Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

‘महावीर पुनलाई हाम्रो साथ’ अभियान सूरु

\"\"बागलुङ, ६ असार । राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग जुटाउन ‘महावीर पुनलाई हाम्रो साथ’ अभियान सुरु भएको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेका सो अभियानमा केन्द्रका अध्यक्ष पुनले शुभारम्भ गर्दै समुन्नत देश बनाउन आविष्कार केन्द्रको आवश्यकता परेको बताएका छन् । सो केन्द्रका लागि बौद्धिक तथा आर्थिक सहयोगका साथै समय दिन सबै नेपालीमा आह्वान गर्दै उनले विदेशी मुलुकमा समेत आविष्कार केन्द्रका लागि आर्थिक अभियान चलेको जानकारी दिएका छन् । “म सरकार र आम नेपालीलाई यसको महत्व बुझिदिन आग्रह गर्छु”, पुनले भने, “यो सम्पन्नशाली नेपाल बनाउने महाअभियान हो ।” प्रतिष्ठित म्यागासेसे पुरस्कारका विजेता समेत रहेका उनले केन्द्रलाई गरिने सहयोग देशका लागि महादान हुने चर्चा गर्दै पूर्वाधारका क्षेत्रमा खर्चने रकमको एक÷दुई प्रतिशत रकम आविष्कार केन्द्रको लागि छुट्टाउन सरकारसँग माग गरेका छन् । पूर्वाधार निर्माणले मात्र समृद्धि प्राप्त हुँदैन, मुलुकका प्रतिभावान व्यक्तिलाई देशमै राख्ने वातावरण बनाउनुपर्छ’’ पुनले भने, ‘‘आविष्कार केन्द्रले त्यस्ता प्रतिभालाई देशमै रम्ने वातावरण निर्माणमा सघाउ पु¥याउँछ ।’’ आविष्कार केन्द्रको अवधारणा नेपालमा नौलो लागेपनि विदेशीले पचासौं वर्षअघि सुरु गरेको उनको भनाइ छ । युवा समूहका अध्यक्ष सोम शर्माले आविष्कार केन्द्र राष्ट्रिय मुद्दासँग जोडिएकाले सबैले सहयोग गर्नुपर्ने बताए । ‘‘हाम्रो सानो युवा समूह यस अभियानमा जुटेको छ, सबैको सहयोग हुनेमा विश्वस्त छौं’’ शर्माले भने, ‘‘तीन महिनाको अवधिमा संकलित रकम आविष्कार केन्द्रलाई हस्तान्तरण गर्छौं ।’’ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आविष्कार केन्द्रको अवधारणामा राज्यले अपनत्व ग्रहण गर्नुपर्ने बताएका छन् । सामाजिक अभियन्ता समेत रहनुभएका पुनले आविष्कार केन्द्रको लागि अपेक्षित रकम नजुटेपनि केही साताअघि आफूले पाएका पदक तथा पुरस्कार बिक्रीमाराखेका थिए । आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक संकलन अभियान चलिरहेको छ । पुनका अनुसार हालसम्म चार करोड भन्दा बढी रकम संकलन भइसकेको छ । सरकारले पनि आविष्कार केन्द्रको लागि आर्थिक सहायता दिने प्रतिवद्धता जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending