Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यी हुन् उस्तै नाम भएका स्थानीय तह

\"\"काठमाडौं, १० असार । त्रिपुरासुन्दरी नामको नगरपालिका डोल्पामा छ । त्रिपुरासुन्दरी नामकै गाउँपालिका धादिङ र सिन्धुपाल्चोकमा पनि छ । बागमती नगरपालिका महोत्तरीमा छ, सोही नाममा ललितपुरमा र मकवानपुरमा गाउँपालिका छन् । त्रिपुरासुन्दरी र बागमती मात्र होइन, त्रिवेणी नगरपालिकाका रूपमा बाजुरामा छ भने सीमा जोडिएका रुकुम र सल्यानमा गाउँपालिकाका रूपमा छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– मुलुकभरिका ७४४ स्थानीय तहमध्ये नाम जुधेका दर्जनभन्दा बढी छन् । ललितपुरमा जस्तै कैलालीमा पनि नगरपालिकाको नाम गोदावरी राखिएको छ । मायादेवी गाउँपालिका सिमाना जोडिएका दुई जिल्ला कपिलवस्तु र रुपन्देहीमा छन् । कालिकोटमा भएको कालिका गाउँपालिका पर्सामा पनि छ । रसुवामा पनि कालिका गाउँपालिका छ । ललितपुरमा र धनकुटामा महालक्ष्मी नगरपालिकाको नाम जुधेको छ । लिखु गाउँपालिका पनि ओखलढुंगा, नुवाकोट र रामेछाप दुवै जिल्लामा छ । याङवरक गाउँपालिका ताप्लेजुङ र पाँचथरमा छ । काठमाडौंमा तारकेश्वर नगरपालिका र नुवाकोटमा तारकेश्वर गाउँपालिका छ । दुवैको सीमाना जोडिएको छ । सुनकोसी गाउँपालिका पनि सिमाना जोडिएका जिल्ला सिन्धुली र सिन्धुपाल्चोक दुवैमा छ । उदयपुरमा पनि छ । स्थानीय निकाय पुनःसंरचना आयोगले स्थानीय तह निर्धारण तथा नामकरण गर्दा नै नाम दोहोरिएका हुन् । आयोगका तत्कालीन अध्यक्ष डा.बालानन्द पौडेलले स्थानीय तहका नाम नदोहोर्‍याउन धेरै प्रयास गरिएको भए पनि नसकेको स्वीकार गरे ।‘आयोगलाई एक वर्षको समयसीमा दिइएकोमा चार/पाँच महिना प्राविधिक कारणले काम गर्न नपाई बित्यो, बचेको समयमा धेरै दबाबमा भए पनि काम गर्‍यौं तर नाममा समस्या आएरै छाड्यो\', उनले भने, ‘हामीले नाम नदोहोर्‍याउन अनुरोध गर्‍यौं, जसलाई भने पनि अरूको फरक पारिदिनोस् भन्ने कुरा आयो । केहीले जिल्ला त जुधेको छैन नि भने । केहीको हामीले नै सल्लाह गरेर फरक पारिदियौं ।\' मकवानपुरको गाउँपालिकाको नाम मनहरी छ भने महोत्तरीको गाउँपालिकाको नाम मनरा बनाइएको छ । गोरखाको गाउँपालिका गण्डकी छ भने गुल्मीको गाउँपालिकाको नाम कालीगण्डकी छ । ओखलढुंगा र रामेछापमा लिखु गाउँपालिका छ । सोलुखुम्बुमा लिखु पिके गाउँपालिका छ । छथर नामको गाउँपालिका तेह्रथुममा छ भने छथर जोरपाटी धनकुटामा । आयोगका तत्कालीन अध्यक्ष पौडेलले स्थानीय निकाय हुँदा गाउँ विकास समितिका झन्डै दुई दर्जन नाम पनि दोहोरिएको र एउटै नाम ७/८ ठाउँमा भेटाएको जानकारी दिए । उनले भने, ‘नाम नदोहोर्‍याउन सकेको भए राम्रो हुने थियो, सचेत हुँदाहुँदै पनि विभिन्न बाध्यताले यस्तो भयो ।\' स्थानीय शासनविज्ञ कृष्णप्रसाद सापकोटाले आयोगले गर्नुपर्ने काम पूर्ण हुन नसक्दा नाम दोहोरिएको बताए । उनले भने, ‘नाम दोहोरियो वा तेहोरियो भने कसैले त्यो गाउँ/नगरपालिकाको नाम मात्र भन्यो भने मान्छे अलमलमा पर्छ, उसले जिल्ला वा प्रदेश खुलाउनै पर्ने हुन्छ ।\' उनका अनुसार नाम परिवर्तन गर्न चाहे गाउँसभा वा नगरसभाको दुई तिहाइले फेर्न सक्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले नाम फेर्न चाहने गाउँपालिका वा नगरपालिकाले ६ महिनाभित्रै सभा बसेर सरकारलाई स्वीकृतिका लागि पठाए नयाँ नाम राख्न सकिने बताए । उनले भने, ‘मन्त्रालयको हकमा जिल्ला, तह र गाउँ वा नगर पालिकाको कोड हुने भएकाले कुनै फरक पर्दैन ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending