Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

प्रधानमन्त्रीको प्रस्ताव ओलीले नमान्दा संवैधानिक परिषद्को बैठक अनिर्णीत

\"\"काठमाडौं, ६ असार । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । परिषद् सदस्य तथा प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो । आजको नयाँ पत्रिकामा खबर छ– एक परिषद् सदस्यका अनुसार बैठकमा ओलीले पराजुलीलाई प्रधानन्यायाधीश बनाउनै नहुने अडान लिएका थिए । ‘ओलीजीले प्रधानन्यायाधीश नियुक्तिमा हतार नगरौँ, मलाई समय दिनुहोस् भन्नुभयो,’ परिषद् सदस्य एवं सभामुख ओनसरी घर्तीले भनिन्, ‘न्यायाधीशको बायोडाटा सबै हेरिनुपर्छ, सिफारिस हतारले गर्नुहुँदैन भन्ने धारणा उठेपछि बैठक निष्कर्षविहीन हुन पुग्यो ।’ परिषद्को अर्को बैठक १५ असारका लागि बोलाइएको छ । तीन घन्टा लामो बैठकमा के–के भयो ? प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालत र न्यायपरिषद्ले कामु प्रधानन्यायाधीश पराजुलीको उमेर विवाद टुंगो लगाइसकेको र निर्णयार्थ सिफारिस भएर आइसकेको भन्दै उनको प्रस्ताव राखेका थिए । तर, ओलीले थप अध्ययनविना सिफारिस गर्ने नहुने अडान राखेको एक सदस्यले बताए । तीन घन्टा लामो बैठकमा ओलीलाई मनाउने धेरै प्रयास गर्दा पनि सहमति ननिस्केपछि सभामुख घर्तीले बैठक सार्ने प्रस्ताव गरेकी थिइन् । न्यायपरिषद्को बैठक नै नबसी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीशका लागि पराजुलीसँगै दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेकी थिइन् । सर्वोच्चमा पराजुली सबैभन्दा वरिष्ठ न्यायाधीश हुन् । निवर्तमान प्रधानन्यायाधीश कार्र्कीले उमेरहदका कारण २४ जेठमा अवकाश पाएपछि पराजुली नै कामु प्रधानन्यायाधीश छन् । सर्वोच्चमा पराजुलीविरुद्ध उमेर विवादसम्बन्धी रिट दायर भएको थियो । कामु प्रधानन्यायाधीश भएपछि पराजुलीकै नेतृत्वमा बसेको न्यायपरिषद्को बैठकले उनको मागअनुसार उमेर सदर गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending