Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

कसले खायो बामदेवको नामको १२ लाख ? जब बैठकमा बामदेव कड्किए अनि ओली ब्यूझिँए

\"\"काठमाडाैं । ‘मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउनेलाई कारबाही गरिपाऊँ भनेर जति कराउँदा पनि कारबाही भएन । स्वर नक्कली, काम नक्कली, कारबाही नक्कली ’ यो के चाला हो रु’ यसो भन्दै बैठकमा उपाध्यक्ष बामदेव गौतम कड्किएपछि नेताहरु आपसमा हेराहेर गर्न थाले । किनभने, सबैलाई विस्तृत विवरण थाहा थिएन । सोमबार एमाले स्थायी कमिटी बैठकमा चुनावी घात, प्रतिघातसँगै अनुचित तवरले आर्थिक संकलन गरिएको विषय जोडदारसँग उठ्यो । मोरङको रुपनारायण काण्डपछि उपाध्यक्ष वामदेव गौतममाथि प्युठानमा त्यस्तै झ्याउलो आइलाग्यो । जनआस्था साप्ताहिकमा खबर छ–‘मैले कत्ति कराएँ, त्यही पनि कारबाही हुँदैन । मैले भन्दा त कारबाही हुँदेन भने अरुको झन् के हालत होला रु’ भन्दै उनले आफ्नो व्यथा सुनाउन थालेपछि उपमहासचिव एवं प्रदेश नम्बर ५ का ईन्चार्ज विष्णु पौडेलले भने, ‘त्यो बुबुरोलाई मात्र के कारबाही गर्नु रु सके त्यसलाई संरक्षित गर्नेलाई पो कारबाही गर्ने हो त ।’ प्रसंग हो बामदेवको स्वरमा ठाउँ–ठाउँ फोन गर्दै उनकै नातेदार भन्दै लाखौँ उठाउने जिल्ला उपसचिव मधुर शर्माको । उनले नेपालगञ्जस्थित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई फोन गरे, बामदेवको स्वरमा । ‘मधुर मेरा नातेदार हुन्, कार्यकर्ता पनि हुन् । थारु विद्यार्थीको सम्मेलन छ । २० लाख दिनु है ।’ यसरी फोन गरिवरी मधुर पुगे, रायलाई भेट्न । १२ लाख रुपैयाँ हात पारे । बाँकी पछि लिनेगरी । पहिला माले समर्थक, पछि फोरममा लागेका राजेन्द्रवीर खासमा राई हुन् । तर, राय थर लेख्दा तराईमा सजिलो पर्ने हुँदा त्यस्तो थरमा फोरमको राजनीीत गर्न थालेका छन् । मधुर पैसा लिन पुग्दा उनले आशंका मान्दै सोधेका थिए, ‘हैन यो पैसा के का लागि रे रु त्यसपछि मधुरले विश्वस्त तुल्याउन एउटा नक्कली फोन गरे, सुर्खेतका नेता यामलाल कडेललाई गरेजसरी । ‘कमरेड, मैले पैसा पाएँ है’ भनेर फोन काटेपछि राजेन्द्रवीरले पत्याउनै पर्यो । मधुरको हातमा पैसा दिएको केही दिनपछि काम विशेषले राजेन्द्रवीर काठमार्डौ पुगे । बामदेवसँग उनकै भैसेपाटीस्थित घरमा भेटे । त्यसबेला भनिहाले, ‘अस्ती हजुरले भनेको मान्छेलाई मैले सहयोग गरेको थिएँ ।’ बामदेव झस्किए, ‘के रे १’ ‘हजुरले फोन गरेर थारु विदार्थी सम्मेलनका लागि २० लाख चाहिया छ । फलानो मान्छे आउछ । दिएर पठाउनु भनेको होइन ।’ हुँदै नभएको र भन्दै नभनेको कुराले उकछिन बामदेवलाई चक्कर लगायो । ‘अनि पैसा दिनुभो त रु’ राजेन्द्रवीरले भने, ‘२० पसगेन । १२ थियो । त्यही दिएँ ।’ राजेन्द्रवीरको मुख हेरेर बामदेव ट्वाल्ल परे । फेरि भने, ‘ए दिई नै सक्नुभो ।’ ‘राजेन्द्रवीरले भने, ‘हजुरले नै फोन गरेर भनिसकेपछि नदिऊँ कसरी ।’ बामदेव कराए, ‘मेरो नाममा पैसा दिने, मलाई फोन गरेर किन सोध्नुभएन रु’ अब झस्किने पालो आयो राजेन्द्रवीरको । सोधे, ‘त्यसोभए हजुरले भनेको होइन त रु’ मैले किन भन्छु त्यस्ता कुरा । भनेछु नै भनेपनि त्यस्तालाई पठाउछु होला त रु पहिला पनि मेरै नाममा पैसा उठाउदा उठाउदै समातेको मान्छे । अबदेखि गदिृन गल्ती भयो भनेपवछि लौत भनेको फेरि पैसा उठाउँदै हिँड्ने रु’ बामदेव रिसाएको देखेपछि राजेन्द्रवीर डराए । ‘मैलै दिइहाले, अब के गर्ने त हजुर रु’ बामदेवले भने ‘उठाउनस् त्यो पैसा । पुलिस् लगाएर हुन्छ कि के गरेर हुन्छ । मैले भनदिनुपरे भनिदिउला ।’ बामदेवले प्युठानको पार्टी नेतृत्वलाई छानबिन गरेर कारबाही अघि बढाउन भने । उनलाइृ पार्टीको कुनै कार्यक्रममा सहभागी नगराउने निर्णय भयो । तर, त्यसले दोस्रो चरणको निर्वाचनमा प्रभाव पर्छ कि भनेर कारबाही फुकुवा भयो । स्मरणीय छ, उनै मधुर १२ वर्ष पहिला पनि बामदेवको नाममा पैसा उठाउदा उठाउदै पक्राउ परेका थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE