Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरिया ठगी प्रकरणको मुद्दा छानबिन गर्न अख्यिारलाई निर्देशन

काठमाडौँ, आकर्षक रोजगारीका लागि जनही रु आठ लाख बुझाएर ठगिएका ३७ जनाको मुद्दामाथि छानबिन गर्न व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवाधिकार समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

दक्षिण कोरियास्थित पानीजहाज कम्पनीमा काम लगाइदिने भनी नयाँ बानेश्वरस्थित युनाइटेड परामर्शदाताले जनही रु आठ लाख रकम कुम्ल्याएर फरार भएपछि बिचल्ली परेका ३७ जनाले दिएको लिखित उजुरीमाथि छलफल गरी समितिले सो निर्देशन दिएको हो ।

ठगिएका ३७ जना युवाले परामर्शदाताको सो ठगी प्रकरणमा श्रम ग्राम कार्यालयका कर्मचारीको समेत मिलेमतो भएको लिखित उजुरी दिएपछि समितिमा भएको छलफलमा सभासद्हरुले उक्त मुद्दालाई भ्रष्टाचार भन्दै अख्तियारमार्फत छानबिन गर्नुपर्ने माग गरेका थिए ।

युनाइटेड परामर्शदाताका सञ्चालकहरु शारदाकुमार मगर, प्रकाश तिवारी, अप्सरा श्रेष्ठ र दानबहादुर पुनलाई ३७ जना युवाले विभिन्न मितिमा आकर्षक रोजगारीको लोभमा जनही रु आठ लाखका दरले जम्मा रु दुई करोड ९६ लाख बुझाएका थिए ।

तर कोरिया जाने दिन सम्बन्धित विमान कम्पनीले टिकट रद्द भएको भनी उडान अनुमति नदिएर फर्काएपछि मात्र उनीहरुले आफू ठगिएको जानकारी पाएका थिए ।

ती युवाले वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिइसकेपछि आउने नेपाल टेलिकमको ४००१ नम्बरबाट आधिकारिक सन्देश आएपछिमात्र आफूहरुले पैसा बुझाएको बताएपछि समितिमा सभासद्हरुले विभागको सो नम्बरको आधिकारिकतामाथि नै प्रश्न उठाएका छन् ।

समितिको बैठकमा सभापति सुशीलकुमार श्रेष्ठले पीडित ३७ जना युवालाई तत्काल श्रम तथा रोजगार मन्त्रालयलाई क्षतिपूर्ति दिलाउन र सो मुद्दा भ्रष्टाचारसँग सम्बन्धित भएकाले अख्तियारलाई छानबिन गर्न निर्देशन दिए ।

सभापति श्रेष्ठले मन्त्रालयको वैदेशिक रोजगारीसम्बन्धी प्रणाली असफल देखिएकाले त्यसलाई पुर्नविचार गर्न र ग्रामीणस्तरसम्म वैदेशिक रोजगारीका सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नसमेत मन्त्रालयलाई निर्देशन दिए ।

मन्त्रालयले कोरिया ठगी प्रकरण सार्वजनिक भएपछि गत फागुन १८ गते शाखा अधिकृत देवेन्द्रबहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरी त्यसको प्रतिवेदनअनुसार श्रम ग्राम काठमाडौँ कार्यालयका आठ जना कर्मचारीलाई निलम्बन गरेको थियो । पछि संलग्नता नदेखिएपछि दुई जनाको निलम्बन भने फुकुवा गरिएको थियो ।

सो ठगी प्रकरणमा कार्यालयका शाखा अधिकृत सिद्धराज चटौत, नासुहरु कमल मरासिनी, पदमबहादुर शाही, मित्र लुइँटेल, कविराज उपाध्याय र कम्प्युटर अपरेटर अमर महरालाई निलम्बन गरी मन्त्रालयले छानबिन गरिरहेको छ ।

बैठकमा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारीमा पठाउने अधिकार सरकारले मेनपावर कम्पनीलाई मात्र दिएको भए पनि ३७ जना पढेलेखेका युवाले कोरिया जान परामर्शदातालाई जनही रु आठ लाख बुझाउनु दुःखद पक्ष भएको बताए ।

राज्यमन्त्री गुरुङले सरकारले इपिएस प्रणालीबाट मात्र कोरिया जान स्वीकृति दिएको र त्यसमा पनि रु आठ लाख नतोकेको जानकारी गराउँदै भन्नुभयो, \'श्रम स्वीकृति हेर्दा कर्मचारीको पनि संलग्नता देखिएकाले यसलाई गम्भीर रुपमा लिएर छानबिन गरिरहेका छौँ ।\'

अन्तर्राष्ट्रिय निमयअनुसार कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि शुल्क तिर्नुपर्ने व्यवस्था नभए पनि नेपालमा अस्वस्थ्य प्रतिस्पर्धाका कारण मेनपावर कम्पनीले पैसा लिइरहेको बताउँदै राज्यमन्त्री गुरुङले छिट्टै त्यसलाई नियन्त्रण गर्ने नीति लागू हुने बताए ।

कोरिया जान ती युवाका नाममा स्वास्थ्य जाँच र अभिमुखीकरण तालिमको प्रमाणपत्र, बिमालेख, कल्याणकारी कोषबापत रु एक हजार बैँक दाखिलाको भौचरलगायत कागजातका आधारमा विभिन्न मितिमा श्रम कार्यालयबाट व्यक्तिगत श्रम स्वीकृति लिएको देखिन्छ ।

मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले सो घटनाको सत्यतथ्य छानबिन भइरहेको अवगत गराउँदै दोषीलाई कानुनअनुसार कारबाही गरिने बताउनुभयो । सचिव शिवाकोटीले हाल उक्त मुद्दा वैदेशिक रोजगारी न्यायाधीकरणमा चलिरहेको जानकारी गराउँदै भन्नुभयो – \'सचेत हुँदाहुँदै पनि कतिपय अवस्थामा धेरै पैसा कमाउने लोभमा युवा ठगिने गरेका छन् ।\'

सचिव शिवाकोटीका अनुसार मन्त्रालयले युनाइटेड परामर्शदाता र तालिम केन्द्रका सञ्चालक अप्सरा श्रेष्ठलगायत नौ जना विरुद्ध रु तीन करोड ९९ लाख ६६ हजारको बिगो कायम गरी गत चैत १८ गते न्यायाधीकरणमा अभियोगपत्र दायर गरिसकेको छ ।

श्रम ग्राम कार्यालयले कोरियामा रोजगारीका लागि भन्दै २०७० साल पुसदेखि एक वर्षको अवधिमा ती श्रम स्वीकृति दिएको थियो । त्यसपछि थप ११ जनाले पनि सोही प्रकृतिको श्रम स्वीकृति लिइसकेको मन्त्रालयले जनाएको छ ।

कन्सन्टेन्सीमार्फत वैदेशिक रोजगारीमा जान खोज्नु आफूहरुको कमजोरी रहेको बताउँदै सो प्रकरणमा ठगिएका मध्ये एक दीपेन्द्र सापकोटाले श्रम विभागको श्रम स्वीकृतिपछि मात्र आफूहरुले परामर्शदातालाई पैसा बुझाएको जानकारी दिए ।

वैदेशिक रोजगारीका लागि घर जग्गा धितो राखेर पैसा बुझाएका ती युवाले श्रम कार्यालयको मिलेमतोमा परामर्शदाताले झुठा कागज बनाएर आफूहरुलाई ठगेको आरोप लगाएका छन् ।

सो परामर्शदाताका सञ्चालक अप्सरा श्रेष्ठ, सो काममा सघाउने कृष्णप्रसाद पराजुली, प्रेमा शर्मा र रेश्मा तामाङलाई विभागको अनुरोधमा नयाँ बानेश्वर महानगरीय प्रहरी प्रभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अन्यको खोजी हुनुका साथै उनीहरुको चलअचल सम्पत्ति रोक्का राखिएको मन्त्रालयले बताएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies