Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

माअोवादी नेताहरूलार्इ नै थाहा छैन कति छन् अायोजक समिति सदस्य

\"\"काठमाडौं । माअोवादी केन्द्रको सबैभन्दा उच्च मानिने हेडक्वाटर सदस्यलार्इ पार्टीको महाधिवेशन अायोजक समिति कति हो भनेर सोध्यो भने ठ्याक्कै संख्या पाउन मुस्किल पर्छ । माअोवादी नेता एकछिन अनकनाउँछन् अनि भन्छन्, \'एकतापछि संख्या बढेको बढ्यै छ, एकीन संख्या थाहा भएन ।\' असन्तुष्ट पक्षलार्इ मनाउने नाममा सदस्य पटक–पटक थप्दा समिति भद्रगोल बनेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– यसरी बन्यो जम्बो समिति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाट रामबहादुर थापा बादल समूहसहित १० माओवादी घटक एकता हुँदा ६ सय ९९ केन्द्रीय महाधिवेशन आयोजक समिति बनाउने सहमति भएको थियो । तर, असन्तुष्टको संख्या बढ्दै गएपछि समितिमा ३ हजार ९ सय ९९ जना सदस्य पुगे । पछिल्लो समय मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित अरू पार्टीबाट नेता कार्यकर्ता आउन थालेपछि यो संख्या बढेको छ । तर, कति सदस्य छन् भन्नेबारे नेताहरू नै अनविज्ञ छन् । ‘अरू पार्टीबाट प्रवेश गर्ने नेतालाई महाविधेशन आयोजक सदस्य बनाउँदै लगेपछि एकीन संख्या हुन नसकेको हो । संख्या एकीन गर्न गुटउपगुटको नेतालाई सोध्नुपर्ने अवस्था छ,’ एक नेताले भने । सदस्यहरू थपिँदै गएपछि संख्या एकीन नभएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘पहिला ३ हजार ९ सय ९९ जना महाधिवेशन आयोजक समिति सदस्य थिए’ उनले भनिन्, ‘पछि माओवादी केन्द्रमा आउनेको संख्या बढी रहेकाले एकीन गर्न सकिएन ।’ एकतामा आउँदा पुरानो पार्टीकै हैसियत दिएकाले संख्या बढेको पोलिटब्युरो सदस्य हरि दाहाल बताउँछन् । पार्टीको संगठन तथा पद्धतिलाई पछ्याउन नसक्दा आयोजक समिति भद्रगोल भएको उनको ठम्याइ छ । समिति बन्यो माजकको विषय आयोजक समिति पार्टीभित्र र बाहिर माजकको विषय बन्ने गरेको छ । अरू पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने अधिकांश नेतालाई समितिमा राख्न थालेपछि समस्या देखिएको नेताहरू बताउँछन् । सचिवालय बैठकमा पनि समितिलाई नेताहरूले हाँसो ठट्टाको विषय बनाउँदै तत्काल विघटन गर्न माग गरेका थिए । तर, तत्काल विघटन गर्दा लथालिङ हुने भएकाले केही समय कुर्नुपर्ने नेता मणि थापा बताउँछन् । ‘यो समिति विघटन भए पनि महाधिवेशनभन्दा केही समयअघि हुनसक्छ ।’ तर, तत्काल महाधिवेशन आयोजक समिति विघटन हुन सक्ने देख्दिनँ ।’ कुन प्रदेशबाट कति सदस्य ? ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय आयोजक समिति र ३ सय ९९ सदस्यीय पोलिटब्युरो बनाउने गरी संगठन विभागले संख्या निर्धारण गरेको थियो । हाल कायम रहेको २ सय ९९ पोलिटब्युरोमा एक सय थप गर्ने तयारी भए पनि माओवादीभित्र आकांक्षी बढेकाले समस्या भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय कार्यालय तथा प्रदेशका नेताहरूको अनौपचारिक छलफलबाट थप्ने संख्या टुंगो लागेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE