Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

क्यान्डी क्रसको यस्तो लतः खेल्दा खेल्दै फुट्यो औंला

क्यालिफोर्निया, आजकाल स्मार्टफोनमा गेम खेल्नका लागि मानिसहरुमा कस्तो लत बसेको धेरैले अनुमान गर्न मुश्किल छ । यस्तै लतको निकै अपत्यारिलो घटना सार्वजनिक भएको छ । डेली मेलका अनुसार क्यालिफोर्नियामा बस्ने २९ वर्षीय व्यक्तिलाई क्यान्डी क्रसको यस्तो लत लाग्यो कि खेल्दा खेल्दै उनको औंला नै फुट्यो तर उनले खेल्न छाडेनन् । उनले ६ देखि ८ हप्तासम्म लगातार क्यान्डी क्रस खेलेका थिए । औंलाको गर्नुपर्यो शल्यक्रियाः यो घटनासँग जोडिएको रिपोर्ट एक प्रसिद्ध जर्नल ‘लाइभ साइन्स’ मा प्रकाशित भएको हो । धेरै बेरसम्म क्यान्डी क्रस खेलेका कारण यो व्यक्तिको औंलाले काम गर्नसमेत छोडेको उक्त जर्नलले बताएको छ । औंला नचल्ने हुँदा पनि खेलिरहेका कारण यी व्यक्तिको औंलाको एउटा टिस्यु नै फाटेको छ । जचाउन जाँदा डाक्टरले औंलाको शल्यक्रिया गर्नैपर्ने बताएका छन् । धेरैबेरसम्म गेम खेल्दा यस्तो खतराः डाक्टरहरुका अनुसार लगातार गेम खेल्दा औंलाको मांसपेशीमाथि दबाब पर्नेहुँदा सुरुमा औंला सुन्निने गर्दछ । यसका साथै लामो समयसम्म भिडियो गेम खेल्नु पनि खतरनाक मानिन्छ । स्यानडियागोस्थित नेवल मेडिकल सेन्टरका डाक्टर एन्ड्रयू डोनका अनुसार स्मार्टफोनमा भिडियो गेम खेल्नु डिजिटल पेन किलरजस्तो हुने गर्दछ । उनका अनुसार एकदिनमा आधा घण्टाभन्दा बढि गेम खेल्नु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । एन्ड्रोइड गेममा १.५ करोडपटक डाउनलोडः क्यान्डी क्रस संसारभरी निकै चर्चित मोबाइल गेम हो । डिजिटल इन्टरटेनमेन्टद्वारा बनाइएको क्यान्डी क्रसलाई एन्ड्रोइड ओएस भएको ग्याजेटमा १.५ करोडभन्दा बढि मानिसहरुले डाउनलोड गरेका छन् । यसका साथै आइओएस र विन्डोज ओएस ग्याजेटमा पनि यसका करोडौँ प्रयोगकर्ता छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies