Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादीलाई मधेसको आस, यस्तो छ निर्वाचन जित्ने रणनीति

\"\"काठमाडौं । माओवादी केन्द्रले प्रदेश २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै ‘अभियानात्मक तयारी\' गर्ने भएको छ । २ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्षनेताले मधेसमै झरेर निर्वाचन तयारी गर्न लागेका हुन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– मधेसमा कांग्रेस-एमालेभन्दा ठूलो शक्ति बन्न माओवादीले विशेष कार्ययोजना अगाडि बढाउने जनाएको छ । विशिष्टीकृत योजना नबनाउँदा पार्टी यसअगाडिका निर्वाचनमा पराजित भएकाले यसपटक सबै शीर्ष नेता मधेसमै परिचालित हुनेगरी योजना बनाउन लागेको प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताए । ‘अब शीर्ष नेता पनि मधेसको निर्वाचनमा पूरै खटिनुहुन्छ,\' यादवले भने, ‘जित्ने सम्भावना भएका स्थानीय तह पहिचान गरी अध्यक्षदेखि सबै शीर्ष नेतालाई फिल्डमै उतार्दै छौं ।\' हेडक्वार्टरकै केही नेता भने मधेसमा खटिइसकेका छन् । पर्सामा उर्मिला अर्याल, रौतहट-बारामा प्रभु साह, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, धनुषामा मात्रिका यादव तथा सिरहा र सप्तरीमा विश्वनाथ साह जिम्मेवारीसहित खटिएका हुन् । मधेसका ८ जिल्लाका १२७ स्थानीय तहमा २ असोजमा निर्वाचन हुँदै छ । यसअघि निर्वाचन भएका ६ प्रदेशका ६१७ स्थानीय तहमध्ये माओवादीले ८४ वटा प्रमुख पद जितेको थियो । सीमित मात्र नगरपालिकामा जिते पनि अहिलेसम्म उपमहानगर र महानगरपालिकामा भने उसले जित हात पारेको छैन । भरतपुर महानगरमा प्रतिस्पर्धामा रहे पनि पार्टी कार्यकर्ताबाटै मतपत्र च्यातिएपछि त्यहाँको नतिजा अन्योलमा छ । प्रदेश नम्बर २ मा एक महानगरपालिका र तीन उपमहानगरपालिका छन् । तीनवटा उपमहानगरमध्ये कम्तीमा एउटामा जित हासिल गर्ने लक्ष्य माओवादीले राखेको छ । केन्द्रीय सचिवालयको बैठक सकेको कम्तीमा साता-दस दिनभित्र अध्यक्ष दाहाललाई नै मधेसका जिल्लामा लैजाने माओवादीको योजना छ । ‘अध्यक्षलाई आठवटै जिल्लाका कार्ययोजनामा प्रत्यक्ष सहभागी गराई चुनावी योजना बनाउँदै छौं,\' प्रदेश २ कै नेता युवराज भट्टराईले भने, ‘सचिवालयको विस्तारित बैठक सकेलगत्तै अध्यक्ष मधेस झर्नुहुन्छ ।\' माओवादीले साउन दोस्रो साताबाट मधेसमा पार्टी प्रशिक्षण पनि चलाउने भएको छ । ‘पार्टी पंक्तिलाई बलियो बनाउन र निर्वाचन तयारी गर्न प्रशिक्षण चलाउने योजनामा हामी छौं,\' भट्टराईले भने । ०७० को संविधानसभामा देशैभर प्रत्यक्षतर्फ २६ स्थान जित्दा माओवादीले मधेसबाटै ८ स्थान हात पारेको थियो । अहिले संसद्मा यस क्षेत्रबाट माओवादीका १८ सांसदले प्रतिनिधित्व गर्छन् । मधेसकेन्द्रित दल राजपा, संघीय समाजवादीलगायत पार्टीले उठाउँदै आएको मागमा कांग्रेस-एमालेभन्दा बढी आफ्नो पार्टी उदार रहेको, संविधान संशोधनका लागि निर्णायक पहलकदमी लिइरहेकाले पनि मधेसी जनताले माओवादीलाई जिताउने नेता यादवको आकलन छ । ‘मधेसीको माग सम्बोधनमा कांग्रेस, एमालेभन्दा बढी हामी उदार भएर मधेसी जनतासँग जोडिएका छौं,\' यादवले भने, ‘मधेसी जनताले विश्वास गर्ने आशा लिएका छौं ।\' त्यस्तै, निर्वाचनकै मुखमा मधेसको राजनीतिमा प्रभाव राख्ने कतिपय व्यक्तिलाई पार्टी प्रवेश गराएको कारण मधेसमा पार्टीले राम्रै नतिजा ल्याउने विश्वास माओवादी नेताले गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending