Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

'१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ'

\"\"काठमाडौं, १० असार । मुग्लिन सडकखण्डअन्तर्गत कालिखोलानजिक खसेको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । भ्यानसहित दुई प्रहरी अझै बेपत्ता छन् । मृत्यु हुनेमा धादिङ खनियाबास गाउँपालिका–४ बस्ने वर्ष २९ का इलाका प्रहरी कार्यालय मुग्लिङमा कार्यरत प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया–६ बस्ने वर्ष ३० का प्रहरी जवान दीपककुमार मास्के रहेको प्रहरीले जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– बेपत्ता भएका प्रहरी जवानमा गोरखा मकैसिंह–१ बस्ने वर्ष ३१ का लीलबहादुर चेपाङ र तनहुँ रूपाकोट–३ बस्ने सन्दीप कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक योगेन्द्र हमालको कमान्डमा खटिएकोे टोलीले घटनास्थलमा दुईजना प्रहरीको शव नदीको किनारमा पुरिएको अवस्थामा फेला पारेको हो । प्रहरीसँग रहेको हतियार एसएलआर २ नाल, त्यसमा लाग्ने गोली सय राउन्ड, चाइनिज हत्कडी एक थान तथा सञ्चार सेट हराएको प्रहरीले जनाएको छ । घाइते ट्रकचालक रामकुमार लामा र सहचालक मकवानपुर मनहरी बस्ने सानु ब्लोनको अवस्था सामान्य छ । ‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ’ घाइते सहचालक सानु ब्लोन मुग्लिन–नारायणगढ सडकको चार किलोमा शुक्रबार बिहान ठूलो पहिरो जानुअघि अलिअलि ढुंगा झरिरहेको थियो । मुग्लिनबाट हेटौँडा जान भन्दै मनहरीका रामकुमार लामा ना.५ख ७८२७ नम्बरको ट्रक चलाएर ढुंगा खसिरहेको ठाउँनजिक आइपुगे । गाडीमा मनहरीकै १८ वर्षीय सहचालक सानु ब्लोन थिए । माथिबाट ढुंगा झरेको देखेपछि अगाडि रहेको बस कुनापट्टिको साइड छाडेर छेउको लेनमा रोक्यो । उनी पनि बसैको पछाडि गएर गाडी रोकेर बसे । [caption id=\"attachment_137845\" align=\"alignleft\" width=\"400\"]\"\" घाइते सहचालक सानु ब्लोन[/caption] बस रोकिएपछि यात्रुहरू हतारहतार झरेर अघि बढे । केही पर पसल भएको ठाउँमा गई चाउचाउ–बिस्कुट किन्न थाले । रामकुमार गाडीको झ्याल लगाएर ट्रक छेउमै रोकेर हिँड्दै बसका यात्रुहरू भएतर्फ अघि बढे । सहचालकको पछाडिको सिटमा गई सुते । केही पर पुगेपछि पुलिसको भ्यान आयो । अगाडिको बाटो सफा गरेर बाटो खुलाई आएको भ्यान पहिरोनजिक पुग्यो । एकैछिनमा यात्रुहरू प्रहरीको भ्यान पहिरोले लग्यो भन्दै चिच्याउन थाले । त्यतिखेरसम्म रामकुमार आफ्नो ट्रक सुरक्षित होला भन्नेमा थिए । रातको समयमा नदी किनारनजिक ब्याक गिएर लाइट बलेको देखे । मानिसहरू प्रहरीको भ्यानको खोजीमा लागिरहे । उनी आफ्नो गाडी रोकेको ठाउँमा आए । छक्क परे । आफ्नो गाडी नै छैन । पछि मात्र थाहा भयो, नदी किनारमा बत्ती बलिरहेको गाडी उनैले रोकेर गएको गाडी रहेछ । गाडीमा सुतिरहेका सानु ब्लोनको खोजीमा उनी लागे । प्रहरी खोज्दै हिँडेकालाई सानुले चिच्याउँदै गुहार मागे । दुई घन्टापछि उनको ट्रकबाट उद्धार भयो । ‘ट्रकमा ठूलो ढुंगा आएर लागेको थाहा पाएँ, त्यसपछि के भयो थाहा छैन,’ सहचालक लामाले भने, ‘ट्रक किनारमा पुगेको केही छिनपछि बल्ल होस आएछ,’ उपचारका क्रममा भेटिएका सानुले भने, ‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ ।’ ट्रकलाई सडकबाट १५० मिटर तलसम्म पहिरोले लतारेको थियो । घाइते सहचालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको घुँडामुनि, खुट्टाको औँला र निधारमा चोट लागेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE