Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

एक खर्बका चेक 'लेनदेन' कुर्दै

\"\"काठमाडौं । सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्ष असार मसान्तसम्ममा कुल ८ खर्ब २३ अर्ब रुपैयाँ बराबरको चेक काटिएको छ । तर, राष्ट्र बैंकको तथ्यांकले ७ खर्ब २१ अर्ब रुपैयाँको मात्रै भुक्तानी भएको छ । अाजको कान्तिपुरमा खबर छ– यो तथ्यांकका आधारमा १ खर्ब २ अर्ब बराबरको चेक सम्बन्धित कार्यालयमै रहेको देखिन्छ । यस्तो चेक ठेकेदार वा अन्य सेवा प्रदायकलाई भुक्तानी गरिहाल्नुपर्ने भए पनि चलखेलका लागि सरकारी कार्यालयले आफैंसँग राखेका हुन् । ‘यसमध्ये अधिकांश रकम सम्बन्धित कार्यालय प्रमुख, लेखापाल वा इन्जिनियरले अतिरिक्त लाभ लिएर मात्रै ठेकेदार वा सेवा प्रदायकलाई दिन्छन्,’ पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, ‘यसमा अधिकांश रकम ठेकेदारलाई भुक्तानी दिन बाँकी हुन्छ र चेक सम्बन्धित कार्यालयको घर्रामा हुन्छ । सम्बन्धित कार्यालय प्रमुख, लेखापाल, इन्जिनियरलाई अतिरिक्त लाभ दिएपछि मात्रै भुक्तानी हुनेछ ।’ यो भ्रष्टाचारको अर्को रूप रहेको उनले बताए । सरकारी काम गरेपछि सम्बन्धित कार्यालयले विवरणहरूसहित चेक काट्नका लागि जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाउँछ । उक्त विवरणको आधारमा कोलेनिकाले चेक काटी सम्बन्धित कार्यालयमा पठाउँछ । तर, लेनदेनका लागि सम्बन्धित कार्यालयले कोलेनिकाबाट चेक काटे पनि आफ्नै घर्रामा राखेका हुन्छन् । चेक थन्काएर अतिरिक्त रकम माग गर्ने भयावह अवस्था बढेकाले २०५७ देखि सरकारी चेक एक महिनाभित्र साटिसक्नुपर्ने व्यवस्था गरिएको पूर्व अर्थ सचिव खनालले बताए । ‘म महालेखामा जानुअघि हाकिम, इन्जिनियर वा लेखापालजस्ता कर्मचारीलाई अतिरिक्त रकमसँगै दसैंमा खसी र रक्सीसमेत बुझाउनुपर्ने बाध्यता देखें,’ खनालले भने, ‘त्यही भएर सरकारी चेक काटिएको एक महिनाभित्र साट्नुपर्ने व्यवस्था गरिएको हो ।’ यसैगरी सोही बेलादेखि असार २५ गतेपछि चेक काट्न नपाइने व्यवस्था पनि गरिएको उनले बताए । त्यसपछि चेक काट्नुपर्ने भए कोलेनिकाको अनुमति चाहिने (प्रिअडिट) व्यवस्था छ । ‘तर, अहिले आएर कोलेनिका र सम्बन्धित कार्यालयका लेखापाल मिलेर असार मसान्तसम्मै चेक काटिरहेका छन्,’ खनालले भने, ‘सबैको मिलेमतोमा चरम भ्रष्टाचार भइरहेको छ ।’ अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवल भण्डारीले पुँजीगत र चालु दुवै शीर्षकको रकम चेक काटिएर पनि भुक्तानी हुन बाँकी रहेको हुन सक्ने बताए । ‘पुँजीगतसँगै गोष्ठी, सेमिनारको खर्च, धारा पानी बिजुलीको खर्च पनि भुक्तानी हुन बाँकी रहेको हुन सक्छ,’ उनले भने, ‘केही चेक अन्य बैंकमा जम्मा गर्नुपर्ने भएकाले पनि क्लियरिङमा पनि समय लागेको हुन सक्छ ।’ उनले भुक्तानी प्रणालीलाई पारदर्शी र छिटोछरितो बनाउन सीधै ठेकेदार वा सेवा प्रदायकको खातामा भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताए । ‘म महालेखामा रहँदा नै सिंहदरबारभित्रको भुक्तानी सीधै सेवा प्रदायकको खातामा जाने व्यवस्था गरिएको छ,’ भण्डारीले भने, ‘अब सबैतिर सीधै भुक्तानीको व्यवस्था अनिवार्य गर्नुपर्ने देखिन्छ ।’ चेक काटेर भुक्तानी नभएको सँगै आम्दानीभन्दा थोरै खर्च भएकाले सरकारी खातामा ठूलो रकम बचतमा छ । आर्थिक वर्ष सकिँदा सरकारी खातामा १ खर्ब ९९ अर्ब रुपैयाँ बचत छ । राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाका अनुसार चेक काटिएको र भुक्तानी लिइएको रकम फरक भएकाले बचत रकम घट्न सक्नेछ । ‘साउन मसान्तसम्म चेक साट्ने समय हुने भएकाले त्यतिबेलासम्म खुद बचत १ खर्ब २० अर्ब बराबर हुन सक्छ,’ थापाले भने । उनका अनुसार चेक काटिसकिएको र नसाटिएको १ खर्ब २ अर्ब रकम घटाउँदा राजस्व र खर्च घटाउँदा ९७ अर्ब बचत हुनेछ । ‘वैदेशिक अनुदान र राजस्वको सबै तथ्यांक आइसक्दा करिब १ खर्ब २० अर्ब बराबरको रकम खुद बचत हुने देखिन्छ,’ थापाले भने । सरकारको खर्च गर्ने क्षमता घटदै गएकाले पछिल्ला चार वर्षयता सरकार सधैं बचतमा रहने गरेको छ । विशेषगरी पुँजीगत खर्च नहुने तर राजस्व भने लक्ष्यभन्दा बढी उठ्ने गरेकाले बचत हुन थालेको हो । गत वर्ष विकास लक्षित पुँजीगत खर्च विनियोजित रकमको ६५ प्रतिशत मात्रै भएको छ । ३ खर्ब ११ अर्ब पुँजीगत बजेट विनियोजन भएकामा २ खर्ब ४ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE