Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

एमालेमा तिब्र विवादकाबीच क्षेत्रिय अधिवेशन सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १ नं क्षेत्रको तेस्रो अधिवेशन तिव्र विवादका बीच बिहिबार सम्पन्न भएको छ । बुधबारदेखि दुईदिन सम्म भएको पार्टीको अधिवेशनलाई एमालेका वरिष्ट नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । अधिवेशनले सहमतिको आधारमा कार्यसमिति चयन गर्ने प्रयास गरेपनि बन्दसत्रमा व्यापक होहल्ला भएपछि विवादले चरम रुप लिएको थियो । अधिवेशनमा सहभागि एक सदस्यका अनुसार कार्यसमितिको अध्यक्षमा दावेदार रहेका चारजना मध्य को हुने भन्ने सन्र्दभमा सहमति जुट्न नसक्दा विवाद बढेको हो । ती सदस्यका अनुसार अध्यक्षको दावेदारका रुपमा निवर्तमान कार्यबहाक अध्यक्ष सोमराज लामा, सचिव ज्ञानेन्द्र राउत, पुराना कार्यकर्ता चेलकुमार लामा र प्रमलाल लामा रहेका थिए । वरियता क्रममा कार्यवहाक अध्यक्ष सोमराज लामाको अध्यक्ष हुने पक्कापक्की रहेपनि सहमति जुट्न सकेन । पार्टीकै पुराना कार्यकर्ता चेलकुमारलाई प्रस्ताव गर्दा अर्को पक्षले हुलजत्था गरेको असन्तुष्ट पक्षको आरोप छ । बन्दसत्र बिहान ८ बजेबाट शुरुभएपनि विवादल चरमरुप लिएपछि अधिवेशन प्रभावित बनेको थियो । सहभागि एक सदस्यका अनुसार बन्दसत्रमा रहेका आधाआधि प्रतिनिधि हल छोडेर बाहिरीए पछि नेतृत्वलाई स्थगित गरेर जानेकी जस्तो हुन्छ चयन गरेर जाने भन्ने कुरामा निर्णय लिन मुस्किल परेको हो । प्राप्त स्रोतका अनुसार नैतिक संकटका बीच हलमा थोरै सहभागि भएपनि पे्रमलाल लामालाई अध्यक्ष बनाउने निर्णय भएको हो । बन्दसत्र छोडेर बाहिरिएका मध्य पार्टीका जिल्ला कमिटि सदस्य कमल श्रेष्ठले अधिवेशनको अध्यक्ष चयनमा विवाद भएको स्विारे । उनले भने, ’हाम्रो भनाई रोलक्रमको हिसावमा आउनुपर्छ भन्ने थियो तर केहि पक्षले ५०/६० जनाकै हुलजत्था गरेर प्रभावित गर्ने काम भयो ।‘ पार्टीका एक सदस्यका अनुसार केन्द्रमा माधव पक्ष र केपी पक्षको टकराव रहेपनि जिल्लामा भने माधव पक्षकै वर्चस्व रहेको छ । विवादका बीच बिहिबार सम्पन्न अधिवेशनले प्रेमलाल लामाको अध्यक्षतामा ४५ जनाको कार्यसमिति चयन गरेको छ । अधिवेशनले चयन गरेको कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव र स–सचिवमा क्रमशः मन्जु नेपाल भण्डारी, केशव नेपाल र एमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । पदाधिकारी चयनमा कुनै विवाद नभई सहमतिको आधारमा सम्पन्न भएको एमाले जिल्ला सचिव कमल नेपालले सिन्धुज्वालाई बताए । अधिवेशनले महिलाको लागि ९, अपाङ्गको लागि २, दलितको लागि २ र अल्पसंख्यकको लागि १ गरि १४ सिटको विशेषअधिकार कोटा छुट्याएको समेत उनले जानकारी दिए । अधिवेशनमा एमाले स्थाई समिति सदस्य अमृतकुमार बोहारा, पोलिटव्यरो सदस्य अरुण नेपाल, पशुपति चोलागाई तथा जिल्ला नेताहरुको उपस्थितिा भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending