Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

घटना हुनुअगावै अपहरणका योजनाकार समूह पक्राउ

चितवन, हत्या र अपहरणको योजना बनाएको एक समूहलाई घटना हुनुअगावै पक्राउ गर्न प्रहरी सफल भएको छ ।

वैदेशिक रोजगारका क्रममा ठगिएपछि त्यसको रिसमा हत्या गर्ने योजना बनाएर चितवन आएको समूहलाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको उवा गाउँ विकास समिति वडा नं ४ बस्ने वर्ष २६ को प्रेम रोक्कामगर, दाङको तुल्सीपुर नगरपालिका वडा नं ४ बस्ने ३० वर्षीय विशाल घर्तीमगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ४ बस्ने १९ वर्षीय प्रेम तामाङ, मोरङको हसन्दपुर गाविस वडा नं ४ बस्ने २१ वर्षीय मयंक शाह र नवलपरासीको कोटथर गाविस वडा नंर ३ बस्ने २२ वर्षीय मीनबहादुर राना रहेका छन् ।

प्रहरीले निजहरुको साथबाट कटुवा पेस्तोल एक थान, ३०३ गोली राउन्ड एक थान, मुन्द्रा भएको डमी राउन्ड एक थान, फलामे चपर एक थान र ना१ज ३०७० नम्बरको ट्याक्सी नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पक्राउ परेकामध्ये रोक्का मगर र घर्तीमगरलाई वैदेशिक रोजगारमा दक्षिण अफ्रिका पठाएको र कानुन विपरीत भएकाले निजहरु त्यहाँ पक्राउ परी नेपाल फर्किएपछि पठाउने व्यक्तिलाई माने कागज गराउने नमाने गोली हानी हत्या गर्ने योजनाका साथ चितवनमा रहेको अवस्थामा सुराकीका आधारमा पक्राउ गरेको बताए ।

निजहरुले सो योजना सफल नभएमा नारायणगढका एक जना व्यापारीलाई अपहरण गरी फिरौती असुल गर्ने र असुल नभएमा निजको समेत हत्या गर्ने योजना साथ ती व्यापारीसँग भेटघाट गरी कुराकानीसमेत गरेको प्रहरीले जनाएको छ ।

घटना हुनुभन्दा अगाडि नै दिउँसो ४ बजे नारायणी नदी किनारको चौरबाट निजहरुलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक थापाले बताए । अभियुक्तहरुलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यस मुद्धामा तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु ६० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।

हत्याको योजना बनाइएका म्यानपावरका सञ्चालक र व्यापारीको नाम भने प्रहरीले गोप्य राखेको छ ।

त्यसैगरी प्रतिबन्धित लागुऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाविस वडा नं १ लोथर बस्ने ४२ वर्षीय हीरालाल श्रेष्ठ रहेका छन् । निजको साथबाट प्रहरीले लागुऔषध अफिम ५३० ग्राम, चराको नलीखुट्टाजस्तो देखिने हड्डी एक थान, जनावरको जस्तो देखिने दात एक थान र जनावरको पुच्छरजस्तो देखिने रौँ बरामद भएको प्रहरीले जनाएको छ ।

निज श्रेष्ठलाई नारायणगढको नवदुर्गा लजबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । अभियुक्तलाई लागुऔषधको हकमा लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत र हड्डी, दाँत र रौँको हकमा अनुसन्धानका लागि जिल्ला वन कार्यालय चितवनमा बुझाइने प्रहरीले जनाएको छ । लागुऔषध मुद्दामा १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुने प्रावधान छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending