Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

तलबबिना पढाउने शिक्षक बने काँग्रेस प्रमुखका उम्मेदवार

\"\"मोरङ, ६ असार । कसैले बिना तलब काम गर भन्यो भने काेहि मान्न तयार हुन्छ ? तर यो मुलुकमा यस्ता पनि मानिस छन् । जो तलबै नलिइकन काम गर्छन् । तलबै नलिई विद्यार्थी पढाउने शिक्षासेवीको रुपमा शिक्षक राजकुमार लिम्बूलाई धेरैले चिन्ने गर्छन् र उहाँ बिना तलबै विद्यार्थी पढाउने गदर्छन्र । बेलबारी बहुमुखी क्याम्पसमा उहाँ विसं २०६७ देखि बिना तलब निरन्तररुपमा बिबिएसमा व्यावसायिक अर्थशास्त्र विषय अध्यापन गगराइरहेका छन् । हरेक मानिस आर्थिक उपार्जनको बाटो खोजेर पैसा कमाउने होडमा दौडिरहेका बेला राजकुमार लिम्बू भने “एक्लो बृहस्पति झुठो” बने र कलेजमा प्राध्यापन गराइरहेका छन् । कलेजमा प्राध्यापन गर्नु सम्मानित पेसा हो । हजारौँ प्राध्यापकले कलेजमा पढाइरहेका बेला उनले पढाउनु नौलो कुरा होइन तर पनि बिना तलब विगत आठ वर्षदेखि कलेज पढाउनु पक्कै नौलो कुरा हो । उनको पढाउने कला र दक्षताप्रति विद्यार्थी समेत नतमस्तक भएका छन् । क्याम्पसमा निःशुल्क पढाउनु चर्चित बन्नका लागि गरिएको नाटक मञ्चन त हैन नि भन्ने प्रश्नमा लिम्बूले आफ्नो भविष्यको लक्ष्यसमेत समाजसेवा भएका कारण आफू कहिल्यै त्यसो नगर्ने बताएका छन् । उनको यस प्रकारको समाजसेवा हाम्रो समाजमा लोप भइसकेको छ । उनको समाजसेवालाई सलाम गर्नेको सङ्ख्या पनि कम छैन । यस प्रकारको समाजसेवाप्रति हामी पनि लाग्न सके समाज र राष्ट्रको समेत हित हुनसक्ने कुराप्रति कुनै दुईमत नहोला । दुईवटा विषयमा स्नातकोत्तर गरेका लिम्बूलाई यस क्षेत्रमा राजनीतिक र सामाजिक व्यक्तिका रुपमा नचिन्ने सायदै होलान् । पिता चन्द्रप्रसाद लिम्बू र माता कौशिल्यादेवी लिम्बूको पहिलो सन्तान राजकुमार लिम्बूको जन्म विसं २०२२ कात्तिक ६ गते धनकुटाको मौनाबुधुक गाविसमा तीन पुस्तके भन्ने ठाउँमा भएको थियो । उनले छ वर्षको उमेरदेखि शैक्षिक यात्रा सुरुवात गरेका हुन्। कक्षा ७ सम्म श्री बुधुक निमावि र त्यसपछि एसएलसीसम्म भानु मावि डाँडाबजारमा पढेका थिए । रोजगारीको सिलसिलामा करिब १० वर्षको जापान बसाईपछि नेपाल फर्किएर उहाँले सुकुना बहुमुखी क्याम्पसबाट दुईवटा विषयमा स्नाकोत्तर गरे । बेलबारीको बसाइ सुरु भएपछि यो क्षेत्रमा क्रियाशील रुपमा काँग्रेसको राजनीतिमा होमिए । २०५७ सालमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य बने। राजनीतिमा सक्रिय उहाँ २०५९ सालमा नेवि सङ्घको सहसचिव हुँदै २०६२ सालमा पार्टीको क्रियाशील सदस्य बनेका थिए । २०६३ सालमा बेलबारी गाउँ कमिटिको सचिव र २०६७ सालदेखि गाउँ पार्टी सभापतिको रुपमा कार्य गरे । मोरङको ग्रामीण क्षेत्रमा सफल प्राध्यापक र नेताको रुपमा समेत परिचित छन् । स्थानीय निकायको निर्वाचनको सरगर्मी बढेको छ । पूर्वोत्तर मोरङको बेलबारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार छन् , राजकुमार । उनले बेलबारीमा रहेको एकमात्र बेलबारी बहुमुखी क्याम्पसको निर्माणमा ठूलो रकम सहयोग गरेका छन् । उनले सो क्याम्पस सञ्चालक समितिको सदस्य भएर चार वर्ष अघिदेखि निरन्तर शिक्षा क्षेत्रमा सेवा गरिरहनुभएको छ । रासस  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending