Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बिरामीको मृत्युपछि अस्पतालमा तनाव, तोडफोडमा उत्रिए अाफन्त

\"\"भक्तपुर, ७ असार । उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर आज अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो । मृतकका आफन्तले घुम्न निस्किँदा सामान्य छाती दुखेर स्वास्थ्य परीक्षण गर्न आएको बिरामीलाई गलत इन्जेक्सन दिएका कारण ज्यान गएको आरोप पीडित पक्षले लगाएका छन् । मृतककी श्रीमान् रामकृष्ण बस्नेतले भने–“हिजो साँझ एकैछिन घुम्न जाउँ भनेर गठ्ठाघरतिर घुम्न निस्किएका थियौँ, उनले छाती दुःखेजस्तो भयो भनेपछि एकपटक चेक गराऔँं भनेर अस्पताल आएका थियौँ, तर अस्पतालकै लापरबाहीका कारण उनको ज्यान गयो ।” अस्पतालमा परीक्षण गर्दा सबै सामान्य नै भनेर ग्याष्ट्रिक भएर दुखेको हुन सक्ने भन्दै डाक्टरले इन्जेक्सनमार्फत ग्याष्ट्रिकको औषधि दियौं भनेको केहीबेरमै उषाको ज्यान गएको उनले बताए । लापरबाही गर्ने डाक्टर र अस्पताललाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ । आफन्तले मृतकको शव बुझ्न नमानेको र पीडित पक्षका आफन्त भेला भएपछि आज दिउँसो ११ बजे अस्पतालमा तोडफोड भएको थियो । अस्पतालले हृदयघात ९हार्टएट्याक० का कारण बिरामीको मृत्यु भएको दाबी गरेको छ । अस्पतालका निर्देशक सुरेश श्रेष्ठले भने–“छाती दुख्यो भनेर आएको बिरामीको उपचारकै क्रममा अचानक एमआई हार्टएट्याक भयो, मुटुरोग विशेषज्ञसहित सात जनाको चिकित्सक टोलीले एकघन्टा लगाएर प्रयास गर्दा पनि बिरामीलाई बचाउन सकिएन ।” अस्पतालको पक्षबाट कुनै लापरबाही नभएको दाबी गर्दै उनले अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए । उनले भने “मृतक पक्षलाई यसबारे जानकारी गराएको भए पनि आज करिब ११ बजे १०–१२ जनाको समूह आएर एक्कासि तोडफोडमा उत्रियो, डाक्टर, नर्सदेखि कर्मचारी समेतलाई हातपात ग¥यो ।’ अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी), ओपिडि, नगद काउन्टर, नर्सिङ स्टेसन, क्यान्टिनको सिसा तोडफोड गर्नुका साथै हाजिरी मेसिन, भिजिटर बेञ्च र कम्प्युटर तोडफोड गरेको अस्पतालका निर्देशक श्रेष्ठले बताए । तोडफोड गर्नेहरुले अस्पतालका डाक्टर, नर्स र कर्मचारीलाई समेत हातपात गरेको बताउँदै उनले इमरेजन्सी र ओपिडीमा रहेका बिरामीमा केहि बेर भागदौड मच्चिएको थियो भने । अस्पतालका निर्देशक श्रेष्ठले भने–“अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए अस्पताल जस्तोसुकै कारबाही भोग्न तयार छ, हैन भने तोडफोड गर्नेमाथि कारबाही हुनुपर्छ, क्षतिपूर्ति दिनुपर्छ ।” तर पीडित पक्षले सिसामा सामान्य क्षति भएको र कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन् । प्रहरीलाई हिजोदेखि नै सुरक्षाको व्यवस्था गरिदिन पटक÷पटक आग्रह गर्दा पनि बेवास्ता गरेका कारण अस्पतालमा धेरै क्षति भएको कर्मचारीको गुनासो छ । महानगरीय प्रहरी वृत्त थिमिको टोली नजिकै भए पनि समयमै सुरक्षा नदिएको र तोडफोड सकिएपछि प्रहरी आएको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडपछि अस्पतालको आकस्मिक कक्ष बन्द गराएर प्रहरीले सुरक्षा दिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending