Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

१५ गाउँपालिका अझै टेलिफोनविहीन

\"\"काठमाडौं । राजधानी काठमाडौं र पोखरामा चौथो पुस्ताको टेलिफोन सेवा (फोरजी) सञ्चालनमा आइसकेको छ, तर देशका १५ स्थानीय तह भने अझै टेलिफोन सेवाबाट समेत वञ्चित छन् । अाजको नयाँ पत्रिकामा खबर छ– दूरसञ्चार प्राधिकरणका अनुसार बाजुराका पाँच, हुम्लाका तीन, दार्चुला, कालिकोट र जुम्लाका दुई–दुई तथा बझाङको एक गाउँपालिकामा अझै टेलिफोनको नेटवर्क पुगेको छैन । २४ गाउँपालिकामा पनि टेलिफोन सेवा आंशिक मात्रै पुगेको छ । सेवाप्रदायकले ग्राहक आधार उच्च भएका सहर–बजारमा नेटवर्क विस्तारलाई प्राथमिकतामा राख्दा विकट तथा ग्रामीण क्षेत्र उपेक्षामा परेका हुन् । नेपाल टेलिकम र एनसेलको थ्रिजी सेवा सबैजसो जिल्लामा पुगिसकेको छ । तर, विकट क्षेत्रमा भने टुजीको नेटवर्कसमेत छैन । प्रदेश नम्बर ६ र ७ का गाउँपालिकामा टेलिफोन सेवा न्यून प्राधिकरणका अनुसार टेलिफोन नेटवर्क नपुगेका सबै स्थानीय तह प्रदेश नम्बर ६ र ७ अन्तर्गतका हुन् । ७ नम्बर प्रदेशका आठ तहमा टेलिफोनको नेटवर्क पुगेको छैन भने ९ तहमा आंशिक सेवा मात्रै छ । त्यस्तै, प्रदेश नम्बर ६ का सात तहमा नेटवर्क छैन भने आठ तहमा आंशिक सेवा मात्रै पुगेको छ । प्रदेश नम्बर ५ का तीन, प्रदेश नम्बर ३ र ४ का एक–एक स्थानीय तहमा समेत टेलिफोनको नेटवर्क आंशिक मात्रै पुगेको छ । प्रदेश नम्बर १ र २ का सबै तहमा टेलिफोन प्रदेश नम्बर १ र २ का सबै स्थानीय तहमा टेलिफोन सेवा उपलब्ध रहेको प्राधिकरणले जनाएको छ । प्रदेश नम्बर १ मा १ सय ३७ र प्रदेश नम्बर २ मा १ सय २७ स्थानीय तह छन् । टेलिकम ११५ स्थानीय तहमा पुग्न बाँकी दूरसञ्चार प्राधिकरणका अनुसार १ सय १५ स्थानीय तह अझै नेपाल टेलिकमको सेवाबाट वञ्चित छन् । टेलिकमले ७ सय ४४ स्थानीय तहमध्ये ६ सय २९ तहमा आफ्नो नेटवर्क विस्तार गरेर सेवा दिँदै आएको छ । ग्रामीण तथा विकट क्षेत्रमा पनि नेटवर्क विस्तारलाई प्राथमिकतामा राखेको टेलिकमले जनाएको छ । ८३ तहमा छैन एनसेलको सेवा निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवाप्रादयक कम्पनी एनसेलको नेटवर्क पनि अझै ८३ स्थानीय तहमा पुग्न बाँकी छ । खासगरी विकट हिमाली जिल्लामा एनसेलले नेटवर्क विस्तार गरेको छैन । प्राधिकरणका अनुसार एनसेलले अहिलेसम्म ६ सय ६१ स्थानीय तहमा सेवा दिँदै आएको छ । माघभित्रै सबै तहमा नेटवर्क पुग्छ आनन्दराज खनाल वरिष्ठ निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार प्राधिकरणले खासगरी दुर्गम र विकट क्षेत्रमा समेत आफ्नो नेटवर्क पु¥याउन सेवाप्रदायकलाई निर्देशन दिइसकेको छ । कतिपय स्थानीय तहमा अहिले पनि नेटवर्क विस्तारका काम भइरहेका छन् । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर पनि नेटवर्क विस्तार गर्ने योजना अघि बढाइरहेको छ । आगामी माघअघि नै सबै स्थानीय तहमा टेलिफोन सेवाको नेटवर्क पुगिसक्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE