Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

२ दिनमै झण्डै २ करोडको व्यापार गर्यो ‘म यस्तो गीत गाउँछु’ ले

\"\"काठमाडाैं । गएको शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले रिलिजको पहिलो दिनदेखि नै सुखद व्यापार गरिरहेको छ । शुक्रवारको तुलनामा शनिवार फिल्म हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको थियो भने आइतवार पनि दर्शकको भिड कम नभएको वितरकले बताएका छन् । ‘म यस्तो गीत गाउँछु’बाट फिल्म वितरणमा समेत हात हालेकी नायिका रेखा थापाले शुक्रवार र शनिवार गरि फिल्मले राजधानीबाट १ करोड २० लाख ग्रस कलेक्शन गरेको जानकारी दिइन् । रेखाले भनिन् शुक्रवार र शनिवार ‘म यस्तो गीत गाउँछु’ राजधानीका मल्टिप्लेक्स र सिंगल हल सबैतिर हाउसफूल थिए । काठमाडौं बाहिर फिल्म वितरणको जिम्मा लिएका मनोज राठीका अनुसार ‘म यस्तो गीत गाउँछु’को दुई दिने कलेक्शन ६० लाख ग्रस रहेको जानकारी दिएका छन् । उनले भने, शुक्रवारदेखि आइतवार दिउँसोसम्म मोफसलका प्रत्येक सिनेमा हलहरु हाउसफूल छन् । मोफसल र राजधानी गरि ‘म यस्तो गीत गाउँछु’ले दुई दिनमा १ करोड ८० लाख ग्रस विजनेश गरेको फिल्म वितरकको व्यापारिक रिपोर्ट ले बताएको छ । फिल्मका मुख्य कलाकारहरु पल शाह, पूजा शर्मा, राजाराम पौडेल, निर्देशक एवं निर्माता सुदर्शन थापा लगायत शुक्रवारदेखि राजधानीका हल हलमा गएर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । वर्ष २०७२ मा रिलिज भएको फिल्म प्रेमगीतमा समावेश शिर्ष गीत सापटी लिएर फिल्म निर्माण भएको निर्माण पक्ष्ले जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies