । फरक मतको सम्मान गर्दै एजेन्डा स्पष्ट पारेर अघि बढ्नुपर्ने धारणा राखेको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टी होमिनुपर्ने, आन्तरिक एकता थप मजबुद बनाएर जानुपर्ने, जनवर्गीय संगठनहरू चुस्त बनाउनुपर्ने जस्ता विषयमा सदस्यहरूले जोड दिएका छन् । सरकारमा पार्टीको अपरिपक्क भूमिकाले चुनावमा हार बेहोर्नु परेको पनि सदस्यहरूको भनाइ छ । निर्वाचन आयोगले विधानमा अंकुश लगाउन खोज्दा सरकारबाट पार्टी नबाहिरिने तर प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारूढ दलका सांसदहरूले महाभियोग प्रस्ताव दर्ता गर्दा बाहिरिनु अपरिपक्व निर्णय भएको सदस्यहरूको भनाइ छ । सदस्यहरूले अध्यक्षले ४२ केन्द्रीय सदस्य मनोनयन पनि विधान अनुसार नगरेको आरोप लगाएका छन् । बैठकमा चार प्रतिवेदन पेस बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रस्ताव तथा पार्टीको भावी कार्यदिशा, कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन, महामन्त्री जयन्त चन्दले भावी कार्ययोजना तथा सचिवालयसम्बन्धी प्रतिवेदन र अर्का महामन्त्री धु्रवबहादुर प्रधानले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष थापाले बैठकमा राजनीतिक तथा पार्टीको भावी कार्यदिशासम्बन्धी प्रतिवेदन पेस गर्दै सत्तारूढ दलले प्रस्ताव गरेअनुसारको सीमांकनको विपक्षमा रहे पनि आफू संविधान संशोधनको पक्षमा रहेको बताए । मधेसी दलहरूलाई समेट्न संविधान संशोधन जरुरी भएको भन्दै थापाले संशोधनका लागि पार्टी लचक र सकारात्मक हुनुपर्ने बताए । थापाले प्रतिवेदनमा पहाड र मधेस अलग हुने गरी प्रदेशको सिमाना हेरफेर स्वीकार्य नभएको उल्लेख गरेका छन् । ‘मधेसका उदार राजनीतिक शक्तिहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समेटेर अतिवादी तत्वलाई अलग्याउनु राष्ट्रिय हित र स्वार्थका दृष्टिकोणबाट आवश्यक छ भन्ने राप्रपाको धारणा हो,’ प्रतिवेदनमा भनिएको छ, ‘यसैकारण राप्रपाले संविधान संशोधनप्रति लचकपूर्ण र सकारात्मक सोच राखेको हो । यद्यपि, मधेस र पहाड अलग गरी प्रदेशको सिमांकन निर्धारण गर्ने प्रयोजनका निमित्त अगाडि बढाइएको अघिल्लो संशोधन प्रस्तावको पार्टीले विरोध ग¥यो । हिमाल, पहाड र मधेस जोडिएको प्रादेशिक संरचना देशको हितमा हुन्छ भन्ने राप्रपाको स्पष्ट धारणा छ ।’ राष्ट्रियताको संरक्षण र संवर्धन, सिद्धान्तप्रतिको अविचलित प्रतिबद्धता, संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य, हरेक वडामा राप्रपा हरेक क्षेत्रमा राप्रपा, निर्वाचन केन्द्रित कार्ययोजना र हिन्दूराष्ट्रको स्थापना अबको प्रमुख कार्यभार रहेको उनले उल्लेख गरेका छन् । प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको सशक्त विचार तथा प्रतिबद्ध कार्यकर्ताको शक्ति र ऊर्जाका आधारमा राप्रपालाई एक दिन देशकै सबैभन्दा ठूलो राजनीतिक दल बनाउने छौँ तथा बनाउन सक्छौँ भन्ने अठोट पार्टी नेतृत्वले राख्नुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE