Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

भ्रष्टाचारी ठहर पूर्वआइजिपीसहित चारैजना जेलको एउटै कोठामा

\"\"काठमाडौं, ८ असार । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् । पूर्वआइजिपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वएआइजी दीपकसिंह थाङदेन र पूर्वडिआइजी दीपक श्रेष्ठ जेल चलान भएका हुन् । उनीहरू चारैजना बुधबार अदालतमा उपस्थित भएका थिए । अदालतले उनीहरूलाई डिल्लीबजार कारागारमा पठाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचारको अभियोगमा उनीहरूलाई विशेष र सर्वाेच्च अदालतले दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको थियो । अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएमा कैद र जरिवानामा २० प्रतिशत छुट हुने प्रावधान रहेकाले उनीहरू आफैँ अदालतमा उपस्थित भएका हुन् । ‘अदालतको फैसला कार्यान्वायनलाई प्रभावकारी बनाउने उद्देश्यले दण्ड तथा सजाय ऐनमा फैसला भएको ६० दिनभित्र आफैँ उपस्थित भएमा २० प्रतिशत सजाय छुट हुने प्रावधान छ,’ सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भने । १७ वैशाखमा सर्वाेच्चले सुडान भ्रष्टाचार मुद्दाको फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरेको थियो । सर्वाेच्चले राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना तथा गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो । राणा २०६३ भदौदेखि २०६५ भदौसम्म तथा गुरुङ २०६५ भदौदेखि फागुनसम्म नेपाल प्रहरीका आइजिपी थिए । त्यस्तै, थाङदेङलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा श्रेष्ठलाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला तोकिएको छ । उनीहरू सुडान मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा प्रत्यक्ष संलग्न थिए । ४४ करोड ७३ लाख ७२ हजार ७ सय ६२ रुपैया“को सामान खरिदमा २८ करोड, ८१ लाख ६१ हजार ६ सय २९ रुपैया“ ३० पैसा भ्रष्टाचार गरेको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ जेठ २०६८ मा ३४ प्रहरी अधिकृत तथा २ ठेकदारविरुद्ध मुद्दा दायर गरेको थियो । विशेषले तीन पूर्वआइजिपी र ठेकेदारलाई मात्र दोषी ठहर गरेकामा सर्वाेच्चले ठेकदारलाई सफाइ दिँदै तीन पूर्वएआइजी र एक पूर्वएसएसपीलाई समेत दोषी ठहर गरेको थियो । विशेष अदालतले ठकेदार माइकल राइडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका नेपाली एजेन्ट शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो । साथै, पूर्वप्रहरी प्रमुखहरू राणालाई १७ करोड ६ लाख, गुरुङलाई ६ करोड ४८ लाख र रमेशचन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो । तीन पूर्वप्रहरी प्रमुखमाथि दुई–दुई वर्ष कैद सजायको फैसलासमेत भएको थियो । तर, सर्वोच्चले करोड माग दाबी भएको मुद्दामा हजार मात्र जरिवाना सुनाएको थियो । सुडान भ्रष्टाचार प्रकरणमा मुख्य नाइकेहरू राजनीतिक नेतृत्व भए पनि अख्तियारले प्रहरी र ठेकदारलाई मात्र मुद्दा दायर गरेको आरोप लाग्दै आएको छ । तीनजना फरार पूर्वआइजिपी रमेशचन्द ठकुरी फरार छन् । उनलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको थियो । त्यस्तै, पूर्वएआइजी श्यामसिंह थापालाई एक वर्ष कैद र ४० हजार जरिवाना तथा पूर्वएसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवानाको फैसला गरेकामा उनीहरू पनि फरार छन् । फरार भए पनि ६० दिनभित्र दोषी ठहर गरेका व्यक्तिहरू उपस्थित हुन पाउने नजिर सर्वाेच्च अदालतको छ । पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले दायर गरेको मुद्दामा सर्वाेच्चले फैसलाको केही समय उपस्थित हुन दिनुपर्ने फैसला गरेको थियो । वाग्लेलाई प्रहरीले फैसला गरेको भोलिपल्टै पक्राउ गरेको थियो । उपस्थित हुने तयारी गरिरहेका वेला आफूलाई पक्राउ गरेको भन्दै वाग्लेले २० प्रतिशत सजाय छुटको माग गरी सर्वाेच्चमा रिट दायर गरेका थिए । उक्त मुद्दा वाग्लेको पक्षमा फैसला भएको थियो । उक्त मुद्दाको फैसलाका क्रममा उपस्थित हुने समय दिनुपर्ने उल्लेख छ । चारैजना जेलको एउटै कोठामा चारैजना बुधबार सँगै अदालत गएका थिए । डिल्लीबजार कारागारमा पनि उनीहरू एउटै कोठामा बसेका छन् । कारागारका एक प्रहरी अधिकारीका अनुसार करिब १५ जना अट्ने एउटा ठूलो कोठामा उनीहरू सँगै बसेका हुन् । उक्त कोठामा अन्य विभिन्न अपराधमा जेल परेका व्यक्तिहरूसमेत छन् । ०६८ मा पनि विशेष अदालतले तोकेको धरौटी तिर्न नसक्दा पूर्वआइजिपीहरू केही दिन डिल्लीबजार जेलमै बसेका थिए । अझै पीडित छ प्रहरी ०६३ मा संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीका लागि द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा फम्र्ड पुलिस युनिट (एफपियू) मिसन दिने प्रक्रिया सुरु गर्दै तयारी गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । एफपियू मिसन ब्यारेकका रूपमा बस्ने भएकाले आवश्यक सबै सामान नेपाल प्रहरीले नै खरिद गर्नुपर्ने थियो । ०६४ मा नेपाल प्रहरीले कल्याण कोषबाट बन्दोबस्तीका सामान खरिद प्रक्रिया अघि बढाएको थियो । ०६५ असोजदेखि प्रहरी सुडानस्थित एफपियू मिसनमा खटियो । ७ असार ०६४ मा गृह मन्त्रालयले बन्दोबस्तीका सामान खरिदका लागि स्वीकृति दिएको थियो । बेलायतको एस्युर्ड रिस्क लिमिटेडको नेपाल एजेन्ट भगवती ट्रेडर्समार्फत बुलेटप्रुफ बख्तरबन्द गाडीलगायत सामान खरिद गरिएको थियो । कमसल सामान खरिद गरी प्रहरी तथा नेताहरूले करोडौँ कमिसन खाएका थिए । राष्ट्रसंघका अधिकारीले ती सामान प्रयोग गर्न अयोग्य भएको ठहर गरेको थियो । त्यसपछि सुडान भ्रष्टाचार प्रकरण बाहिर आयो र छानबिन सुरु भयो । संसद्को राज्यव्यवस्था समितिले सुडानमै पुगेर स्थलगत अनुसन्धान गरी प्रतिवेदन अख्तियारमा बुझाएको थियो । सोही प्रकरणमा रमेशचन्द ठकुरी आइजिपी पदबाट हटेका थिए । सोही भ्रष्टाचारका कारण अहिले पनि प्रहरीको सुडान मिसनमा समस्या छ । नयाँ बन्दोबस्तीका सामान पठाउन प्रहरीलाई ५ वर्ष लागेको थियो । जसकारण प्रहरीले करोडौँ शोधभर्ना मात्र गुमाएन, राष्ट्रसंघमा प्रहरीको छविमै दाग लाग्यो । अहिलेसम्म पनि प्रहरीले सुडान मिसनमा पर्याप्त बन्दोबस्तीका सामान उपलब्ध गराउन सकेको छैन । जसकारण नेपाल प्रहरीलाई राष्ट्रसंघले पटक–पटक मिसन नै फिर्ता गर्ने चेतावनी दिँदै आएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending